चितवनको भरतपुरमा छाता ओडेर सडकमा हिँडिरहेका विद्यार्थी । पछिल्लो साता जिल्लाको तापक्रम ४० डिग्री आसपास हुँदा यहाँको जनजीवन प्रभावित बनेको छ ।
सांसद गगनकुमार थापाले बजेटको प्रभावकारी कार्यान्वयनमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ।
नेपालगञ्जमा वर्षाको समयमा सयौँ घरहरू जलमग्न हुनेगरेका छन् । सडकभन्दा कम उचाइमा निर्माण गरिएका घरभित्र बर्सातको समयमा पानी पसेर दुःख दिनेगरेको छ ।
नेपाल विद्यालय कर्मचारी परिषद्ले सामुदायिक विद्यालयका कर्मचारीलाई बजेटमा सम्बोधन नगरिएको भन्दै थाली बजाएर प्रदर्शन गरेको छ।
नेपाली फुटबलको सबैभन्दा ठुलो घरेलु प्रतियोगिता शहीद स्मारक ‘ए’ डिभिजन लिग चर्च ब्वाइज क्लबलाई च्याम्पियन बनाउँदै सम्पन्न भएको छ ।
सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले बजेटबारे सांसदले दिएको सुझावलाई सम्बोधन गर्ने विधिबारे संसद्लाई जानकारी गराउन सरकारसँग माग गर्नुभएको छ।
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिलाई सफा नगरी देश परिवर्तन गर्न नसकिने बताउनुभएको छ । आइतबार काठमाडौंमा भएको एक कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
कर्णाली कोरिडोर अन्तर्गत खार्पुनाथ गाउँपालिकाको खार्पुस्थित दोजाम कर्णाली नदी किनारमा पक्की पुल निर्माण गर्ने क्रममा निस्केको तातोपानीको व्यवस्था गरी पुल निर्माण कार्य सुरु भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयको शिक्षा अनुसन्धान र नवप्रवर्तनमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ।
युइएफए च्याम्पियन्स लिग फुटबलको उपाधि इङ्लिस क्लब म्यानचेस्टर सिटीले जितेको छ । टर्कीको इस्तानबुलस्थित एटाटर्क ओलम्पिया स्टेडियममा शनिबार राति भएको खेलमा सिटीले इटालियन क्लब इन्टर मिलानलाई १–० गोलले हरायो ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर नियमित स्वास्थ्य उपचारका लागि भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ।
नेकपा एमाले बाँकेले हचुवाका भरमा कपास विकास समिति खारेजीको निर्णय गरेको भन्दै सो निर्णय फिर्ता लिन माग गरेको छ ।
बाँकेमा जेठ अन्त्यसम्म पनि वर्षा नभएपछि किसानले धान रोपाइका लागि आवश्यक बीउ राख्न पाएका छैनन् । सिँचाइ सुविधा नभएको स्थानमा घरायसी प्रयोजनका लागि राखिएका मोटर र कतिपय क्षेत्रमा खानेपानीको धाराको पानी प्रयोग गरेर धानको बीउ राखिएको छ ।
तातो हावा 'लू' र अत्यधिक गर्मीबाट जोगिन अहिले बाँके लगायत छिमेकी भारतीय सहरका सर्वसाधारणको प्रमुख गन्तव्य नेपालगञ्जका पौडी पोखरी बनेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधित्व गर्नु हुने प्रदेश सभा सदस्य खेमादेवी विष्टले आइतबार बसेको प्रदेश सभा बैठक बहिस्कार गर्नुभएको छ ।