व्यास नगरपालिका–१० दुम्सीस्थित शिव माध्यमिक विद्यालयमा पछिल्ला समय विद्यार्थीको आकर्षण बढ्दै गएको छ । विद्यालयले किताबी ज्ञानसँगै विद्यार्थीको रुचिअनुरूप व्यावहारिक सीप दिन थालेपछि विद्यार्थीको आकर्षण बढेको हो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा छ प्रतिशतको वृद्धि भएसँगै आजको कारोबार बन्द भएको छ । आजको कारोबारपछि परिसूचक एक सय ११ दशमलव २० अङ्कले बढेर एक हजार नौ सय ६३ दशमलव ९८ को विन्दुमा कायम भएको नेप्सेले जनाएको छ ।
नेपाली कांग्रेसका महामन्त्री एवम् झापा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले सहकारीको माध्यमबाट कृषिजन्य उत्पादनमा आत्मनिर्भरता बन्न सकिने बताउनुभएको छ ।
रोमको टिभोलीस्थित सान जियोभान्नी इभान्जेलिस्टा अस्पतालको शवगृहमा शुक्रबार राति भएको आगलागीमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ भने दुई सयभन्दा बढी घाइते छन् ।
भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणमा खटेको पाल्पाली टोलीले ४३ वटा अस्थायी घरटहरा निर्माण गरेको छ ।
तनहुँको सदरमुकामको दमौली अस्पतालमा जनशक्तिसँगै भौतिक पूर्वाधारको समेत अभाव छ । अस्पतालमा दरबन्दी अनुसार विषय विशेषज्ञ चिकित्सकको अभाव हुँदा यस क्षेत्रका बिरामी उपचारका लागि जिल्ला बाहिर धाउनुपर्ने बाध्यता छ ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीले मानव अधिकार प्राप्तिका लागि नेपाली जनताले लगातार सङ्घर्ष गरिरहेको बताउनुभएको छ ।
मकवानपुरमा रु. एक करोड फिरौती मागेकाे आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–९ का ३३ वर्षीय निश्चल पौडेल, ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्री रहेका छन् ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आइतबार अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी–१४ डढुवामा उत्पादित गोलभेँडा बिक्री नभएपछि किसान समस्यामा परेका छन् । दैनिक चार सयदेखि पाँच सय क्रेट गोलभेँडा उत्पादन हुने गरेकामा मुस्किलले दुई सय क्रेट बिक्री भएपछि बारीमै कुहिन थालेका छन् ।
चार दिनसम्म सञ्चालन गरिएको शिविरमा चेकजाँच गराएकामध्ये ९०९ जना मोतियाबिन्दुका बिरामीहरुको शल्यक्रिया गरिएको राजकीय थाई विहारले जनाएको छ ।
राष्ट्रिय मानव अधिकार आयोगले ७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले आयोगका सबै सिफारिस कार्यान्वयनका लागि आफूले प्रयत्न गर्ने बताउनुभयो ।
पाल्पामा आफैंले बोकेको भरुवा बन्दुक पड्किएर एक जनाको मृत्यु भएको छ ।
इरानले १३ हजार २०४ जना अवैध अफगान आप्रवासीलाई निष्कासन गरेको छ ।
सुनसरीमा मङ्सिर ९ गतेबाट सुरु भएको लैगिंक हिंसाविरुद्धको १६ दिने अभियानको आइतबार समापन गरिएको छ ।