• १२ साउन २०८१, शनिबार

लैगिंक हिंसाविरुद्धको १६ दिने अभियान समापन

blog

जयकृष्ण यादव 

इनरुवा, मङ्सिर २४ गते । सुनसरीमा मङ्सिर ९ गतेबाट सुरु भएको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको आइतबार समापन गरिएको छ । जिल्ला प्रहरी कार्यालय तथा लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल सुनसरीको आयोजनामा अभियानको समीक्षा कार्यक्रम गर्दै अभियानको औपचारिक रुपमा समापन गरिएको हो । 

प्रहरी उपरीक्षक विपिन रेग्मीको अध्यक्षता तथा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीको प्रमुख आतिथ्यमा १६ दिने अभियान कार्यक्रमको समापन गरिएको हो । सभापन कार्यक्रममा वक्ताहरुले लैङ्गिक हिंसा कम गर्नका लागि हिंसा नगर्ने र हिंसा नसहने प्रतिबद्धताका साथ अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा महिला मानवअधिकारकर्मी सरस्वती लुइँटेल केसीले लैङ्गिक हिंसाविरुद्ध अभियानको क्रममा सचेतना कार्यक्रममा सहजीकरण गर्दै कमला खत्वेले भन्नुभयो, कानुनको पालन सबै नागरिकले गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरी गैरसरकारी संस्था महासङ्घका अध्यक्ष मेघराज न्यौपानले अहिले पनि गाउँमा धेरै अशिक्षित महिला भएका र हिंसामा परेपछि कहाँ जाने के ? के गर्ने भन्ने जानकारी नभएको गाउँठाउँमा अभियानका क्रममा सचेतनाका कार्यक्रम भएको बताउनुभयो ।

प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीले अभियानका क्रममा १२ स्थानीय तहका एक सय १६ स्थानमा विभिन्न सचेतनामूलक कार्यक्रम गरिएको जानकारी दिनुभयो । उहाँले हिंसा कहाँ, कसरी ? कोबाट ? भएको र त्यसको उजुरी कहाँ गर्ने, हिंसा सहेर नबस्ने विषयमा प्रशिक्षण दिने काम पनि गरेको बताउनुभयो । अभियानका क्रममा ६ हजार बढी नागरिक, महिला र बालबालिकाहरुलाई अभियानसँगै हिंसा नगर्न न हिंसा भएको खण्डमा न्यायको खोजी गर्न र सहेर नबस्न आग्रह गरिएको बताउनुभयो ।  

हिंसामा परेपछि प्रहरीमा जाने भन्ने जानकारी भएपनि मुद्दा मामिलाका कुरा थाहा नभएको अवस्थालाई चिर्दै न्याय प्राप्त गर्न सहज बाटो रोज्न सचेतना दिएको जनाएको छ ।उता इनरुवा नगरपालिका ९ बबियाका विद्यार्थी बालबालिकालाई बालविवाहविरुद्धको सचेतना कार्यक्रम अन्तर्गत अभिमुखीकरण गरिएको छ । 

हिंसाका प्रकृति धेरै प्रकारका छन् । बालविवाह, बलात्कार, यौनजन्य दुर्व्यवहार, बालविवाह, घरेलु हिंसा, बहुविवाह, दाइजो हिंसा, गाली बेइज्जती, बोक्सी आरोप, मानव बेचबिखन तथा ओसारपसार यी सबै हिंसा हुन् । अधिकारकर्मी तथा मेलमिलापकर्ता जयकृष्ण यादवले भन्नुभयो कानुनले बर्जित गरेका हिंसात्मक गतिविधिलाई सहेर बस्नुभन्दा कानुनी उपचार खोल्नुपर्ने बताउनुभयो। हिंसा गर्ने लैगिक हिंसाजन्य गतिविधि गर्नेलाई कानुनी सजाय हुने व्यवस्था रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा इनरुवा नगपालिकाका नगर उपप्रमुख विनीतकुमारी मेहता, निमित प्रमुख जिल्ला अधिकारी ओमप्रसाद भट्टराई, उद्याेग वाणिज्य सङ्घ इनरुवाका अध्यक्ष वीरेन्द्रकुमार साहसहितले अभियानका क्रममा तालिम र अभिमुखीकरण गरिएको बताउनुभयो । उता ७५ औं विश्व मानव अधिकार दिवस  भव्यताका साथ जिल्लामा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।