• ४ जेठ २०८२, आइतबार

आफैंले बोकेको बन्दुक पड्किँदा एकको मृत्यु

blog

रेखीराम राना

तानसेन, मङ्सिर २४ गते । पाल्पामा आफैंले बोकेको भरुवा बन्दुक पड्किएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा निस्दी गाउँपालिका-४, मित्याल गाँङ्सिङ्डाँडाका ४८ वर्षीय डम्बरबहादुर सारु छन् ।

घर नजिकैको बारीमा फापर खान आएको जङ्गली जनावर दुम्सीलाई मार्ने क्रममा लड्दा अचानक भरुवा बन्दुक पड्किएपछि छर्राले लागेर सारु गम्भीर घाइते हुनुभएको थियो। 

गम्भीर घाइते हुनुभएका सारुको रामपुरस्थित रामपुर अस्पतालमा उपचारको क्रममा आइतबार बिहान ३ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।