• १२ साउन २०८१, शनिबार

एनसेल खरिद-बिक्री अध्ययन तथा छानबिन समितिले काम थाल्यो

blog

काठमाडौं, मङ्सिर २४ गते।  सरकारले गठन गरेको एनसेलको शेयर खरिद–बिक्री अध्ययन तथा छानबिन समितिले काम थालेको छ।  

संयोजक टङ्कमणि शर्माका अनुसार समितिले आइतबारबाट औपचारिक रूपमा काम थालेको हो।  मङ्सिर २१ गतेको मन्त्रिपरिषद् बैठकले समिति गठन गर्दै एनसेलको शेयर खरिद–बिक्री सम्बन्धमा छानबिन गर्दै ३० दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यादेश दिएको थियो। 

समितिले नियामक निकाय, सरकारी अधिकारी, सेवा प्रदायक कम्पनीसँग छलफल गर्नेछ।  समितिले सरोकारवाला सङ्घ, संस्था, सम्बन्धित विषयका विज्ञसँग आवश्यक छलफल गर्ने संयोजक शर्माको भनाइ छ।  

समितिले एनसेल शेयर खरिद–बिक्री सम्बन्धी तथ्यपरक जानकारी भए प्रमाणसहित पठाउन इमेल ठेगानासमेत दिएको छ।