• १२ साउन २०८१, शनिबार

राष्ट्रघात गर्नेसँग सचेत हुनुपर्छ : मन्त्री किराती

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती।

शेरबहादुर राई

ओखलढुङ्गा, मङ्सिर २४ गते।  संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले राष्ट्रघात गर्नेसँग सचेत हुनुपर्ने बताउनुभएको छ।  

कुराले राष्ट्रवाद तर कामले राष्ट्रघात गर्नेसँग सचेत हनुपर्ने उहाँको भनाइ छ।  ओखलढुङ्गाको लिखु गाउँपालिका–६ माटेवेशीको सिद्धेश्वर मन्दिरमा आयोजना गरिएको महोत्सवलाई सम्बोधन गर्दै मन्त्री किरातीले यस्तो बताउनुभएको हो।  

आफूले मन्त्रीमा नियुक्त हुँदा सदाचारका लागि चार कुरामा प्रतिवद्धता गरेको र ती प्रतिबद्धता पुरा गरिरहेको मन्त्री किरातीले दाबी गर्नुभएको छ। 

 “हेलिकेप्टर नचढ्ने, विदेश भ्रमणमा नजाने, परिवारवादको पछि नलाग्ने र खादा, माला नलगाउने प्रतिबद्धता गरेको थिएँ।  अहिलेसम्म त्यो पुरा गरिरहेको छु”, मन्त्री किरातीले भन्नुभयो।  आफू कुरा र काम दुवैले राष्ट्रवाद झल्किने गरेर काम गर्न प्रतिबद्ध रहेको मन्त्री किरातीले बताउनुभयो। 

धार्मिक पर्यटन प्रवर्द्धनका लागि लिखु गाउँपालिका–६ माटेवेशीको सिद्धेश्वर महादेव मन्दिरमा महोत्सवको आयोजना गरिएको वडा अध्यक्ष टिकाराम क्याप्छाकी मगरले जानकारी दिनुभयो।