• १२ साउन २०८१, शनिबार

अनुसन्धान विभागका अधिकृतविरुद्ध नक्कली प्रमाणपत्रको मुद्दा

blog

फाइल तस्बिर

काठमाडौं, मंसिर २४ गते । राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन अनुसन्धान अधिकृत माधव बस्नेतविरुद्ध शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरेको आरोप लागेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार बस्नेतले माध्यमिक शिक्षा परिषद्, क्षेत्रीय कार्यालय, प्रयागराज, भारतबाट जारी भएको हाईस्कुल तहको नक्कली प्रमाणपत्र पेस गरी विभागमा सहायक निरीक्षक पदको ओहदा, लाभ र सुविधा लिएको आरोप लागेको छ ।

बस्नेत विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ बमोजिम कैद र जरिवाना हुन मागदाबी लिई आइतबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर भएको हो ।