• १२ साउन २०८१, शनिबार

सोमबार देवघाट गाउँपालिकामा सार्वजनिक बिदा

blog

अमरराज नहर्की

तनहुँ, मङ्सिर २४ गते। तनहुँको देवघाट गाउँपालिकाले सोमबार सार्वजनिक बिदा दिएको छ।  

बालाचतुर्दशीका दिन विभिन्न स्थानबाट हजारौँ तीर्थयात्री भक्तजन देवघाटधाममा शतवीज छर्न आउने हुँदा सार्वजनिक बिदा दिइएको गाउँपालिकाले आज जारी गरेको सूचनामा उल्लेख गरिएको छ। 

देवघाट क्षेत्रभित्रका सरकारी कार्यालय (अत्यावश्यक सेवा बाहेक), सार्वजनिक सङ्घ संस्था एवं शिक्षण संस्थामा सार्वजनिक बिदा दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्यले जानकारी दिनुभयो। 

गाउँ कार्यपालिकाको मङ्सिर १० गते नै बिदा दिने  निर्णय गरेबमोजिम सोमबार बिदा दिइएको उहाँले जानकारी दिनुभयो।   

बालाचतुर्दशीमा देवघाटमा नेपालका विभिन्न जिल्लाका साथै भारतबाट पनि भक्तजन आउने गर्दछन्।