शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                छन्द : मनोरमा
छ दिलकी मुना लजाउँदै
प्रणय ऐसमा रजाउँदै
कुसुम कुञ्जमा हराउँदै
अझ छ मिष्ठ गीत गाउँदै ।१।
मधुर बाँसुरी बजाउँदै
र सपनाहरू सजाउँदै
हृदयमा अनेक भावना
सरस रम्य फुर्छ सिर्जना ।२।
रहर माझिँदो छ रागमा
छ ऋतु पाजिँदो परागमा
हृदय बाफिँदो छ प्यासले
समय लम्बिँदो छ आसले ।३।
बिरहका तुफान छन् अझै
कहरका पुराण छन् अझै
सहरका कुचाल छन् अझै
जहरका रछान छन् अझै ।४।
रहरको साधना छ कतै
छ सपना, कामना कतै ।
प्रकृतिमा छ अर्चना कतै
हृदयमा छ तिर्सना कतै ।५।
रत्ननगर, चितवन
 
                                
                             
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                