“भोट केमा... जिन्दावाद...” हरिकृष्ण अर्धबेहोसीमा कराउँदै थियो । चुनावले गाउँ, सहर सबैतिर छोपिसकेको थियो । सबै चुनावमय भइसकेको थियो । यस्तोमा हरिकृष्णलाई पनि चुनाव लाग्नु अस्वाभाविक थिएन । उसलाई पनि बिहानैदेखि चुनाव लाग्छ । चुनाव आउनै हुन्न उसलाई । मतदानको एक महिनाअघिदेखि बाटो सबै आफ्नो बनाएर हिँड्छ ऊ । बिहानैदेखि बाहिरै हुन्छ । एक महिनासम्म घरमा कसैले उसका लागि भात कुर्नु पर्दैन । पूर्वबाट उदाएको सूर्य पश्चिमबाट अस्ताइसक्दा पनि हरिकृष्ण घरभित्र छिर्दैन ।
अगस्ट ६, २०२२ को बिहान हामी अमेरिकाको कोलोराडो राज्यको डेन्भर सहरको पश्चिम दक्षिणतिर रहेको रेडरक्स एम्पिथिएटर अर्थात् रेडरक्स रङ्गशाला घुमघामका लागि हिँड्यौँ । अमेरिकाका चिप्ला बाटाहरूमा कुनै बाधाबिना दौडिरहेका गाडीहरूसँग प्रतिस्पर्धा गर्दै हामी पनि एक घण्टामा त्यहाँ पुग्यौँ । यो ठाउँ पुग्नुअघि ठूलो ढुङ्गालाई झ्यालको आकारमा काटेर गाडीहरू हिँड्ने बाटो बनाइएको रहेछ, त्यही बाटो भएर हामी पनि अगाडि बढ्यौँ । दुलहीको घर पुग्न लागेका जन्तीको लस्कर जस्तै मन्द गतिमा बाटोभरि गाडीहरू एकापसमा प्रतिस्पर्धा गर्दै गुडिरहेका थिए । खण्ड खण्डमा रहेका पार्किङ स्थलहरू सबै भरिभराउ थिए । आआ
गर्मीमा गर्मी हुँदैन, मन भरिने फल मिल्यो भने ! लिची यही गर्मीयाममा फल्ने गुलियो मिठो स्वादको लोकप्रिय फल हो । कार्बोहाइड्रेड, क्याल्सियम, भिटामिन सी, पोटासियम, फस्फोरस र फलाम जस्ता स्वास्थ्यवर्धक गुणले भरिपूर्ण हुन्छ यो फल । पाँच/छ दिनअघिसम्म गर्मी उकालो लाग्दै थियो, युद्धको सिपाही जस्तै आक्रामक बनेर । सर्वोच्च शिखर सगरमाथाको प्रवेशद्वार नाम्चे बजारमा उच्च तापक्रमले नयाँ रेकर्ड बनायो । त्यस्तै अन्य हिमाली क्षेत्रमा समेत अस्वाभाविक गर्मीले जनजीवन कष्टकर बन्यो ।
बेलुकाको साढे ९ बजेसम्म घाम लाग्छ भन्दा कतिपयले पत्याउँदैनन् होला । त्यसमा पनि नेपालमा बस्नेलाई त यो कुरो पत्याउन गाह्रो पर्ला तर यो वास्तविकता हो । बेलायतमा अचेल बेलुकाको साढे ९ बजेसम्म घाम लागिरहेको हुन्छ । पङ्क्तिकारलाई पनि पहिले सुन्दा विश्वास गर्न गाह्रो भएकै हो । यहाँ उज्यालो भने नेपालमा जस्तै बिहान करिब ५ बजे भइसक्छ । गर्मीको समयमा बेलायतमा १६/१७ घण्टासम्म पारिलो घामको मज्जा लिन सकिन्छ । जाडो मुलुक भनेर कहलिएको बेलायतमा यस
तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको विद्युतगृहमा निर्माणकार्य गर्दै मजदुर
चितवनका तामाङ समुदाय भाषा संरक्षणका लागि जुटेका छन् । पछिल्लो समय लोप हुँदै गएको तामाङ भाषाको संरक्षणका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गरेका हुन् ।
गुठीचौर गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेट निर्माणपूर्व सुझाव सङ्कलन गरेको छ। सर्वदलीय तथा सर्वपक्षीय बैठक बोलाई पालिकाले बजेटसम्बन्धी सुझाव लिएको हो। सुझाव सङ्कलनमा १९० बढी सर्वसाधारणको सहभागिता रहेको थियो। गाउँपालिका अध्यक्ष दानबहादुर बुढाका अनुसार राजनीतिक दलका प्रतिनिधि, टोल विकास समितिका पदाधिकारी, स्थानीय नागरिकलगायत सरोकारवालाले विकास निर्माणसम्बन्धी सुझाव दिएका थिए। स्थानीय रतनवीर नेपालीले गाउँपालिकाबाट अघिल्ला आर्थिक वर्षमा गरिएको कार्यक्रमको समीक्षा गर्नुपर्ने सुझाव दिनुभयो।
राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिले आज स्थापनाको अवसरमा नवौँ चुरे संरक्षण दिवस मनाउँदै छ । समिति र सम्बन्धित निकायले चुरे आसपासका क्षेत्रमा वृक्षारोपण तथा जनचेतनाका विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदैछन् । सरकारले २०७१ साल असार २ गते सो समितिको गठन गरेको थियो ।
साइबर सुरक्षा विज्ञहरू, नीति निर्माताहरू, कानुन व्यवसायीहरू, शिक्षाविद्हरू, जनप्रतिनिधिहरू, प्रशासन र सुरक्षा निकाय र कम्प्युटर व्यवसायीहरू बीच सञ्चार क्षेत्रमा साइबर सुरक्षा नीति र कानुनका विषयहरूमा छलफल गरी निचोड निकाल्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले अपाङ्गता भएका दुई जनालाई सवारीसाधनमै नागरिकता प्रदान गरेको छ । प्रशासन कार्यालयको परिसरमा नागरिकता लिन पुगेका जिल्लाको मुसीकोट नगरपालिका वडा नम्बर–१ निवासी पार्वती थापामगर र वडा नम्बर–५ निवासी निर्मल खरेललाई पहिलो प्राथमिकताका साथ प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीसहितका टोलीले सवारीसाधनमै पुगेर नागरिकता प्रदान गर्नुभएको छ।
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ३३ अर्बको बजेट ल्याएको छ। सरकारका आर्थिक मामिलामन्त्री जितप्रकाश आलेमगरले शुक्रबार प्रदेश सभामा ३३ अर्ब ४२ करोड ७२ लाख रुपियाँको कुल बजेट पेस गर्नुभएको छ। बजेटमा शिक्षा, कृषि र स्वास्थ्य क्षेत्रको पूर्वाधारलाई प्राथमिकता दिइएको छ।
गएको साल पुस २३ गते कवि भूपाल राईको एक दैनिकमा ‘तपाईंको पहाड घर कहाँ हो?’ शीर्षकमा एउटा लामो आलेख प्रकाशित भएका थियो । शीर्षकले हामी पहाडमा पुख्र्यौली थातथलो भएकाबिच भेटघाट वा चिनजान हुँदा सोधिने वा जानकारी लिने यो आमवाक्य हो । जसरी उपत्यकाका रैथाने समय अनुसार तपाईंले चिया खानु भयो, खाजा खानु भयो, खाना खानु भयो ? भनेर अनायस सोध्ने गर्छन् । यो वाक्य त्यस्तै एउटा परिचय गर्ने अनौपचारिक कुराकानीको प्रस्थान वाक्य हो । पचासको दशकतिर लेखिएको राईकै कविता ‘दाजै
जीवन समस्याको परिधिभित्र रहनाले मानिस समस्या समाधानका लागि सङ्घर्ष गरिरहेका हुन्छन् । व्यवहारमा समस्या आफसेआफ आउने गरे पनि धेरै जसो समस्या हामी आफूले चाल नपाई आफैँ ल्याउने गर्छौं, त्यो हो इच्छा । समस्याको प्रक्रियाले मन, विचार चेतनाले सिर्जना गरेको हुन्छ । मनले इच्छा गर्छ, चेतनाले योजना बनाउँछ, विचारले संरचना गरी कार्यान्वयन गर्छ । समस्याको मूल जड के हो भनी बुझी निराकरण नगरेसम्म हामी समस्याको भुमरीमा परिरहेका हुन्छौँ । हामी आफ्नो अनुभवबाट सिद्ध गर्न सक्छौँ, आँखा, कान, नाक, जिब्रोलगायत यो देहले मनलाई धित मारी आनन्द लिन खोज्छौँ, यही समस्याको जड हो । मनलाई धित मार्न, मनको इच्छा पूर्ति हुनु पर्छ ।
धर्म शब्द ‘धृ’ धातुबाट बनेको हो । यसको शाब्दिक अर्थ धारण गर्नु भन्ने हुन्छ । कुनै पनि असल कुराको धारण गर्नु नै धर्म हो । यसलाई मानवीय आचरण र व्यवहारका रूपमा लिइन्छ । नेपाली बृहत् शब्दकोश अनुसार लोकको हितका लागि अँगालिने कर्मलाई धर्म भनिएको छ । धर्मका बारेमा पूर्वीय विद्वान्मध्ये स्वामी विवेकानन्दले धर्मलाई अनुभूतिको वस्तु मानेका छन् भने परमहंस योगानन्दले जीवन सञ्चालनको कानुनलाई धर्म ठानेको पाइन्छ । यसै गरी स्वामी करपात्रीले अनिष्टबाट रक्षा गर्ने वेदाज्ञाको प्रमाणलाई धर्म मानेको पाइन्छ ।
पछिल्लो आर्थिक सर्भेक्षण अनुसार गत फागुन २०७९ सम्म वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या ५५ लाख २६ हजार नाघेको छ । त्यसमध्ये पुरुष ९४.४ प्रतिशत र महिला ५.६ प्रतिशत छन् । चालु आर्थिक वर्षको साउनदेखि चैतसम्मको अवधिमा ८० हजार नेपाली विद्यार्थीले विदेश अध्ययनका लागि अनुमतिपत्र लिएका छन् । यस अवधिमा विदेश पढ्न जाने नेपाली विद्यार्थीबाट ६७ अर्ब १९ करोड रुपियाँ बाहिरिएको छ । अघिल्लो आर्थिक वर्षमा पनि विदेश अध्ययन गर्न जाने नेपाली विद्यार्थीले ६८ अर्ब रुपियाँ बराबरको विदेशी मुद्रा सम्बन्धित देशमा पु-याएका थिए ।