• २० असोज २०८१, आइतबार

बारामा झडप : स्थिति नियन्त्रणमा लिन हवाई फायर

blog

फाइल तस्बिर

शिवशंकर मिश्र

बारा, मङ्सिर २७ गते । बाराको सिम्रौनगढ नगरपालिका कार्यालयमा दुई पक्षबिच झडप भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर गरेको छ । 

नगरपालिका कार्यालयमा नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन लिएर गएको विषयलाई लिएर दुई पक्षबिच झडप भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर गरेको हो । 

बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाका अनुसार नगरपालिकामा झडपमा १० जना प्रहरी घाइते भएका छन् । घाइतेमध्ये एक जना गम्भीर छन् ।  सिम्रौनगढ नगरपालिकाका प्रमुख किशोरी प्रसाद कलवारले नयाँ अधिकृतलाई हाजिर गराउन लगेपछि झडप भएको थियो ।

बारा प्रहरीका अनुसार स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र हवाई फायर गर्दा केही स्थानीय र सुरक्षाकर्मी घाइते भएका हुन् । गम्भीर घाइतेको नारायणी अस्पतालमा उपचार भइरहेको बारा प्रहरीले जनाएको छ । झडप हुँदा नगरपालिका कार्यालयमा क्षतिसमेत पुगेको छ । घटनाको थप विवरण आउन बाँकी छ । 

आन्दोलनकारीले नगरप्रमुख चढ्ने बा.२ झ ४३५४ नम्बरको गाडी पूर्णरुपमा तोडफोड गरेका छन् । महिनौँ दिनदेखि बन्द रहेको नगरपालिकामा आज दिउँसो नगरप्रमुख किशोरीप्रसाद कलवारले प्रमुख प्रशासकीय अधिकृत महेशकुमार मिश्रलाई हाजिर गराउन जिल्ला प्रशासन कार्यालय बाराबाट लिएर गएपछि नगरपालिका भित्र प्रवेश गर्ने बित्तिकै तलबको माग गर्दै आन्दोलनरत समूहले कार्यकक्षमा बाहिरबाट ताला लगाएका थिए । 

यसरी प्रमुख प्रशासकीय अधिकृत मिश्रा र नगरप्रमुख कलवारलाई कार्यकक्षमा थुनेपछि उहाँहरूलाई मुक्त गराउन त्यहाँ पुगेका प्रहरीसँग झडप भएको हो ।