एल साल्भाडोरमा हालै सम्पन्न ‘मिस युनिभर्स–२०२३’ मा नेपालबाट प्रतिनिधित्व गर्दै टप २० मा पर्न सफल जेन दीपिका ग्यारेट नेपाल आइपुग्नुभएको छ । नेपाल आइपुग्नुभएको दीपिकालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको थियो । उहाँलाई सचेतनाका निर्देशक सरोज ओझाले नेपालमा स्वागत गर्नुभयो । निर्देशक ओझाले दीपिकालाई स्वागत गर्दै नेपालको नाम विश्वसामु चर्चामा ल्याउन सफल भएकोमा धन्यवाद दिनुभयो ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष बाबुराम पन्तले बुटवलको मोतीपुर औद्योगिक क्षेत्र निर्माणको काम सुरु हुने बताउनुभएको छ । उहाँले मोतीपुर औद्योगिक क्षेत्रको नाममा रहेको सबै जग्गामा विवादका कारण सीमाङ्कन गरी एकै पटक काम अगाडि बढाउन नसकिने भएकाले विकल्पमा रहेको कम विवादित २७० बिघा जग्गामा औद्योगिक क्षेत्र निर्माणको काम अगाडि बढाउने सोचका साथ सहमति गरी काम अगाडि बढाएको बताउनुभयो । मोतीपुर औद्योगिक क्षेत्रभित्र स्थानीय बासिन्दाको समेत जग्गा परेपछि विवादका कारण निर्माणको काम रोकिएको थियो ।
पोखराको मणिपाल शिक्षण अस्पतालबाट सम्पर्कविहीन तनहुँका एक बिरामी युवकलाई खोज्न सेती नदीको ड्याम खोलिने भएको छ । उपचारका लागि मणिपाल अस्पतालमा भर्ना हुनुभएका १९ वर्षीय सङ्गम मिश्र गत सोमबार साँझ साढे ६ बजेदेखि सम्पर्क विहीन हुनुहुन्छ ।
गाउँघरमा उत्पादन भएको विषादी नहालिएको अर्गानिक तरकारीको माग सहर बजारमा बढ्दै गएपछि नेपालगन्ज वरिपरिका ग्रामीण क्षेत्रका महिला एकाबिहानै तरकारी लिएर नेपालगन्ज पुग्ने गरेका छन् । अर्गानिक तरकारीको बिक्री र माग दिनदिनै बढ्दै गएपछि बाँके र बर्दियाका ग्रामीण भेगका थारू महिलाले आफ्नै खेतबारीमा तरकारी खेती गरेर राम्रो कमाइ गर्न थालेका हुन् ।
जिल्लाका ग्रामीण भेगका समुदायलाई आयआर्जन कार्यक्रममा लगानी गरी कृषकलाई स्वरोजगार गर्ने उद्देश्यले विस्तार भएका लघुवित्त वित्तीय संस्थाले उद्देश्य अनुरूप कार्यक्रम सञ्चालन नगर्दा यहाँका विपन्न परिवारका सदस्य यस्ता संस्थाको सेवाबाट वञ्चित भएका छन् । जिल्लामा डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड, एनआइसी लघुवित्त वित्तीय संस्था लिमिटेड र निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडका शाखा कार्यालयले जिल्लाको छायानाथ रारा नगरपालिकाका विभिन्न ग्रामीण बस्तीमा काम गर्दै आएका छन् ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित सुनुवार भाषा
वैदेशिक रोजगार विभागले इजरायलमा रोजगारीको प्रलोभन देखाउने गिरोह सक्रिय रहेको भन्दै सचेत रहन आग्रह गरेको छ । विभागले इजरायलमा कृषि श्रमिक माग भएको प्रलोभन देखाएर ठगी भएका धेरै गुनासो विभागमा आएकाले सचेत रहन आमयुवालाई आग्रह गरेको हो । नेपाल सरकार र इजरायल सरकारबिच श्रम समझदारी भए अनुसार मात्रै इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा नेपालबाट सहायक कामदार पठाउने काम भइरहेको विभागले जनाएको छ । यस्तै इजरायलको कृषि क्षेत्रमा नेपाली श्रमिक लैजाने विषयमा इजरायलसँग छलफल भइरहेको भए पनि यस विषयमा कुनै निर्णय भइनसकेकाले कुनै व्यक्तिको प्रलोभनमा नपर्न विभागका निर्देशक कविराज उप्रेतीले विज्ञप्तिमार्फत आग्रह गर्नुभयो ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित उराँव भाषा
लोक सेवा आयोगले ३८१ जना राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत) पदका लागि विज्ञापन गरेको छ । बुधबार आयोगले सूचना जारी गरी एकैपटक ठुलो सङ्ख्यामा शाखा अधिकृत पदको विज्ञापन गरेको हो । आयोगले नेपाल परराष्ट्र सेवा, न्याय सेवा, प्रशासन सेवा, लेखा परीक्षण सेवामा बढुवा र खुलातर्फका लागि उक्त पदको विज्ञापन गरेको लोक सेवा आयोगले जनाएको छ । आयोगले सूचना जारी गर्दै अप्राविधिकतर्फको शाखा अधिकृत पदमा विज्ञापन खोलेको लोक सेवा आयोगका सूचना अधिकारी एकनारायण शर्माले जानकारी दिनुभयो ।
काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–७, होक्सेमा पहिलो ‘महिला उद्यमी हरित औद्योगिक पार्क’ निर्माणले मूर्त रूप लिएको छ । दक्षिण एसियाली महिला विकास मञ्च र पाँचखाल नगरपालिकाको संयुक्त आयोजनामा बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्कको शिलान्यास गर्नुभयो । शिलान्यास समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारले ठुला कृषि परियोजनाको सञ्चालन र उत्पादनमा आधारित अनुदानमा जोड दिँदै आएको बताउनुभयो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले भक्तपुरको नलिन्चोकमा निर्माण गरेको हेलिपोर्ट छ महिनाभित्रै सञ्चालनमा ल्याइने भएको छ । २०७९ साउन १ गतेबाट निर्माण सुरु गरिएको उक्त हेलिप्याडमा परीक्षण उडान गरिएको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले माउन्टेन एयरको हेलिकोप्टरबाट परीक्षण उडान गरिएको र परीक्षण उडानको प्रतिवेदनका आधारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिकोप्टर उडान नलिन्चोकमा स्थानान्तरण गरिने बताउनुभयो ।
गत कात्तिक १७ गते जाजरकोट र पश्चिम रुकुममा आएको भूकम्पमा परी पीडितको राहत र उपचारका लागि सहयोग गर्ने बाँकेका विभिन्न संघ संस्था र व्यक्तिहरुलाई जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले सम्मान गरेको छ ।
म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८०–८१ मा ७ वटा ठूला गौरबका योजना कार्यान्वयनमा लैजान थालेको छ ।
गुल्मीमा विद्यार्थीलाई बालयौन दुराचारको आरोपमा एकजना शिक्षक प्रकाउ परेका छन् ।
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध मुलुक निर्माण गर्न एमाले नेतृत्वकै सरकार अपरिहार्य भएको बताउनुभएको छ ।