सुनसरीको इनरुवा नगरपालिका –९ र १० का स्थानीयहरूको घरको छानो हावाहुरीले उडाएपछि पाँच परिवार तीन दिनदेखि खुल्ला आकाशमुनि बस्न बाध्य भएका छन् ।
नेपाल प्राज्ञ–प्रतिष्ठानले यही असार ९ गते आयोजना गर्न लागेको राष्ट्रिय कविता महोत्सवमा यस दशककै सर्वाधिक कविताहरू दर्ता हुन आएका छन् । महोत्सवमा इमेलबाट ८४८ र प्रत्यक्ष ४४ वटा गरी ८९२ वटा कविता प्रतिष्ठानमा दर्ता हुन आएका छन् ।
काठमाडौं भित्रबाट उपत्यका बाहिर चल्ने सार्वजनिक जिप तथा माइक्रोबस नयाँ बसपार्क भित्रबाट सञ्चालन हुन थालेसँगै ५६ टिकट काउण्टर थप भएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मेलम्ची खानेपानी आयोजनाको स्थलगत भ्रमणका लागि सिन्धुपाल्चोक पुग्नुभएको छ ।
कञ्चनपुरको लालझाडी गाउँपालिका –४ स्थित दोदा नदीमाथिको पक्की पुल निर्माणको काम आठ वर्षदेखि अलपत्र छ । निर्माण सुरु भएको आठ वर्षमा उक्त पुलका तीन पिल्लर मात्रै ठडिएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना हुनुभई मुटुको चाल मनिटरिङ सुरु गरिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा उपचारार्थ भर्ना हुनुभएको छ ।
हत्या आरोपमा रुपन्देहीको तिलोत्तमाबाट एक युवा पक्राउ परेका छन् । रुपन्देहीको तिलोत्तमा –१६ पूर्व बहियामाका २६ वर्षीय ज्ञानबहादुर कुँवरले आफैसँग बसेका १८ वर्षीय सुमन कुँवरको मङ्गलबार हत्या गरेको प्रहरीले जनाएको छ ।
नेपालको इतिहासलाई पल्टाउँदा संस्कृति, कला एवं साहित्यको माध्यमद्वारा विश्वमा आफ्नो देशको नामलाई रोशन गर्दै आएको नेवार समुदाय प्राचीन कालदेखि नै नेपाल–उपत्यकाको बासिन्दाका रूपमा रहिआएको देखिन्छ । ‘नेवार’ शब्दले कुनै एक जाति विशेषलाई मात्र जनाउने होइन, पुरै समुदायकै प्रतिनिधित्व गर्दछ । केही विद्वान्ले देशको नाम नेपाल र समुदायको प्रतिनिधित्व गर्ने नेवार शब्दका बीचमा पनि घनिष्ठ रूपले अन्तरसम्बन्ध रहिआएको कुराको व्याख्या गरेका छन् । एक थरी विद्वान्हरू नेवार शब्दको व्युत्प
अहिले बिरामी समय बिताइरहेछु म आफ्नो सास आफैँलाई कोक्याउँछ भुइँ टेक्ने साहस खुट्टामा छैन कलम समात्दा हात लर्बराउँछ जिउ, सर्वाङ्ग दुख्छ
आमा वर्ण मिठा सदा जगत्मा उत्कृष्ट लाग्ने अति छानी वर्ण मिलाउँदा स्रजकले श्रमै सिँगारे कति आमा ती जननी धरा सरहकी हुन् प्रेमकी पूञ्ज नै माला गाँस्छिन् ती भरी रहरिला वात्सल्यका रूप नै ।
अन्तरिक्ष–धर्तीको राजदूत उर्वशीको लयमा गीत गाउँदै आएको त्यो मनोहर झर्ना देख्दा नदीको सौन्दर्यमा उषाका आलोकपुत्रको त्यो सुकुमार
कविताको लघु रूप मुक्तक हो । यो अत्यन्त चोटिलो र धारिलो विधा हो । चोटिलो र धारिलो यस विधाको एक अर्को मुक्तकसङ्ग्रह नवराज रिजालको ‘अनि तिमी’ प्रकाशित भएको छ । रिजाल नेपाली साहित्यको क्षेत्रमा सिर्जना, सम्पादन, सङ्गठन क्षेत्रमा अत्यन्तै सव्रिmय प्रतिभा हुनुहुन्छ । यस सङ्ग्रहको भूमिकाको सन्दर्भमा साहित्यिक सर्जक डा. रमेश शुभेच्छुले उहाँको बारेमा जुन सम्बोधन गर्नुभएको छ, त्यो यथार्थ पनि हो । डा. रमेशले ‘अनि तिमी’ मुक्तक कृतिभित्र अभिव्यञ्जित नवराज रिजालको मुक्तककारिता शीर्षकमा २५ पृष्ठको प्राज्ञिक र पठनीय भूमिका लेख्नुभएको छ ।