लिभरपुल मावि/कलेजले नामी कलेजलाई टाइब्रेकरमा ५–४ ले हराएर पाँचौँ लिटिल एन्जेल्स अन्तरकलेज फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
नेपालगन्जका क्यासिनोहरुमा प्रहरीले छड्के चेक जाँच गरेको छ । वडा प्रहरी कार्यालय नेपालगन्जको टोलीले यहाँ सञ्चालित सात वटा क्यासिनोमा छड्के चेकजाँच गरेर नेपालीहरू भएनभएको बारे अनुसन्धान गरिएको हो ।
धनकुटाको चौबिसे गाउँपालिकाले खेलकुद र कृषिलाई समेटेर ‘खेलकुद पर्यटन’को सुरुआत गर्ने भएको छ । आठ वडा रहेको यस गाउँपालिकामा प्रत्येक वडामा सात-एघार क्षेत्रफलका एकदेखि तीनवटासम्म फुटबल मैदान छन् ।
जाजरकोटको छेडागाड नगरपालिका ५ चंखीलमा इलाका प्रशासन कार्यालयको उद्घाटन भएको छ। नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले एक कार्यक्रमका कार्यालयको उद्घाटन गर्नुभएको हो।
संयुक्त राष्ट्रसङ्घको जलवायु सम्झौताको मस्यौदामा तेल, ग्यास र कोइला हटाउनका लागि कोप २८ ले सम्झौताका लागि मस्यौदा प्रस्ताव तयार गरेको छ ।
बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–२ भद्रकाली नजिक हायस दुर्घटना भएको छ । बुधबार दिउँसो १ बजेतिर भएको दुर्घटनामा परी १२ जना भएका छन् ।
राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माणको काम पहिरोका कारण रोकिएको छ । सुरुङ भित्र पहिरो गई टीवीएम मेसिन थिचेपछि १४ दिनदेखि सुरुङ निर्माणको काम रोकिएको उक्त आयोजनाले जनाएको छ ।
प्रथम दक्षिण एसियाली तेक्वान्दो च्याम्पियनसिपमा नेपालले पाँच स्वर्ण, एक रजत र दुई कांस्य पदक जितेको छ ।
मुलुकको सन्तुलित विकासका लागि सम्बन्धित निकायसँग समन्वय गर्न संसदीय समितिमा छलफल भएको छ । दिगो विकास तथा सुशासन समितिद्वारा आज आयोजित ‘सुशासन प्रवर्द्धन र सन्तुलित विकासमा सङ्घीय सांसद र सरोकारवालासँग अन्तरक्रिया’मा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सबैले अधिकारका विषय उठाउने तर आफ्नो कर्तव्य बिर्सँदा सन्तुलित विकासले गति लिन नसकेको बताउनुभयो ।
भारतको मुम्बईमा भइरहेको महिला नेत्रहीन टी–२० क्रिकेट सिरिजको तेस्रो खेलमा बुधबार नेपालले भारतमाथि १० विकेटको सानदार जित हात पारेको छ ।
नेपालगन्ज उद्योग वाणिज्य सङ्घको नेतृत्वमा रहेको व्यवसाय तथा व्यवसायी उत्थान सङ्घर्ष समिति बाँके-बर्दियाले उद्योगी व्यवसायीका माग सम्बोधन नभएसम्म आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ६० अङ्कले बढेर एक हजार नौ सय ८८ दशमलव चारको विन्दु कायम भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको अर्थतन्त्रको मूल आधारका रूपमा रहेको कृषि उत्पादनका लागि जोड दिने सरकारले नीति लिएको अवस्थामा यस्ता औद्योगिक ग्राम स्थापनाले त्यसलाई टेवा पुग्ने बताउनुभएको छ ।
ढोरपाटन सिकार आरक्ष भएर बागलुङ, रुकुम पूर्व र म्याग्दी जोडिने विभिन्न सडक सहज तरिकाले निर्माणका लागि सरोकारवालाबिच छलफल थालिएको छ ।
उमित शाक्य बुधबार छविलाल पाइजा पुनलाई ११–७, ११–५, ११–५ ले हराएर एनएसआरए एनिभरसरी कप स्क्वास प्रतियोगिता २०८० अन्तर्गत पुरुष एकलको सेमिफाइनलमा स्थान बनाउनुभएको छ । यस नतिजासँगै पुरुष एकलको सेमिफाइनल समीकरण पूरा भएको छ ।