चापाकोट नगरपालिकाका पूर्व मेयर शिवकुमार गिरीको सवारी दुर्घटनामा परी मृत्यु भएको छ ।
शीर्ष नेताहरूबिच छलफल हुन नसक्दा शुक्रबार समाजवादी मोर्चा घोषणा हुन सकेन। नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमालले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव शक्रबार दिउँसो काठमाडौँबाहिर हुनुभएकाले शीर्ष नेताबिच सामूहिक छलफल हुन नसक्दा मोर्चा घोषणा हुन नसकेको बताउनुभयो।
गोरखापत्र संस्थान र राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकारका विविध विषयलाई संयुक्त रूपमा प्रवर्धन गर्ने भएका छन्। आयोगका सहसचिवद्वय डा. टीकाराम पोखरेल र सम्झना शर्मा, मानव अधिकार अधिकृत दुर्गा पोखरेललगायतका पदाधिकारीसँग शुक्रबार भएको छलफलका क्रममा सहकार्य गरेर मानव अधिकारका विषयमा हातेमालो गरेर अघि बढ्ने समझदारी भएको हो।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले लोक सेवा आयोगले सधैँ वर्तमान पुस्ताप्रति न्याय र भविष्यको पुस्ताप्रति भरोसाको केन्द्र बन्नुपर्ने बताउनुभएको छ । उहाँले आयोगलाई सधैँ आफ्नो कर्तव्य, दायित्व र जिम्मेवारी निर्वाह गर्न आग्रह गर्नुभयो । लोक सेवा आयोगको ७३ औँ वार्षिकोत्सव समारोहको शुक्रबार उद्घाटन गर्दै उपराष्ट्रपति यादवले मुलुक सञ्चालन गर्ने स्थायी सरकारका रूपमा रहेको योग्यतम कर्मचारी छनोट गर्दै योग्यता, निष्पक्षता, विश्वसनीयता र स्वच्छतालाई आधार मान्दै कार्यसम्पादन गर्न सफल भएकामा आयोगको प्रशंसा गर्नुभयो ।
मधेश प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८०÷०८१ को लागि कूल ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजारको राजश्व तथा व्ययको अनुमानित बजेट प्रस्तुत गरिएको छ ।
थारु समुदायको इतिहास बंग्याउने र विवादमा ल्याउने काम पटक पटक भइरहेको भन्दै थारु समुदायका अगुवाले इतिहास लेखनमा खेलवाड नगरी तथ्यपरक ढङ्गले लेखनको काम गर्न सरोकारवालाहरुसँग आग्रह गरेका छन् ।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १३ का कार्यवाहक वडा अध्यक्ष दिलावर कवडिया घुस रकमसहित पक्राउ परेका छन् ।
शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएपछि कार्कीले सर्वोच्च अदालत पुगेर पदवहाली गर्नुभएको हो।
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि कूल ४० अर्ब ४७ करोड ८९ लाख ५७ हजारको बजेट सार्वजनिक गरेको छ।
नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले काँग्रेसले आफ्नो औचित्य पुष्टि गर्न नसके नाम मात्रमा सीमित बन्नसक्ने बताउनुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का संसदीय दलका उपनेता एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले ‘बजेट संशोधन गर्छु’ भन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्ति संसदीय मान्यता विपरित रहेको टिप्पणी गर्नुभएको छ ।
जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०–८१ का लागि ६२ अर्ब ७० करोड ९० लाख ७८ हजारको बजेट विनियोजन गरेको छ।
मधेश प्रदेशका अर्थमन्त्री संजयकुमार यादवले आर्थिक वर्ष २०८०/०८१ राजस्व तथा व्ययको अनुमान प्रस्तुत गर्नुभएको हो।
कर्णाली प्रदेशको आर्थिक वर्ष २०८०/८१ का लागि वार्षिक बजेट तथा कार्यक्रम सार्वजनिक गरिएको छ। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले शुक्रबार प्रदेश सभामा बजेट प्रस्तुत गर्नुभएको हो।