गिद्धहरूको संरक्षणका लागि गिद्ध रेष्टुरेन्ट सञ्चालन गरिने भएको छ । रेसुङ्गा क्षेत्रको चौतारामा स्थानीय गाईहरूको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्न २०४२ सालदेखि नै गौशाला स्थापना गरी गाई पालन गरिँदै आएको छ ।
दैलेख गुराँस गाउँपालिका-७ जिम्राका भीमबहादुर खड्का उमेरले ७३ वर्ष हुनुभयो । उहाँले थाहा पाउने बेलादेखि नै घर वरपर पैयुँका बिरुवा प्रशस्त थिए । जब पैयुँ फुल्न थाल्थ्यो त्यतिबेला वनमा नै ढकमक्क देखिन्थ्यो । तर केही वर्षदेखि पैँयुका बिरुवाहरु हराउँदै गएको भन्दै भीमबहादुर चिन्ता व्यक्त गर्नुहुन्छ ।
युक्त राष्ट्रसङ्घ मानवअधिकार उच्चायुक्त भोल्कर टर्कले मङ्गगलबार मानव अधिकारको संरक्षण र प्रवर्द्धनमा शान्ति र सुरक्षाको महत्त्वलाई जोड दिँदै सबै उपायहरूले अन्ततः तनाव रोक्न योगदान पुर्याउनुपर्ने बताउनुभएको छ ।
नेकपा (एमाले) को ‘झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ टोली बिहीबार धनकुटा आइपुग्ने सो पार्टीले जनाएको छ ।
निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि बागलुङ बजारको लिफ्टिङ खानेपानी परियोजना सम्पन्न हुन सकेको छैन । निर्माण व्यवसायीको ढिलासुस्ती र प्राकृतिक विपत्तिका कारण बागलुङ नगर सह-लगानी खोनेपानी परियोजना सम्पन्न गर्न ढिलाइ भएको हो ।
बारामा यस वर्ष पाँच हजार आठ सय ६० हेक्टर क्षेत्रफलमा मकैखेती भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । खाद्यान्न बालीमा मकैबाली तेस्रो स्थानमा रहेकाले हिउँदे, वर्षे र बसन्ते गरी तीन प्रकारका बाली लगाउने गरिएको केन्द्रका प्रमुख जीतेन्द्र यादवले जानकारी दिनुभयो ।
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदका महासचिव भरतराज गौतमको राजीनामा स्वीकृत गर्नुभएको छ । राष्ट्रपति पौडेलले मङ्सिर २४ गतेदेखि लागू हुने गरी बुधबार गौतमको राजीनामा स्वीकृत गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
स्याङ्जामा गत वर्षभन्दा यसवर्ष सुन्तला उत्पादनमा कमी आएको छ । गतवर्ष २२ हजार मेट्रिक टन सुन्तला उत्पादन भएकोमा यसवर्ष भने घटेर १९ हजार ८७ मेट्रिक टन सुन्तला उत्पादन भएको हो ।
सरकारद्वारा गठित अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले निवेदन परेका २८ हजारमध्ये पाँच हजार एक सय ५५ उजुरीमा मिलापत्र गरेको छ ।
तनहुँ जिल्ला बाख्रा पालन व्यवसायको लागि उपयुक्त जिल्ला मानिन्छ । वन जङ्गल तथा प्रशस्त घाँसेमैदान भएकोले बाख्रा पालनको लागि राम्रो रहेको कृषकको भनाइ छ तर यहाँका किसानले उत्पादन गरेको बाख्रा बिक्री हुन सकेको छैन ।
नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहका ३२ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहमा संलग्न ट्राभल एजेन्सी सञ्चालक र सरकारी कर्मचारीसहित गरी ३२ जनालाई नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।
सर्वोच्च अदालतले सङ्घीय सरकारविरुद्ध बागमती प्रदेश सरकारले दायर गरेको रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा राखेको छ ।
तानसेनस्थित त्रिभुवन बहुमुखी क्याम्पस नेपाली विभागद्वारा प्रकाशित 'प्रज्ञान' को लोकार्पण गरिएको छ । त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभागका प्रमुख प्रा. डा. खगेन्द्रप्रसाद लुइँटेलले ‘प्रज्ञान’को लोकार्पण गर्नुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको शिक्षा युग सुहाउँदो मौलिक र अन्तर्राष्ट्रियस्तरको हुनु अत्यावश्यक रहेको बताउनुभएको छ ।
ताप्लेजुङमा अहिले प्रति मन (४० किलो) रू. ६९ हजारमा कारोबार भइरहेको अलैँची व्यवसायी बालमणि बरालले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्षको सबैभन्दा बढी गत सोमबार रू ७१ हजारका दरले कारोबार भएको थियो ।