बेलुकीपख, धुसेनी गाउँबाट हेर्दा लतापको डाँडाबाट घाम डुब्नै लागेको थियो । गाउँका बालबालिका हतार–हतार घरभित्र जान्छन् र विद्यालयको पोषाक परिवर्तन गरेर सामान्य खाजासहित बाँसका चोया लिएर आँगनीको डिलमा बस्नुभयो । बाबुआमाले काटिदिएको बाँसको चोयाबाट कलिला बालबालिका निकै सुन्दर थुन्से डाला बुनेका छन् ।
गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएको छ ।
लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएको छ । शुक्रबार लुम्बिनी प्रदेश सभाको बैठकमा आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले बजेट प्रस्तुत गर्नुभएको हो ।
बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट बागमती प्रदेश सभामा पेस गरिएको छ । आज दिउँसो ३ बजेबाट सुरुभएको प्रदेश सभाको बैठकमा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा (तामाङ) ले पेश गर्नुभएको हो ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्नो पार्टीको केन्द्रीय समितिको बैठक आह्वान गरेको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा आरोपीका तर्फबाट कानुन व्यवसायीहरुले उठाएका कानुनी प्रश्नमाथि आज सरकारी वकिलले जवाफी बहस गर्नुभएको छ ।
राममणि दाहालहेटौँडा, असार १ गते। बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले बागमती प्रदेशको आर्थिक वर्ष २०८०–८१ को बजेट प्रस्तुत गर्नुभएको छ। प्रदेश सभाको शुक्रबारको बैठकमा बजेट पेश गर्नुभएको हो।
झापाको कचनकवलमा नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा भारतीय पक्षले साइरन भन्दै ‘सेन्सर’ जस्तो देखिने उपकरणहरू राखेपछि स्थानीयले हटाउन अनुरोध गरेका छन् ।
कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट तथा कार्यक्रम सार्वजनिक गरिएको छ ।
कैलालीका किसानलाई चैते धान भित्र्याउने चटारो भएको छ । चैते धान खेती काट्नलाई तयार भएकाले किसानलाई धान भित्र्याउन चटारो भएको हो ।
गर्भवती महिलाले समय पुगेपछि संस्थागत रूपमा सुत्केरी गराउने महिलाहरूलाई पौष्टिक तत्त्वयुक्त खानेकुरा उपहारका रूपमा प्रदान गरिएको छ ।
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने जेसिवि सहितका सवारी साधनहरू प्रहरीले नियन्त्रणमा लिएको छ ।
सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नाम प्रधानन्यायाधीश लागि अनुमोदन भए लगत्तै राष्ट्रपति कार्यालयले शपथको तयारी गरेको छ।
नेपाल संस्कृत विश्वविद्यालयबाट प्रकाशित अनुसन्धानमूलक कृतिको डिजिटलाइजेशनको काम हुनेभएको छ । विश्वविद्यालयबाट शास्त्री, आचार्य र विद्यावारिधिका अनुसन्धानमूलक कृतिहरू वेबसाइटमा राख्ने तयारी गरिएको हो ।
रामेछाप र आसपासको क्षेत्रमा गुणस्तरीय बिजुली प्रवाहका लागि भौतिक संरचना तयार भएको छ । नेपाल विद्युत प्राधिकरणले रामेछापको मन्थली नगरपालिका –१३ साँखे (फुलासी) स्थित नयाँ खिम्ती सब-स्टेसनमा निर्माण गरिएको १३२/३३/११ किलोभोल्ट (केभी) सब-स्टेसन पूर्वाधार सञ्चालनमा आएको छ ।