• २७ वैशाख २०८२, शनिबार

सङ्घीय संसदका महासचिव गौतमको राजीनामा स्वीकृत

blog

राष्ट्रपति रामचन्द्र पौडेल । फाइल : तस्बिर

काठमाडौं, मङ्सिर २७ गते । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदका महासचिव भरतराज गौतमको राजीनामा स्वीकृत गर्नुभएको छ । राष्ट्रपति पौडेलले मङ्सिर २४ गतेदेखि लागू हुने गरी बुधबार गौतमको राजीनामा स्वीकृत गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

गौतमले राजीनामा दिनुभएपछि प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाको परामर्शमा प्रतिनिधि सभाका सचिव पद्मप्रसाद पाण्डेयलाई अर्को व्यवस्था नभएसम्मका लागि सङ्घीय संसद्को महासचिवको जिम्मेवारी निर्वाह गर्न तोक्नुभएको छ ।

प्रशासनिक नेतृत्व नहुँदा सङ्घीय संसद् दिवसका सन्दर्भमा गर्नुपर्ने कतिपय कामका साथै लोक सेवाबाट सिफारिस भएर आएका कर्मचारीको नियुक्तिलगायत दैनिक काम प्रभाव परेका कारण सभामुखले पाण्डेयलाई अर्काे व्यवस्था नभएसम्मका लागि महासचिवको जिम्मेवारी तोक्नुभएको संसद् सचिवालयले जनाएको छ । हरेक वर्ष मङ्सिर २८ गते संसद् दिवस मनाइने गरेको छ ।