• १२ मंसिर २०८१, बुधबार

मानव अधिकार संरक्षणका लागि शान्ति र सुरक्षामा जोड

blog

जेनेभा, मङ्सिर २७ गते । संयुक्त राष्ट्रसङ्घ मानवअधिकार उच्चायुक्त भोल्कर टर्कले मङ्गगलबार मानव अधिकारको संरक्षण र प्रवर्द्धनमा शान्ति र सुरक्षाको महत्त्वलाई जोड दिँदै सबै उपायहरूले अन्ततः तनाव रोक्न योगदान पुर्‍याउनुपर्ने बताउनुभएको छ ।

टर्कले मानव अधिकारको विश्वव्यापी घोषणाको ७५ औँ वार्षिकोत्सवको स्मरणमा आयोजित कार्यक्रममा मानव अधिकारको संरक्षण र प्रवर्द्धनमा शान्ति र सुरक्षा पहिलेभन्दा बढी आवश्यक भएको बताउनुभएको हो । 

मानवअधिकारलाई विश्वव्यापी सार्वजनिक हितको संज्ञा दिँदै टर्कले प्रत्येक व्यक्तिलाई शान्तिपूर्णरूपले बाँच्न पाउने अधिकार भएको र यसका लागि विश्वका नेताहरू एक हुनुपर्ने बताउनुभयो । विश्वका नेताहरूलाई टर्कले मानव अधिकारको केन्द्रमा फर्की योगदान दिन आग्रह गर्नुभयो । रासस/सिन्ह्वा