नेपाल र संयु्क्त अधिराज्य (बेलायत) बिच भएको नेपाल–बेलायत मैत्री सन्धि, १९२३ एक सय वर्ष पूरा भएको अवसरमा लन्डनस्थित नेपाली राजदूतावासमा कार्यक्रम आयोजना गरिएको छ । नेपाली राजदूतावास र लन्डन स्कुल अफ इकोनोमिक्सको संयुक्त आयोजनामा भएको कार्यक्रममा लिड्स विश्वविद्यालयका अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक सूर्यप्रसाद सुवेदीले सन् १९२३ मा नेपाल र बेलायतबिच भएको सन्धिपछि नेपालले बेलायतबाट औपचारिक रूपमा स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न राष्ट्रको मान्यता पाएको प्रस्ट पार्नुभयो । यस आधारमा यस सन्धिको बेग्लै महत्व रहेको उहाँले चर्चा गर्नुभयो ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि अस्ट्रेलिया र बङ्गलादेशका राजदूतले भेटवार्ता गर्नुभएको छ । बिहीबार भएका बेग्ला बेग्लै भेटवार्तामा द्विपक्षीय सम्बन्धबारे छलफल भएको छ । नेपालका लागि बङ्गलादेशका राजदूत सालाउद्दिन नोमन चौधरीसँगको भेटमा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र बङ्गलादेशबिचको सधैँको सौहार्दपूर्ण सम्बन्धलाई विद्युत् प्रसारण लाइनसम्बन्धी सम्झौताले सहकार्य र विकासमा अर्को कोसेढुङ्गा थप्ने बताउनुभयो ।
भूतपूर्व गोरखाहरूको माग सम्बोधनका विषयमा लन्डनस्थित नेपाली राजदूतावास,संयुक्त अधिराज्य (बेलायत)का रक्षा मन्त्रालयका पदाधिकारी तथा भूतपूर्व गोरखाका प्रतिनिधिहरू सम्मिलित प्राविधिक स्तरको बैठक बेलायतको रक्षा मन्त्रालयमा बिहीबार सम्पन्न भएको छ ।
सरकारले निजी हवाई सेवा प्रदायक कम्पनी सिम्रिक एयरलाई काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–१४, राउतगाउँको माथिल्लो भाग इटापु डाँडामा हेलिपोर्ट निर्माण गर्न सैद्धान्तिक सहमति दिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको जेठ २६ गतेको मन्त्रीस्तरीय निर्णयद्वारा सहमति दिइएको हो।
संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित प्रधान न्यायाधीश हरिकृष्ण कार्कीसँग शुक्रबार सवाल–जवाफ गर्दै छ। प्रस्तावित प्रधान न्यायधीश कार्कीले समितिको बिहीबारको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्नुभएको थियो। सुनुवाइ समितिमा परेका उजुरी र प्रस्तावित प्रधान न्यायाधीश कार्कीले बिहीबार प्रस्तुत गर्नुभएको कार्ययोजना सम्बन्धमा शुक्रबार सवाल–जवाफ हुनेछ। समितिको बैठक शुक्रबार बिहान ८ बजे बोलाइएको छ। करिब साढे छ महिना कामु प्रधान न्यायाधीशका रूपमा जिम्मेवारी सम्हाल्नुभएका कार्की प्रधान न्यायाधीशमा अनुमोदन हुनुभएमा उहाँको कार्यावधि ५० दिनको हुनेछ। कामु प्रधान न्यायाधीश दीपकुमार कार्की ६५ वर्षे उमेर हदका कारण गत असोज १५ गतेबाट अनिवार्य अवकाशमा जानुभएपछि न्यायपालिकाको जिम्मेवारी न्यायाधीश हरिकृष्ण कार्कीमा सरेको थियो।
आर्थिक मामिला तथा योजनामन्त्रीसमेत रहनुभएका मुख्यमन्त्री कार्कीले मन्त्रालयको सभाहलमा अध्यादेशबाट ल्याउनुभएको बजेट सार्वजनिक गर्नुभयो।
आईसीसी विश्वकप एकदिवसीय छनोटको आफ्नो अन्तिम अभ्यास खेलमा नेपाल विजयी भएको छ ।
केपिलासगढी गाउँपालिका–१ फेदीको तेरावास्थित महभिरमा भिर मौरीको मह सिकार गरेर फर्कदै मह सिकारी ।
ललितपुर महानगरले चक्रपथ बाहिरका वडाहरुमा सिसिटिभी क्यामेरा जडान गर्ने भएको छ ।
नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागमा ३९ सदस्य चयन हुनुभएको छ।
काठमाडौं महानगरपालिकाले महानगरपालिका भित्रका रिङ रोडमा रहेका टिकट काउण्टरको बोर्ड हटाउने भएको छ ।
नहुँका किसानलाई बाँदर धपाउन बन्दुक र कृषि पेशामा आकर्षित गर्दै परम्परागत कृषि प्रणालीलाई यान्त्रिकरण र व्यवसायिकरण गर्ने उद्देश्यले हाते ट्याक्टर वितरण गरिएको छ।
बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा (तामाङ) ले बागमती प्रदेश आर्थिक सर्वक्षण २०७९–८० बागमती प्रदेशको प्रदेश सभामा पेस गर्नुभएको छ ।
गुल्मीको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुङ्गामा जिपलाइन निर्माण गरिनेभएको छ । साहसिक पर्यटनको सम्भाव्यता खोज्नेक्रममा यस क्षेत्रमा जिपलाइन निर्माण गर्न लागिएको हो ।
सरकारले वर्षयामा देखिने स्वास्थ्य समस्याबाट बच्न पानी उमालेर मात्र पिउन आग्रह गरेको छ।