म्याग्दीको बेनी बजारस्थित बेनी सामुदायिक विद्यालय देशभरिमा सातौँ उत्कृष्ट विद्यालयका रूपमा घोषित भएको छ ।
धादिङ अस्पताल एक सय शय्याको बनाइने बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जमरकट्टेलले बताउनुभएको छ ।
सिन्धुली जिल्लामा चार वटा पालिका अझै स्तनपान कक्षविहीन छन्। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ मा हरेक सार्वजनिक निकायमा अनिवार्य स्तनपान कक्षको व्यवस्था उल्लेख भए पनि अहिलेसम्म जिल्लाका चार वटा पालिकाले स्तनपान कक्ष स्थापना गर्न सकेका छैनन् ।
नेपाली काँग्रेसको संस्थापनइतर पक्षको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे बस्ने जनाएको छ । नेता शेखर कोइरालाले केन्द्रीय कार्य सम्पादन समितिको बैठकअघि आफू पक्षका नेताहरूसँग छलफल गर्न लाग्नुभएको हो ।
दैलेखको भैरवी गाउँपालिकाको महिला तथा बालबालिका शाखाकी प्रमुख निर्मलाकुमारी आचार्य स्वयम् घरेलु हिंसामा पर्दै आउनुभएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयमा कार्यरत श्रीमान्को कुटपिटबाट निर्मला घाइतेसमेत हुनुभएको छ । नायब सुब्बाका रूपमा मन्त्रालयमा कार्यरत श्रीमान् नवराज शर्मा रिजालविरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतमा निर्मलाले आइतबार ठाडो निवेदन दर्ता गरेसँगै घटना बाहिरिएको हो । आफन्तको घरमा बसेका बेला शनिबार बिहान त्यहीँ पुगेर श्रीमान्ले निर्मलामाथि कुटपिट गरेको खुलेको छ । कुटपिटबाट घाइते निर्मलाको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । महिला सशक्तीकरण मञ्च दैलेखकी अध्यक्ष सुनिता चन्दले पीडितले न्याय पाउनुपर्ने बताउनुभयो ।
सुनसरीको देवानगञ्ज गाउँपालिकाका पूर्वअध्यक्ष तथा नेपाली कांग्रेसका पुराना नेता लालीप्रसाद मेहताको गए राति निधन भएको छ ।
कञ्चनपुरको लालझाडी गाउँपालिका–४ दोदा नदीमा आठ वर्ष अघि पक्की पुल निर्माण थालिएको हो । यस अवधिमा पुलका तीन पिलर मात्रै ठडिएका छन् ।
पाल्पा जिल्लामा पहिलो पटक जिओ सेल प्रविधिमार्फत सडक निर्माण हुने भएको छ। जिल्लाको माथागढीमा सञ्चालित चुनढुङ्गा पहुँच मार्गको गिद्धे भिर खण्डमा पहिलो पटक जिओ सेल प्रविधिमार्फत सडक निर्माण हुने भएको हो। नेपालमै पहिलो पटक यो प्रविधिको प्रयोग गरी गिद्धे भिरमा सडक निर्माण हुन लागेको माथागढी गाउँपालिकाले जनाएको छ। माथागढी गाउँपालिका–७ र ५ मा चुनढुङ्गा खानी सञ्चालन भइरहेको पाल्पा सिमेन्ट प्रालि र अर्घाखाँची सिमेन्ट प्रालिको संयुक्त लगानीमा जिओ सेल प्रविधिमार्फत सडक निर्माण हुन लागेको हो।
पर्सामा चिसो बढ्ेसँगै रुघाखोकी, ज्वरो र श्वासप्र्रश्वासका बिरामी बढ्दै गएका छन् । केही दिनयता बढेको चिसो र शीतलहरका कारण सहरी क्षेत्र तथा ग्रामीण बस्तीमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वासका बिरामी ह्वात्तै बढेका हुन् ।
म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वरधाममा बालाचतुर्दशी पर्वका अवसरमा करिब ४० हजार भक्तजनले पूजाआजा र दर्शन गरेका छन् । गलेश्वर शिवालय क्षेत्र विकास कोषले सोमबार बालाचतुर्दशी पर्वका अवसरमा सबैभन्दा धेरै भक्तजन आएको जनाएको छ ।
कुनै जमानामा विश्वकै प्रभावशाली सञ्चार यन्त्र बन्न सफल रेडियो दोलखाबाट विस्थापित हुँदै गएको छ । सञ्चारले संसारलाई नै साँघुरो बनाउँदै गएको र अत्याधुनिक सञ्चार माध्यम भित्रिएकाले पनि रेडियो विस्थापित हुँदै गएको बताइन्छ ।
राष्ट्रिय भूमि आयोग जिल्ला समिति म्याग्दीका पदाधिकारी नियुक्त भएको करिब दुई वर्ष हुँदा पनि भूमिहीनलाई जग्गा उपलब्ध गराउने प्रक्रिया अगाडि बढ्न सकेको छैन । भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीको पहिचान गरी उनीहरूलाई जग्गाधनी पुर्जा वितरण गर्ने अधिकार प्राप्त जिल्ला समितिले अहिलेसम्म कुनै प्रगति हासिल गरेको छैन ।
स्याङ्जाको वालिङ नगरपालिका–५ मा रहेको ‘पित्लेक’ अर्गानिक तरकारी, खाद्यान्न र फलफूल उत्पादनका लागि परिचित सुन्दर गाउँ हो । पित्लेक, आरुपाटा र पाँडथोक गरी तीन गाउँ यो क्षेत्रमा पर्छ । यहाँ गुरुङ, मगर, बाहुन र दलित समुदायको बाक्लो बसोबास रहेको छ । पछिल्लो समय यो गाउँ आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । यस पालिकाको १४ वटै वडाका विभिन्न स्थानको अवलोकनसँगै आकर्षक हिमदृश्य देखिने भएकाले पित्लेक पर्यटकको रोजाइमा परेको हो । गाउँबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छे्रलगायत हिमाल स्पष्टसँग देखिन्छ । वालिङ बजार र आँधी खोलाको सुन्दर दृश्य यहाँबाट देख्न सकिन्छ । यहाँ १४१९ मिटरको उचाइमा होमस्टे छ ।
मालिकार्जुन गाउँपालिका ऐतिहासिक, प्राकृतिक, सांस्कृतिक तथा धार्मिक दृष्टिकोणले दार्चुलाको महत्वपूर्ण स्थानीय तह हो । सङ्घीयतापछि आठ वडामा विभाजित यो गाउँपालिका साबिकका मालिकार्जुन, डाँडाकोट, उकु, भगवती, हुनैनाथ र शङ्करपुर गाविस समेटिएर बनेको हो । पूर्वमा शैल्यशिखर नगरपालिका, पश्चिममा पवित्र महाकाली नदी, उत्तरमा महाकाली नगरपालिका र दक्षिणमा लेकम गाउँपालिका रहेको छ । पवित्र धार्मिक मठमन्दिर एवं प्राकृतिक सौन्दर्यले भरिपूर्ण नेपालकै सा
सदरमुकाम समेत रहेको सिमिकोट र उत्तरी क्षेत्रको नाम्खा गाउँपालिका आज ( बुधवार ) सार्वजनिक बिदा दिएका छन् । यी दुवै गाउँपालिकामा बसोबास गर्ने लामा समुदायले मनाउने पर्व लोसार परेको कारण गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेका हुन ।