नेकपा एकीकृत समाजवादीका नेता एवम् पूर्वउद्योगमन्त्री सोमप्रसाद पाण्डेले एनसेल प्रकरणमा निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिनुभएको छ ।
मुद्दा मिलाएर थुनामुक्त गराइदिने भनी ९९ लाख ७५ हजार रुपियाँ ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले एउटा मान्छेलाई खेदेर वा ढुङ्गाले हानेर कोही पनि पहिचानवादी बन्न नसक्ने र पहिचान स्थापित नहुने बताउनुभएको छ।
गाउँमा बिजुली पुगेपछि नवलपरासी पूर्वको पहाडी भेग बुलिङटार गाउँपालिका-२ डाडाँझेरी मथारका दलसिहँ ठाडा मगर खुसीले दङ्ग हुनुहुन्छ ।
राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले सूचना प्रदान गर्नु हरेक सरकारी निकायको दायित्व भएको बताउनुभएको छ । यसका लागि सजग हुन उहाँले सबैलाई आग्रह गर्नुभयो ।
भूकम्प प्रभावित क्षेत्र रुकुमपश्चिममा नेकपा (माओवादी केन्द्र) ले तीन हजार १६८ वटा अस्थायी आवास निर्माण गरेको छ। नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले जिल्लाका छ वटा स्थानीय तहमा अस्थायी आवास निर्माण गरेको जानकारी दिनुभयो।
इलाम अस्पतालको क्वाटरसँगै रहेको भान्सा घरमा लागेको आगो दुई घण्टापछि नियन्त्रणमा आएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार सञ्चालन गर्नेहरूले गरेको गल्ती ढिलो, चाँडो कानुनी दायरामा आउने बताउनुभएको छ । मङ्गलबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
गुल्मीमा ३८ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । राधा माधव समिति नेपाल अन्तर्गतको डिभाइन यूथ क्लब नेपाल गुल्मीले रेसुङ्गा नगरपालिका-३ को पृथ्वी आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो ।
कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को मङ्गलबार भएको खेलमा शुक्लाफाँटा ब्ल्याकबक्स फाउन्डेसन र धनगढी क्रिकेट एकेडेमी विजयी भएका छन् ।
मकवानपुरको विकट कैलाश गाउँपालिकाको डाँडाखर्कमा गुप्तेश्वर गुफा मेला सम्पन्न भएको छ ।कैलाश गाउँपालिकाको वडा नं. १ र २ को सिमानामा आइतबारबाट सुरुभएको गुप्तेश्वर गुफा मेला मङ्गलबार सम्पन्न भएको हो ।
सप्तरीको खडक नगरपालिकाको न्यायिक समितिमा साँध सिमाना सम्बन्धी विवादका उजुरी सबैभन्दा बढी दर्ता भएका छन् । दर्ता भएका मुद्दाको ८८ प्रतिशत फर्स्यौट भएको बताइएको छ ।
पाकिस्तानी सेनाको आधार शिविरमा मङ्गलबार भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा २३ जनाको मृत्यु भएको छ । आक्रमणको जिम्मेवारी पाकिस्तानी तालीबानले लिएको छ ।
आगामी महिना हुने आइसिसी यु–१९ विश्वकपको मिति परिवर्तन भएको छ । श्रीलङ्का क्रिकेट बोर्ड आइसिसीको प्रतिबन्धमा परेपछि विश्वकप दक्षिण अफ्रिकामा सरेको थियो ।
सप्तरीको राजविराज १० स्थित विरौलमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण कार्य सुचारुको माग राख्दै आजबाट सप्तरी यूथले तेस्रो चरणको दबाबमूलक कार्यक्रम घोषणा गरेको छ । राजविराजमा र्याली प्रदर्शन पश्चात् कोणसभा गर्दै प्रधानमन्त्रीलाई नौ सय ९९ चिठ्ठी पठाउने लगायतका सातदिने आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।