• ६ माघ २०८१, आइतबार

नगरका ८८ प्रतिशत मुद्दा फर्स्यौट

blog

सप्तरीको खडक नगरपालिका ।

देवरामप्रसाद यादव

सप्तरी, मङ्सिर २६ गते । सप्तरीको खडक नगरपालिकाको न्यायिक समितिमा साँध सिमाना सम्बन्धी विवादका उजुरी सबैभन्दा बढी दर्ता भएका छन् । दर्ता भएका मुद्दाको ८८ प्रतिशत फर्स्यौट भएको बताइएको छ ।

नगरको न्यायिक समितिमा दर्ता भएका मुद्दामध्ये साँध सिमानाको विवाद सम्बन्धी २९ वटा मुद्दा छन् । यो कुल मुद्दाको २३ प्रतिशत हो । खडक नगरपालिकाको न्यायिक समितिमा गएको आर्थिक वर्ष २०७९–८० मा ६४ वटा मुद्दा दर्ता भएका थिए । तीमध्ये ५३ वटा मुद्दामा सुनुवाइ गरी फर्स्यौट गरेको न्यायिक समितिका संयोजक उपप्रमुख रिता कुमारी चौधरीले जानकारी दिनुभयो । दर्ता भएकामध्ये ८८ प्रतिशत मुद्दा फर्स्यौट गरेको उहाँले बताउनुभयो । 

त्यस्तै, खान लगाउन नदिएको, कुटपिट, दाइजो, लेनदेन सम्बन्धी पनि उजुरी पर्नेगरेको चौधरीले जानकारी दिनुभयो । उपप्रमुख चौधरीका अनुसार ‘मिलेसम्म मिलापत्र गराउँछौँ, धेरै प्रयास गर्दा पनि नमिले अदालत पठाउने गरिन्छ ।