झिमरुक गाउँपालिकामा चितुवाले पशुचौपाया खान थाले स्थानीय त्रसित बनेका छन् । पालिकाका विभिन्न बस्तीमा दिउँसोको समयमा घरमा रहेका पशुचौपायालाई चितुवाले आक्रमण गरेर मार्न थालेपछि स्थानीय त्रसित बनेका हुन् ।
नेपाल धितोपत्र बोर्डले पुँजीबजारमा कारोबार हुने शेयर रोक्का अवधि (लक इन पिरियड) सकिनु एक महिना अगावै जानकारी गराउन निर्देशन दिएको छ ।
इलाम अस्पतालको क्वाटरसँगै रहेको भान्सा घरमा आगलागी भइरहेको छ । जिल्ला स्वास्थ्य कार्यालयभन्दा माथि रहेको अस्पतालको क्वाटरसँगै जोडिएको भान्सा घरमा आगलागी भएको हो ।
एसिसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको छ।
जनकपुरधाममा सप्ताहव्यापी रूपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव आजदेखि विधिवत् रूपमा सुरु भएको छ । त्रेतायुगमा भगवान् राम एवम् जानकीको वैदिक विवाह प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा भएको सम्झनामा हरेक वर्ष मङ्सिर शुक्ल पञ्चमी तिथिको दिन पौराणिक विधिअनुरूप मनाइँदै आएको छ ।
केही दिनयता मुगुमा चिसो बढ्दै गएको छ । हिमपात पनि सुरु भएको छ । चिसो बढेपछि जिल्ला प्रहरी कार्यालयले मुगुम कार्मारोङ्ग गाउँपालिका-२ मुगु गाउँमा रहेको सीमा प्रहरी चौकीमा कार्यरत सुरक्षाकर्मी सदरमुकाम झरेका छन् ।
नागरिकको सुरक्षा र समाजमा शान्ति स्थापना कायम गर्न सञ्चारको भरपर्दो सुविधा नहुँदा सोचेजस्तो सेवा प्रदान गर्न नसकिएको प्रहरीको गुनासो छ ।
क्रिकेट पाल्पा स्कुल कप-२०८० को उपाधि तानसेनको न्यू होराइजन माविले हात पारेको छ ।
पोखरामा जारी अन्तर्राष्ट्रिय पर्वतीय महोत्सवमा प्रदर्शित नाटक ‘मौन पंक्षी : प्रकृतिको वरदान’ले पंक्षीप्रेमी दर्शकको मन जित्यो । पोखरा वन विज्ञान अध्ययन संस्थानका विद्यार्थीले अभिनयमार्फत सङ्टापन्न पंक्षी गिद्ध संरक्षणको सन्देश दिए ।
झापाको दमकमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार कारमाथि मुक्का र ढुङ्गा प्रहार भएको छ ।
मोटरबाटो निर्माणका क्रममा पहिरोले च्यापिएर मृत्यु भएका डोजर चालकको परिवारलाई आर्थिक सहयोग गरिएको छ । रामपुर नगरपालिकाले रामपुर–१० का धनवीर खड्काको परिवारलाई एक लाख रुपियाँ सहयोग गरेको हो ।
एसियाली विकास बैङ्क एडिबीले जलवायु परिवर्तनबाट सृजित समस्यासँग जुँध्न लाओसलाई तीन करोड २० लाख ऋण स्वीकृत गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा दीपक बम र नीरक शाहीविरुद्धको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
बाँकेको राप्तीसोनारी गाउँपालिकाले पालिकाभित्र रहेका अपाङ्गता भएका बिरामीहरुका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।
संयुक्त अरब इमिरेट्स (युएई) मा जारी एसिसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले भारतसामु जितका लागि सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।