यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको अधिकारको क्षेत्रमा कार्यरत लिड नेपाल झापाले कोशी प्रदेश प्रमुख पर्शुराम खापुङमार्फत सरोकारवाला निकायहरुको ध्यानकर्षण गराउँदै आफ्ना मागहरु सार्वजनिक गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले विश्वलाई शान्तिको अझ बढी आवश्यकता परेको बताउनुभएको छ ।
कोप २८ का अध्यक्ष सुल्तान अहमद अल जाबेरले कोप २९ अजरबैजानमा गर्ने प्रस्ताव स्वीकृत गर्नुभएको छ ।
सोमबार बालाचतुर्दशीका दिन म्याग्दीको गलेश्वरमा बाग्लुङको काठेखोला–४ तङ्ग्रामबाट डाेका डाला नाङ्ला बोकेर गलेश्वर आउनुभएकी अमृता पुन ल्याएका सामग्री नबिकेपछि चिन्तित हुनुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रामग्राम स्तूप क्षेत्र विकासको गुरुयोजना कार्यान्वयनका लागि प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
जिम्बाब्बेस्थित हृाङग्रे राष्ट्रिय निकुञ्जमा एल निनो नामक खडेरीका कारण कम्तीमा एक सय वटा हात्तीको मृत्यु भएको अन्तर्राष्ट्रिय पशु कल्याण तथा संरक्षण समूहले सोमबार जनाएको छ ।
इरानले नयाँ आणविक सम्झौताका लागि वार्ताको सम्भावनालाई अस्वीकार गरेको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले तेहरानले आफ्नो आणविक कार्यक्रममा नयाँ सम्झौताको कुनै आवश्यकता नदेखेको बताउनुभएको हो ।
पञ्चासे संरक्षण पुरस्कार २०८० आपसी सहयोग केन्द्र(आक्स) स्याङ्जालाई प्रदान गरिएको छ ।
नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्यालले सरकार आगामी माघदेखि नयाँ बजेटको तयारीमा लाग्ने बताउनुभएको छ ।
इराकी राष्ट्रपति अब्दुल लतिफ रशिदले सोमबार साइप्रसको औपचारिक भ्रमण गर्नुभएको छ । पूर्वी भूमध्यसागरीय टापुले ६३ वर्षअघि स्वतन्त्रता पाएपछि भ्रमण पहिलो पटक भएको हो ।
सत्रौँ संसद् सेवा दिवसका अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रतिनिधिसभा विजयी भएको छ । प्रतिनिधिसभाको टोलीले राष्ट्रियसभाको टोलीलाई ४–० गोलअन्तरले पराजित गरेको हो ।
अमेरिकी एफ १६ लडाकु विमान पश्चिमी दक्षिण कोरियामा दुर्घटनाग्रस्त भएको छ ।
नेपाली कांग्रेसका नेता एवम् राष्ट्रिय सभा सदस्य नारायणदत्त मिश्रले सरकारले आवश्यकताअनुसार बिजनेस दिन नसकेको र संसदमा पनि कानुन बनाउनेतिर कसैलाई चिन्ता नभएका कारण सङ्घीय संसद्ले अपेक्षाअनुसार कानुन बनाउन नसकेको बताउनुभएको छ ।
मङ्गलबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला सात सय रुपियाँले घटेको हो ।
राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मिहीर ठाकुरले जाजरकोट भूकम्प पीडितहरुलाई चिसोबाट जोगाउन आवश्यक रहेको बताउनुभएको छ ।