काठमाडौं, मङ्सिर २६ गते । इराकी राष्ट्रपति अब्दुल लतीफ रशिदले सोमबार साइप्रसको औपचारिक भ्रमण गर्नुभएको छ । पूर्वी भूमध्यसागरीय टापुले ६३ वर्षअघि स्वतन्त्रता पाएपछि भ्रमण पहिलो पटक भएको हो ।
साइप्रसका राष्ट्रपति निकोस क्रिस्टोडोलिड्सले संयुक्त पत्रकार सम्मेलनमा इराकी राष्ट्रपतिको भ्रमण ऐतिहासिक र प्रतिकात्मक भएको बताउनुभयो ।
रशिदले यो भ्रमणले दुई मित्रराष्ट्रबीचको द्विपक्षीय सम्बन्धमा नयाँ युगको थप सुदृढीकरणको जग बसाल्ने बताउनुभयो । साइप्रसका राष्ट्रपतिले इराकसँगको अर्थतन्त्र, लगानी, सुरक्षा र आतङ्कवादसँग लड्ने जस्ता सहयोगका विभिन्न क्षेत्रमा सहयोग मिल्ने बताउनुभयो ।
उनीहरूबीचको छलफल मध्यपूर्वको अवस्था र गाजाको सङ्कटका विषयमा पनि भएको बताइएको छ । सिन्ह्वा न्यूज एजेन्सी नेपाल