• १३ असोज २०८१, आइतबार

रामग्राम स्तूप क्षेत्र विकास गुरुयोजना कार्यान्वयन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

blog

नवलपरासीको रामग्रामको अवलोकन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” । तस्बिर : प्रदीपराज वन्त / प्रधानमन्त्रीको सचिवालय

नवलपरासी, मङ्सिर २६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रामग्राम स्तूप क्षेत्र विकासको गुरुयोजना कार्यान्वयनका लागि प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री प्रचण्ड आज पश्चिम नवलपरासीको रामग्राम स्तूपमा आई स्तूप क्षेत्रको पुनःस्थापना, संरक्षण र विकासका लागि दूरदर्शी काम गर्ने बताउनुभयो । रामग्राम स्तूप यस क्षेत्रको विकासका लागि निकै महत्त्वपूर्ण भएको बताउँदै रामग्रामको विकाससँगै यस क्षेत्रको पर्यटकीय विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

शान्तिका अग्रदूत गौतमबुद्धको अस्तुधातु रहेको एतिहासिक तथा धार्मिक स्थल रामग्राम स्तुपमा आयोजित कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड नवलपरासी आउनुभएको हो । लुम्बिनी विकास कोषको नेतृत्वमा रामग्राम नगरपालिका र द प्रोमिस ल्यान्ड नामक संस्थासँगको सहकार्यमा कार्यक्रम आयोजना गरिएको थियो ।

सो अवसरमा संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीले रामग्राम स्तूप क्षेत्रको महत्वको चर्चा गर्नुभयो । रासस