• ११ मंसिर २०८१, मङ्गलबार

जिम्बाब्वेमा खडेरीले सय हात्ती मरे

blog

हरारे ,  मङ्सिर २६ गते । जिम्बाब्वेमा खडेरीका कारण कम्तीमा एक सय वटा हात्ती मरेका छन् । 

जिम्बाब्बेस्थित हाङ्ग्रे राष्ट्रिय निकुञ्जमा एल निनो नामक खडेरीका कारण कम्तीमा एक सय वटा हात्तीको मृत्यु भएको अन्तर्राष्ट्रिय पशु कल्याण तथा संरक्षण समुहले सोमबार जनाएको छ ।

पशु कल्याणको लागि अन्तर्राष्ट्रिय कोषले सार्वजनिक गरेको विज्ञप्ति अनुसार  हाल सो खडेरीका कारण ग्रीष्मकालीन वर्षा सामान्यभन्दा पाँच हप्ता ढिलो शुरु भएको छ । जसका कारण  झण्डै ४५ हजार हात्तीको वासस्थान रहेको जिम्बाब्वेको सबैभन्दा ठूलो संरक्षित क्षेत्र हाङ्ग्रे राष्ट्रिय निकुञ्जमा दर्जनौं हात्ती मरेका छन् ।

 “कम्तीमा पनि एक सय हात्ती पानीकै अभावका कारण मृत्यु भएको कोषले उल्लेख गरेको  छ ।  

संस्थाको पार्कमा रहेका १०४ वटा सौर्य उर्जाबाट चल्ने बोरहोल चरम तापक्रमसँग मिलाउन अपर्याप्त रहेको बताइएको छ ।  खडेरीले गर्दा पानीका मुहान सुक्दै गएको र वन्यजन्तुलाई खाना र पानीको खोजीमा लामो दूरीसम्म हिँड्न बाध्य पारेको विज्ञप्तिमा उल्लेख गरिएको छ । रासस/सिन्ह्वा