• १५ वैशाख २०८१, शनिबार

इरानद्वारा नयाँ आणविक सम्झौताका लागि वार्ताको सम्भावना अस्वीकार

blog

काठमाडौं, मङ्सिर २६ गते । इरानले नयाँ आणविक सम्झौताका लागि वार्ताको सम्भावनालाई अस्वीकार गरेको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले तेहरानले आफ्नो आणविक कार्यक्रममा नयाँ सम्झौताको कुनै आवश्यकता नदेखेको बताउनुभएको हो ।

इरानको राजधानी तेहरानमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा कनानीले इरान र विश्व शक्तिहरूबीचको सन् २०१५ को आणविक सम्झौतालाई औपचारिक रूपमा संयुक्त विस्तृत कार्ययोजना (जेसीपीओए) भनेर चिनिने, परिमार्जन गर्न पश्चिमबाट आएको आह्वानको जवाफमा उक्त टिप्पणी गर्नुभएको हो । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल