नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले) ले राष्ट्र निर्माणका लागि बृहत्तर योजना बनाउन सङ्कल्प यात्रा सुरु गरेको बताउनुभएको छ ।
आतङ्कवादीहरूले डेरा इस्माइल खानस्थित प्रहरी चौकीमा आक्रमण गर्दा तीन जना प्रहरीको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।
म्याङलुङ बजार कारागार टोलकी मञ्जु लिम्बू ढाकाको सारी बुनेरै दुई जनाको परिवारको पालन पोषण गरिरहनु भएको छ । आठ वर्षअघि श्रीमानको मृत्युपछि १४ वर्षीय छोरोको पढाइ खर्चसहित घरको खर्च धानि रहेकी उहाँको समय हरेक दिन बिहान ५ बजेदेखि राति अबेरसम्म ढाकाको सारीको तानमै बित्ने गर्छ ।
वराहक्षेत्र नगरपालिका–१ सूर्यकुण्ड क्षेत्रमा गाउँले भोग्दै आएको खानेपानीको समस्यालाई समाधान गर्न स्थानीय सरकार लागि परेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ३६ दशमलव ८६ अङ्कको वृद्धि देखिएको छ । आज परिसूचक एक दशमलव ८९ प्रतिशतले बढेर एक हजार नौ सय ८५ दशमलव ४४ को विन्दुमा कायम भएको हो ।
रुकुमपश्चिममा नेपाली कांग्रेसले ७५ वटा अस्थायी आवास निर्माण गरेको छ । भूकम्प पीडितहरूका लागि निर्माण गरेका आवास कांग्रेसले हस्तान्तरण समेत गरिसकेको छ ।
गल्याङ नगरपालिकाले आयोजना गरेको प्रथम राष्ट्रपति कप तथा शैक्षिक महोत्सव २०८० को समापन भएको छ । राष्ट्रपति रनिङ शिल्डको उपाधि गल्कोट माविले हात पारेको छ ।
नेकपा (एमाले) को ‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ आज कोशी प्रदेश प्रवेश गरेको छ । यही मङ्सिर १४ गते बैतडीको झुलाघाट सुरु १९ दिने मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान आज कोशी प्रदेश प्रवेश गरेको हो ।
नवलपुरका अधिकांश स्थानमा यतिखेर तोरी फुलेको देख्न सकिन्छ । तोरीको पकेट क्षेत्र मानिएको जिल्लामा तेलहन बालीको क्षेत्रफल घटेसँगै उत्पादनमा कमी आउने अनुमान गरिएको छ ।
नेपालका शीर्ष वरीयताप्राप्त खेलाडी अरहन्तकेशर सिंहले मङ्गलबार गोपाल थापालाई सोझो सेटमा ११–०, ११–९ र ११–२ ले हराएर एनएसआरए एनिभरसरी कप स्क्वास प्रतियोगिता २०८० अन्तर्गत पुरुष एकलको सेमिफाइनलमा स्थान बनाउनुभएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाले नियन्त्रणमा लिएका ई–रिक्सा छोड्न माग गर्दै चालकहरू आन्दोलनमा उत्रिएका छन् । उनीहरूले मङ्गलबार उप–महानगरपालिकाको मूल प्रवेशद्वार घेराउ गरी नाराबाजी गरेका छन् ।
सङ्खुवासभामा एक दशकअघिदेखि ओरालो लागेको अलैँचीको मूल्यमा यस वर्ष केही सुधार आएको छ । अलैँचीको मूल्य हाल प्रतिमन (४० किलो) ७० हजार पुगेको छ ।
बाँकेको नौबस्तामा रहेको बालसुधार गृहका बालबन्दीलाई विभिन्न सामग्री प्रदान गरिएको छ ।
गुल्मीको स्टार युवा क्लबको आयोजनामा पुस ७ देखि १० गतेसम्म माध्यमिक विद्यालयस्तरीय फुटबल प्रतियोगिता हुने भएको छ ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानमा ६२ वटा महिला तथा बालिकाविरुद्ध हिंसात्मक घटना भएको पाइएको छ । अनौपचारिक सेवा केन्द्र (इन्सेक) ले सार्वजनिक गरेको प्रतिवेदनमा बाल अधिकारसम्बन्धी १९, महिला अधिकारसम्बन्धी ३९ र चारवटा हत्याका घटना भएको जनाइएको हो ।