एसिसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कपअन्तर्गत आज (बिहीबार) हुने भनिएको नेपाल र भारत ‘ए’ बीचको खेलमा वर्षाका कारण रद्द भएको छ ।
सुदूरपश्चिम प्रदेशको आर्थिक सर्वेक्षण आज प्रदेश सभामा प्रस्तुत हुँदैछ।
केही दिनदेखि लागेको चर्को घामका कारण करोडौँको ड्रायगन फ्रुट नष्ट भएको छ । तापक्रम बढेसँगै फूल पुल्दै गरेका र फल लागेका ड्रायगन फ्रुट बोटमै कुहिएका छन् ।
अर्थमन्त्री डा.प्रकाशशरण महतले कृषि उत्पादक किसानलाई उत्पादनका आधारमा अनुदान दिने सरकारको तयारी रहेको बताउनुभएको छ। बिहीबार अर्थ मन्त्रालयमा नेपाली किसानले अर्थमन्त्रीलाई आलु, प्याज तरकारीमा कर लगाएर नेपालमा कृषि उत्पादन गर्न सहज वातावरण बनाएकोप्रति आभार प्रकट गर्न पुगेको किसानको टोलीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो।
चर्को खरेडीले म्याग्दीको मालिका, मङ्गला र बेनी नगरपालिकालगायत दर्जन बढी गाउँमा पानीका मुहान सुक्न थालेका छन् । यहाँका स्थानीय हिजोआज एक गाग्री पानीका लागि एक घण्टा समय खर्चेर वा नजिकको खोलाको पानी छानेर वा उमालेर खानुपर्ने बाध्यतामा छन् ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सीमित नेताको गृह जिल्लामा धेरै बजेट विनियोजन गरिएकोमा आलोचना गर्दै अन्य सांसदहरू कुन मुख लिएर जनता कहाँ जाने भन्दै प्रश्न गर्नुभएको छ ।
कैलालीमा दुई बालक तीन महिनादेखि बेपत्ता छन् । घोडाघोडी नगरपालिका वडा नम्बर १ सुखडको ९ कक्षामा अध्ययनरत दुई बालक एकै दिन बेपत्ता भएका हुन् ।
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र नेपालका लागि इजरायली राजदूत खनान गोदेरबीच भेटघाट भएको छ ।
पाल्पामै पहिलो पटक सवारी चालक अनुमति पत्र (लाइसेन्स) परीक्षाको लागि आवेदन खुला भएको छ । यातायात व्यवस्था सेवा कार्यालय पाल्पाले जेठ ३० गतेदेखि अनलाइन प्रणालीमार्फत मोटरसाइकल र स्कुटीको लाइसेन्सको लागि आवेदन खुला गरेको हो ।
सांसद अर्जुननरसिंह केसीले निरपेक्ष गरिबीको रेखामुनि रहेका, सीमान्तकृत, अपहेलित नेपालीको सामाजिक सुरक्षा र आयको प्रत्याभूति दिन नसक्दासम्म राष्ट्रिय विकासले गति लिन नसक्ने बताउनुभएको छ ।
पूर्वी नवलपरासीका विभिन्न ठाउँमा खानेपानीको अभाव हुन थालेको छ । कतै मुहान सुक्दै गएको छ भने कतै पानी लिनकै लागि घण्टौँसम्म हिँड्नुपर्ने बाध्यता छ ।
सांसदहरूले बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ । आज (बिहीबार) प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्ने सांसदहरूले सवारी दुर्घटनाको तथ्याङ्क प्रस्तुत गर्दै न्यूनीकरणका लागि ध्यानाकर्षण गराउनुभयो ।
जिल्लाको रामपुरस्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा एक जना किशोरी बेपत्ता हुनुभएको छ । रामपुर –८, को भुजातस्थित कालीगण्डकी नदीमा बिहीबार बिहान ११ बजेतिर नुहाउनेक्रममा १४ वर्षकी पार्वती रामजाली बेपत्ता हुनुभएको हो ।
सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको अस्थायी ड्याममा अरुण नदीले कटान गर्न थालेपछि तटीय क्षेत्रमा जोखिम बढेको छ ।
प्रतिनिधि सभामा विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न मन्त्रालयको शीर्षकको खर्च रकमलाई घटाइ खर्च कटौती गरियोस् भनी प्रस्ताव पेस भएको छ ।