विश्वको करिब ४० प्रतिशत जनसङ्ख्या ओगटेका तिस वटा मुलुकमा सञ्चालनमा आएको सङ्घीय व्यवस्था अवलम्बन गर्नेमा नेपाल पछिल्लो मुलुक भए पनि सङ्घीयता कार्यान्वयनमा आएको सात वर्ष भइसकेको छ । नेपालको सङ्घीयताको प्रशासनिक मोडेल अन्य मुलुकभन्दा केही भिन्न सहकार्यात्मक र अन्तरसम्बन्धित पद्धति अनुरूप आफ्नै खालको विशेषता बोकेर अगाडि बढिरहेको अवस्थामा सफल कार्यान्वयनमा अझै पनि केही असजिला पक्षहरू देखिँदै आएका छन् । स्थायी स
हाल निजामती सेवाका कर्मचारीको अवकाश हुने उमेर ५८ वर्ष छ । संसद्मा पेस गर्न भनी गत भदौ २१ गते मन्त्रीपरिषद्ले स्वीकृत गरेको प्रस्तावित सङ्घीय निजामती सेवा ऐनमा कर्मचारीको अवकाशको उमेर हद ५८ वर्षबाट बढाएर ६० वर्ष पु¥याउने उल्लेख छ । केही वर्षअघिसम्म निजामती कर्मचारीको अवकाशको उमेर हद ५८ वर्ष नै कायम गर्ने कि ६० वर्ष पु¥याउने भन्ने विषयमा धेरै बहस भयो तर यतिखेर यो विषयमा खासै छलफल भएको सुनिँदैन । तथापि यो विषयमा
लिङ्गका आधारमा गरिने हिंसा नै लैङ्गिक हिंसा हो । लिङ्गका आधारमा शारीरिक, भावनात्मक, सामाजिक, सांस्कृतिक, यौनिक र आर्थिक रूपमा प्रभावित पार्ने कार्यलाई लैङ्गिक हिंसा भनिन्छ । महिला, पुरुष वा अन्य लिङ्गी भएकै कारण हुने हिंसा हो, लैङ्गिक हिंसा । लैङ्गिक हिंसाको कुरा गर्दा महिला उपर बढी नै मात्रामा हिंसा हुने गरेकाले हामीले महिला हिंसा भनेर सम्झन्छौँ । लैङ्गिक हिंसा अन्तर्गत महिला र बालिकामाथि हुने हिंसाका साथै पुरुष र बालकप्रति हुने हिंसा पनि पर्दछन् । विश्वका अन्य
कञ्चनपुरको लालझाडी गाउँपालिका–४ दोदा नदीमा आठ वर्ष अघि पक्की पुल निर्माण थालिएको हो । यस अवधिमा पुलका तीन पिलर मात्रै ठडिएका छन् ।
१. सरकारले युरोपेली राष्ट्र पोर्चुगलमा राजदूतावास खोल्ने निर्णय कहिले गरेको हो ? विसं २०८० कात्तिक २ २. भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस कहिले मनाइन्छ ? डिसेम्बर ९
लैङ्गिक हिंसा न्यूनीकरणका उपाय १. लैङ्गिक हिंसा भन्नाले के बुझिन्छ ? नेपालमा लैङ्गिक हिंसा न्यूनीकरण गर्न के कस्ता कार्य गर्नु पर्दछ ? आफ्नो धारणा राख्नुहोस् । कुनै व्यक्ति वा समूहले लैङ्गिक आधारमा अर्को व्यक्ति वा समूहलाई बोली, व्यवहार वा कार्यबाट घृणा वा अपमान गर्ने तथा पीडा वा कष्ट पु¥याउने कार्यलाई लैङ्गिक हिंसा भनिन्छ । यस्तो हिंसा शारीरिक, मानसिक, आर्थिक, सामाजिक वा यौनजन्य आधारमा हुन सक्दछ । नेपालमा अधिकांश महिला लैङ्गिक हिंसाको सिकार हुने गरेका छन् । पुरुषप्रधान सामाजिक तथा पारिवारिक संरचनाबाट सिर्जना भई लामो समयदेखि समाजमा जरो गाडेर बसेका सामाजिक सांस्कृतिक मूल्य मान्यता
नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ११ औँ संस्करण बेलायतको एल्बम एहसासको सर्ट फिल्म ‘येल्लो’ प्रदर्शनसँगै समापन भएको छ । महोत्सवमा उत्कृष्ट फिचर डकुमेन्ट्रीतर्फको अवार्ड राजन कठेत र सुनील पाण्डे ‘नो विन्टर होलिडेज’ ले जितेको छ । मङ्गलबार सम्पन्न महोत्सवमा उक्त डकुमेन्ट्रीले अवार्ड जितेको हो । महोत्सवमा उत्कृष्ट सर्ट डकुमेन्ट्रीतर्फको अवार्ड नेपालबाट सहयोगराज अधिकारी र एलएसएम ‘यात्रा’ ले पाएको छ । त्यस्तै उत्कृष्ट सर्ट डकुमेन्ट्री इन्टरनेसनलतर्फको अवार्ड स्पेनका जुलेन जुबिटको ‘अ माउन्टेन अफ मेमरिज’ ले जितेको छ ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान समसामयिक चित्रकला विभाग र जिपी कोइराला फाउन्डेसन (कला र संस्कृति विभाग) को संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय बालकला मेला सुरु भएको छ । प्रदर्शनीको कुलपति नारदमणि हार्तम्छाली र भारतीय कलाकार अजित राय चौधरीले उद्घाटन गर्नुभयो ।
राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुनकोशी नदीमा बाँध निर्माण सुरु भएको छ । बाँध निर्माणस्थलको पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मङ्गलबार झुलाघाटदेखि चिवाभन्ज्याङसम्मको समृद्धिका लागि सङ्कल्प यात्राका क्रममा स्थलगत निरीक्षण गर्नुभयो ।
नवलपुरका अधिकांश स्थानमा यतिखेर तोरी फुलेको देख्न सकिन्छ । तोरीको पकेट क्षेत्र मानिएको जिल्लामा तेलहन बालीको क्षेत्रफल घटेसँगै उत्पादनमा कमी आउने अनुमान गरिएको छ । सरकारले तेलहन बालीलाई प्रवर्धन गर्न थालेपछि तोरी खेतीतर्फ किसानको आकर्षण बढ्दो रहेको भए पनि क्षेत्रफल विस्तारमा भने घट्दो रहेको छ ।
पोखरा आउने पर्यटक अचेल आसपासका अरू पर्यटकीय स्थलसम्म पनि पुग्छन् । सराङकोट, काहुडाँडा, शान्ति स्तूपलगायतका ठाउँबाट पोखरा उपत्यका र हिमाल नियाल्नेले अहिले नयाँ गन्तव्य भेट्टाएका छन् पुम्दीकोट । पोखरा महानगरपालिका–२२ मा फेवातालको माथि डाँडामा पर्ने पुम्दीकोट अचेल आन्तरिक र बाह्य पर्यटकको समेत रोजाइमा पर्न थालेको छ । ४० करोड रुपियाँको बृहत् गुरुयोजना अनुरूप काम भइरहेको यो कोटमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेससमेत पुग्नुभएको थियो ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले एउटा मान्छेलाई खेदेर ढुङ्गा हान्दैमा पहिचानवादी बन्न नसकिने भन्दै आफ्नो मागलाई शान्तिपूर्ण ढङ्गले राख्न सुझाव दिनुभएको छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित उर्दू भाषा
राष्ट्रिय सभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलले समानुपातिकतर्फ बन्दसूचीमा रहेका उम्मेदवारको नाम हटाउने क्रम बढेको छ ।
विशेष अदालतले नेपाल बैङ्क लिमिटेड डिल्लीबजार शाखाका तत्कालीन शाखा प्रबन्धक भूपराज कोइरालालाई बैङ्कको रकम हिनामिनामा दोषी ठहर गरेको छ । न्यायाधीशहरू खुसीप्रसाद थारू, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले कोइरालाको कसुर ठहर गरेको हो । अदालतले सजाय निर्धारणका लागि पुस ११ गतेको पेसी निर्धारण गरेको छ ।