कपिलवस्तु नगरपालिका –१ स्थित सगर पोखरीमा एक पुरुषको शव फेला परेको छ । सो शव कहार टोलका सिढीया कहारको रहेको स्थानीयले बताएका छन् ।
नेपालगञ्ज उद्योग वाणिज्य सङ्घ र कोहलपुर उद्योग वाणिज्य सङ्घले आर्थिक मन्दीका कारण व्यापार व्यवसाय घट्दैगएको जनाउँदै घरधनीलाई पसल व्यवसायका लागि दिइएको सटर र घरको भाडामा वृद्धि नगर्न आग्रह गरेका छन् ।
नयाँ राजदूतावास भवन निर्माणको विषयलाई लिएर रुस र अष्ट्रेलियाबीचको विवाद उत्कर्षमा पुगेको छ । अष्ट्रेलियाको संसद् नजिक दूतावास भवन निर्माण भएमा त्यसबाट राष्ट्रिय सुरक्षा सुरक्षामा गम्भीर जोखिम उत्पन्न हुने भन्दै क्यानबेराले निर्माणका काम रोकेको छ ।
काठमाडौंको नेपाल हेल्थ ट्रष्टले हुम्लाको एक स्वास्थ्य चौकीलाई औषधि तथा सर्जिकल सामाग्री सहयोग गरेको छ । स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएको ट्रष्टका कर्मचारी जिल्लामा आएकोबेला स्वास्थ्य चौकीले आवश्यक पर्ने औषधि र सामाग्री माग गरेका थिए ।
अफगानिस्तानको साङ्गन प्रान्तमा निसास्सिएर दुई जना खानी मजदुरको मृत्यु भएको छ भने अन्य ३५ जना बेहोस भएका छन् ।
बैङ्क तथा वित्तीय संस्थाका छाता संस्थाले मर्जर तथा एक्जिक्युसन (कार्यान्वयन) बाट प्राप्त लाभ र एफपीओ प्रिमियमबाट दिएको लाभांशलाई आय मानेर कर तिर्नुपर्ने व्यवस्था खारेज गर्न माग गरेका छन् ।
अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन तथा प्रचारप्रसार गरेको आरोपमा कलाकार राजु पौडेल (राजु मास्टर) र मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’सहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बन्दीपुर गाउँपालिकाले बाँदरका कारण पीडित कृषकलाई बाँदर धपाउनका लागि ३० वटा बन्दुक निःशुल्क वितरण गरेको छ । गाउँपालिका मातहत रहेका छ वटै वडाका कृषकलाई पहिलो चरणमा बाँदर धपाउने बन्दुक वितरण गरिएको हो ।
कैलाली प्रहरीले ठगीको आरोपमा दार्चुलाको नौगाड गाउँपालिका –४ का वडा अध्यक्ष कृष्णसिंह धामीलाई पक्राउ गरेको छ । कैलालीका टेक कुँवरको उजुरीको आधारमा प्रहरीले गोदावरी नगरपालिकाको अत्तरियाबाट धामीलाई पक्राउ गरेको हो ।
नेकपा (एकीकृत समाजवादी) का सांसद प्रेमबहादुर आलेले पछिल्लो समयमा पशुपतिनाथमा अनियमितता बढेको र त्यहाँ सिसी क्यामेरा भए पनि तार काटेर यस्ता कार्य गरिएको पाइएको आरोप लगाउनुभएको छ ।
गत केही समययता बाँके जिल्लामा अत्यधिक गर्मीका कारण सर्पदंशका घटनाहरू पनि उल्लेख्य सङ्ख्यामा बढेका छन् । गर्मीका कारण दुलो भित्रका सर्पहरू बाहिर निस्कन थालेकोले सर्वसाधारणलाई टोक्ने घटना बढेकोले यहाँस्थित भेरी अस्पताल, राँझास्थित सर्पदंश उपचार केन्द्र र शम्शेरगञ्जस्थित सर्पदंश उपचार केन्द्रमा पछिल्लो समय सर्पदंशको उपचारका लागि आउने बिरामी बढेका हुन् ।
राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरबारका कर्मचारीहरूको अनुगमन सुरु गरेको छ । कर्मचारीहरूले कार्यालय समयमा हाजिर गरेर निस्किने क्रम बढेको भन्दै सतर्कता केन्द्रले बिहीबार सिंहदरबार दक्षिण गेटमा बसेर अनुगमन गरेको हो ।
प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले नागरिकताविहीन बनेका नेपालीलाई तत्काल नागरिकता प्राप्त गर्न न्यायालयले मार्ग प्रशस्त गरिइदिनुपर्नेमा जोड दिनुभएको छ ।
बाँकेको खजुरामा रक्त सञ्चार सेवा केन्द्र स्थापनाका लागि त्रिपक्षीय सम्झौता भएको छ । पश्चिम नेपालकै एकमात्र क्यान्सर अस्पतालको रूपमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रक्त सञ्चार सेवा केन्द्र सञ्चालनका लागि अस्पताल प्रशासन, खजुरा गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी बाँकेबीच त्रिपक्षीय समझदारी भएको हो ।
विद्युतीय पोलमा प्रवाह हुने करेन्टले लुम्बिनी क्षेत्रमा पाइने विश्वकै दुर्लभ पन्क्षी सारसको अस्तित्व सङ्कटमा पर्न थालेको छ । बृहत् लुम्बिनी क्षेत्रमा विद्युतीय पोलमा करेन्ट लागेर संवेदनशील सारस क्रेनको मृत्यु भइरहेको तथ्य बाहिर आएसँगै अस्तित्व नै सङ्कटमा परेको हो ।