विराटनगरस्थित मेट्रो न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भए भनिएका इनरुवा–३ का प्रताप सदा मुसहर जीवित पाइएको विषयलाई लिएर सो अस्पताल प्रशासन मङ्गलबार पत्रकार सम्मेलनको आयोजना गरी सदाको मृत्यु भएको घोषणा अस्पतालले नगरेको दाबी गरेको छ । उहाँकी श्रीमती सीता सदाले भने सो अस्पतालले आफ्नो पतिको मृत्यु भएको र उपचारका क्रममा लागेको खर्च अस्पताललाई बुझाएर शव लैजानु भनेको दाबी पुनः गर्नुभएको छ । प्रस्तुत छ इनरुवास्थित जिल्ला प्रहरी कार्यालय सुनसरीमा सीताले सञ्चारकर्मीसँग गरेको सङ्क्षिप्त कुराकानीको सम्पादिन अंश :
विराटनगरस्थित मेट्रो न्युरो अस्पतालमा उपचार गरेका बिरामीको मृत्युको भ्रम अस्पतालले बिरामी र आफन्तलाई बिरामीको स्वास्थ्य अवस्थाबारे राम्रो जानकारी नदिँदा उत्पन्न भएको पाइएको छ। अस्पतालले आफन्तलाई ‘गलत परामर्श’ दिँदा भ्रम सिर्जना भई अचेत रहेका बिरामीको मृत्यु भएको भ्रममा परी अन्तिम संस्कारको तयारीसमेत भएको पाइएको हो।
झापा एफसीले नेपाल सुपर लिग (एनएसएल) मा पहिलो जित निकालेको छ । दशरथ रङ्गशालामा मङ्गलबार भएको खेलमा झापाले बुटवल लुम्बिनी एफसीलाई १-० गोलले हरायो ।
मदन भण्डारी कप पहिलो पटक हुन लागेको हो भने सहाना प्रधान र गिरीजा कोइरालाको स्मृतिमा हुन लागेको प्रतियोगिता विगतकै निरन्तरता हो ।
सरकारले गत चैतमा पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन गरेको तीन सदस्यीय अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी जाँचबुझ आयोगले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुझाव सहितको प्रतिवेदन बुझाएको छ।
कास्की जिल्लाअन्तर्गत विभिन्न स्थानमा प्राकृतिक नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गरी फर्जी बिलसमेत बनाएर चोरी निकासी गर्ने विभिन्न ५६ वटा सवारी साधन नियन्त्रणमा लिएको छ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समग्र आर्थिक विकास र समृद्धिका लागि एमाले नेतृत्वको सरकार आवश्यक भएको बताउनुभएको छ।
त्रेता युगमा मर्यादा पुरुषोत्तम भगवान राम र जगत जननी माता सीता बिच भएको विवाहको सम्झनामा जनकपुरधाममा मनाइने साताव्यापी सिताराम विवाह पञ्चमी महोत्सव मंगलबारबाट सुरु भएको छ ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले गैरआवासीय नेपाली नागरिकलाई नागरिकता वितरण गर्न सुरु गरेको छ। प्रशासन कार्यालयले हाल क्यानडामा बसोबास गर्दै आएका कृष्णनगर नगरपालिका– २ निवासी नितेष श्रेष्ठलाई गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र उपलब्ध गराएको हो।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले डिजिटल पूर्वाधारको विकासमा नेपाल र भारतबिच सहकार्य आवश्यक रहेको बताउनुभएको छ।
सिमकोट गाउँपालिका-५ स्थित तल्लो गाउँको टुक्मामा रहेको नेपाली कांग्रेस हुम्ला जिल्लाका उपसभापति वसन्त रोकायाको घरमा आगलागी भएको छ।
इतिहासकार र समाजशास्त्री राइनर जिटलम्यानद्वारा लिखित नेपाली अनुवाद ‘पुँजीवाद : भ्रम, वास्तविकता र तथ्य’ विमोचन भएको छ।
काठमाडौँ महानगरपालिका र काठमाडौँ विश्वविद्यालयबिच सामुदायिक शैक्षिक सुधारका कार्यक्रम सञ्चालन गर्न नीतिगत सम्झौता भएको छ ।
राष्ट्रिय वाणिज्य बैङ्कले नलगाड नगरपालिकाको दल्लीबाट आफ्नो सेवा सुरु गरेको छ । सहुलियत कर्जा कार्यक्रमदेखि अन्य कारोबार गर्ने उद्देश्यसहित नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्लीमा शाखा स्थापना भएको जाजरकोट शाखाका प्रमुख निमबहादुर शाहीले जानकारी दिनुभयो ।
सहिद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।