• १२ मंसिर २०८१, बुधबार

आगलागी हुँदा एक करोड १४ लाख क्षति

blog

घरमा लागेको आगो। तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, मङ्सिर २६ गते। सिमकोट गाउँपालिका-५ स्थित तल्लो गाउँको टुक्मामा रहेको नेपाली कांग्रेस हुम्ला जिल्लाका उपसभापति वसन्त रोकायाको घरमा आगलागी भएको छ।  

भान्सामा रहेको सुधारिएको चुल्होमा  बालेको आगोको रापले माथिल्लो बैठक कक्षमा राखेको कागजातलाई भेट्टाएपछि आगलागी भएको हो।  

प्रहरी नायक उपरीक्षक रवीन्द्र खरेलले कांग्रेस उपसभापति रोकायाको घरमा एक्कासि आगलागी हुँदा एक करोड १४ लाख सात हजार मूल्य बराबरको क्षति भएको बताउनुभयो।

आगलागीबाट लत्ता कपडा, गरगहना (सुन र चाँदी), फर्निचर, ल्यापटप, प्रिन्टर जलेको प्रारम्भिक प्रहरी मुचुल्कामा उल्लेख छ।  आगो प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, कर्मचारी र सर्वसाधारणलाई नियन्त्रण लिन चार घण्टा भन्दा बढी समय लागेको थियो।