संसद् सेवा दिवसको अवसरमा आज मैत्रीपूर्ण फुटसल भएको छ । मङ्गलबार काठमाडौँमा प्रतिनिधि सभा सभामुख र राष्ट्रिय सभा अध्यक्षको नेतृत्वमा मैत्रीपूर्ण फुटसल भएको हो ।
गमगाढ नदीमा ठेकेदारले पुल निर्माण नगर्दा स्थानीय र विद्यार्थीलाई विद्यालयमा आउजाउ गर्न समस्या भएको छ । वर्षाको समयमा खोला बढ्ने र बाढीले बगाउने डरले आकाशमा कालो बादल लाग्नासाथ विद्यार्थीहरू बिदा मागेर घर फर्किने गर्छन्
बागलुङको गाजाको दह गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्यको सूचीमा छ । हरेक वर्ष यहाँ हजारौँ पर्यटक पुग्छन् । जैमिनी नगरपालिका, गलकोट नगरपालिका र काठेखोला गाउँपालिकाको सीमानामा पर्ने गाजाको दह उच्च पहाडमा रहेको हुँदा आन्तरिक पर्यटकको रोजाइमा पर्छ । तर यहाँ पुग्नका लागि राम्रो सडकको पहुँच नहुँदा यहाँ पुग्ने पर्यटक तथा स्थानीयले वर्षैदेखि सास्ती खेप्दै आएका छन् ।
एनसेलको शेयर बिक्री रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर गएको रिट निवेदनमाथि आज सुनुवाइ हुँदै छ ।
झट्ट सुन्दा नेपालको पूर्व कोशी प्रदेशमा पर्ने कोशी टप्पुजस्तो सुनिने तर नेपालभन्दा बाहिर सार्क सदस्य राष्ट्र अफगानिस्तानको उत्तरी भेगमा निर्माणाधीन मानव निर्मित नदी वा सिँचाइ नहरको नाम हो ‘कोश टेपा नहर’ ।
तनहुँको व्यास नगरपालिकाले मादी नदीलाई थुनेर ताल बनाउने काम अघि बढाएको छ ।
जाडो बढेसँगै हिमाली जिल्ला मनाङको तापक्रम दैनिक घट्दै गएको छ । मङ्सिरको अन्तिम साता आइपुग्दा यहाँको तापक्रम घटेर माइनस १६ डिग्री सेल्सियस पुगेको छ । बिहानीपखको तापक्रम माइनस आठदेखि १० को हाराहारीमा भए पनि रातिमा करिब माइनस १६ देखि १८ डिग्रीसम्म पुग्ने गरेको छ ।
पुण्य प्राप्त हुने विश्वासमा, सामाजिक काम गर्न पाटीपौवा, ठाँटी र धर्मशाला निर्माण गर्ने र पिउनका लागि पानी राखिदिने परम्परा हाल हराउन थालेको छ ।
लिम्बू समुदायको मुख्य पर्व चासोक तङ्नामको तयारी सुरु गरिएको छ ।
कैलालीको घोडाघोडी नगरपालिका १० मा रहेको बुलबुले ताल हिजोआज निकै आकर्षक बन्दै गएको छ ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीका कृषक लक्ष्मण गुरुङले गाउँमा उत्पादित साग सहजै बजारसम्म लगेर बिक्री गरिरहनुभएको छ । जिल्लाकै उच्च भागमा अवस्थित छिम्केश्वरीमा उत्पादन भएको रायोको सागको बजारीकरणमा कुनै समस्या नरहेको गुरुङको भनाइ छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले महासमिति बैठक (नीति महाधिवेशन) अघि जनताको मत समेक्षण गर्ने हुनुभएको छ ।
पशुपतिनाथको भण्डारमा रहेका बहुमूल्य नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शङ्ख आज प्रदर्शन गरिएको छ ।
बाँके र बर्दियाका उद्योग वाणिज्य सङ्घ र उद्योगी व्यवसायीका सङ्घसंस्थाले प्रधानमन्त्री, सङ्घीय सरकारका अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका गभर्नरलाई ज्ञापनपत्र बुझाएका छन् ।
राष्ट्रिय भूमि आयोग जिल्ला समिति म्याग्दीका पदाधिकारीहरु नियुक्त भएको दुई वर्ष बितिसक्दा पनि भूमिहीनलाई जग्गा उपलब्ध गराउने आवश्यक प्रक्रिया अगाडि बढ्न सकेको छैन ।