जुम्लाको चन्दननाथ नगरपालिकाले सदरमुकाम खलङ्गा बजारको मुख्य–मुख्य चोकमा शान्ति सुरक्षालाई थप मजबुत बनाउनका लागि सिसी क्यामेरा जडान गर्ने भएको छ । सदरमुकामको विमानस्थलबाट बीचबजार, क्याम्पस लाइन र विजयजगरमा सिसी क्यामेरा जडानका लागि अहिले रु ३० लाखको बोलपत्र आह्वान गरिएको प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानले जानकारी दिनुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठक आगामी पुस १ देखि ३ गतेसम्म काठमाडौँमा हुने भएको छ । पार्टीको नयाँ नियमावलीको मस्यौदामा आवश्यक छलफल गरी त्यसलाई पारित गर्न बैठक बोलाएको वरिष्ठ नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।
बाँकेमा पुरुष पनि घरेलु हिंसामा परेको जनाउँदै न्यायका लागि प्रहरी कार्यालयमा उजुरी दिन पुगेका छन् । चालु आर्थिक वर्षको साउनदेखि हालसम्म ४० जना पुरुषले न्यायका लागि उजुरी दिएको जिल्ला प्रहरी कार्यालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र प्रमुख प्रहरी निरीक्षक महेश्वरी विष्टले जानकारी दिनुभयो ।
मस्टा गाउँपालिका–१, लेकी गाउँकी चाखुडी रोकायाको भूकम्पका कारण घर भत्कियो । केही वर्षअघि श्रीमान् गुमाएपछि रोकाया भूकम्पले घर भत्काएपछि तीन सन्तानसहित कठ्याङ्ग्रिँदो चिसोमा त्रिपालमा रात काटिरहनुभएको थियो । बेसहारा अवस्थामा रहेकी उहाँको अवस्था थाहा पाएर समाजसेवी विष्णु ऐडीको समूहले टिनको नयाँ टहरो बनाइदिएको छ । “हामीलाई सहयोग गर्ने कोही थिएनन् । आफ्नै खर्चले घर बनाउन सक्ने क्षमता छैन,” चाखुडीले भन्नुभयो ।
मालिकार्जुन गाउँपालिकाले बैङ्कसम्म पुगेर सामाजिक सुरक्षा भत्ता बुझ्न नसक्ने लाभग्राहीलाई वडामै पुगेर भत्ता दिन थालेको छ । आइतबारदेखि वडामै गएर घुम्ती शिविरमार्फत सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको मालिकार्जुन गाउँपालिकाका सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा प्रमुख लोकेन्द्रसिंह धामीले जानकारी दिनुभयो ।
सप्तरीमा एक मिटरब्याजी पीडकबाट एउटा सिङ्गो टोल नै पीडित भएको छ ।सप्तरीको महदेवा गाउँपालिका–३, बथनाहाको वेदनारायण यादवले सरदार टोलीका दर्जनौँ महिलालाई ऋण दिएर
सुर्नया गाउँपालिका–५, धुलीधारकी १२ वर्षीय कल्पना विष्टले गाएको एउटा गीत अहिले सर्वत्र चर्चामा छ तर कल्पना भने बिजुलीबत्ती र टेलिफोन नभएको गाउँमा गुमनाम भएर बसेकी छन् । लोकगायक विष्णु खत्रीसँग ‘गैरीखेत’ र बाल गायक सुप्रिम मल्लसँग ‘बझाङ बाजुरा’ बोलको गीतमा कल्पनाको आवाज सजिएको छ । यी गीत अहिले युट्युबमा चर्चित छन् । सिद्धनाथ आधारभूत विद्यालयमा कक्षा ७ मा अध्ययनरत कल्पनाको स्वर कोइलीको जस्तो सुमधुर भएको श्रोताको भनाइ छ । कल्पनाको गाउँमा बिजुलीबत्ती, इन्टरनेट र टिभी केहीको सुविधा छैन ।
कैलालीको लम्कीचुहा–३, बल्चौरमा रहेको बसेरा सामुदायिक थारू होमस्टे सञ्चालनमा आए पनि उचित प्रचारप्रसारको अभावमा पर्यटक तान्न सकेको छैन । सुदूरपश्चिम प्रदेशको प्रवेशद्वार चिसापानीदेखि पाँच किलोमिटर पश्चिममा रहेको सो होमस्टे सञ्चालनमा आएको पाँच वर्ष बितिसकेको छ । करिब ३५० थारू समुदायको घरपरिवार रहेको बल्चौरमा अवस्थित बसेरा होमस्टे पाहुनाको पर्खाइमा रहेको सञ्चालक बताउँछन् । मनग्गे लगानी गरेर सुविधासम्पन्न होमस्टे निर्माण गर्नुभएका सञ्चालक किशोर चौधरीलाई लगानी कसरी उठाउने भन्ने चिन्ताले पिरोलेको छ ।
क्षति व्यवस्थापनका लागि सञ्चालन गरिएको मर्याङ खोला खोल्सी संरक्षण कार्यक्रमबाट नगरका २५ घरधुरी लाभान्वित भएका छन् ।
‘श्रीनगर सांस्कृतिक डबली’ खुला नाचघर तानसेन नगरपालिकालाई हस्तान्तरण गरिएको छ । लुम्बिनी प्रदेश सरकारको करिब सात करोड रुपियाँ लागतमा निर्माण गरिएको डबली संरक्षण, सञ्चालन, व्यवस्थापनको अधिकारसहित नगरपालिकालाई हस्तान्तरण गरिएको हो । यो डबली जिल्लाकै महत्वपूर्ण पर्यटकीय पूर्वाधारका रूपमा रहेको छ । प्रदेश सरकारको छ करोड ८२ लाख ५६ हजार रुपियाँ लागतमा तानसेनको बतासेमा सांस्कृतिक डबली बनाइएको छ । विभिन्न जातजातिको कलासंस्कृति यस डबलीमा प्रदर्शन गरेर आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्ने लक्ष्य राखी यसको निर्माण गरिएको थियो । निर्माण सम्पन्न भएको डबलीको साँचो मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले तानसेनका प्रमुख सन्तोषलाल श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले झुलाघाट—चिवाभञ्ज्याङ यात्रामा अवरोध नगर्न अपिल गरेको छ । मङ्गलवारबाट कोशी प्रदेश प्रवेश गर्न लागेको एमाले मध्य पहाडी पुष्पलाल लोक मार्ग यात्रामा अवरोध सिर्जना नगर्न आग्रह गरेको हो ।
सुविधासम्पन्न दर्जनौँ स्वास्थ्य संस्था रहेको बाँकेको नेपालगन्ज सहरमै मातृ मृत्युदर उच्च रहेको पाइएको छ । नेपालगन्ज उपमहानगरपालिकामा चालु आर्थिक वर्षमा तीन आमाको मृत्यु भइसकेको छ । गत वर्ष पनि पाँच आमाको मृत्यु भएको स्वास्थ्य कार्यालय, बाँकेका सूचना अधिकारी नरेश श्रेष्ठले जानकारी दिनुभयो । नेपालगन्जमा बाहिरी जिल्लाबाट उपचार गराउन आउँदा मृत्यु हुनेको सङ्ख्या पनि धेरै छ ।
धरान बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नेपालकै पहिलो थ्री डी चाल विश्लेषण प्रयोगशाला स्थापना भएको छ । सोमबार जेनेभा युनिभर्सिटी हस्पिटल्स, स्विट्जरल्यान्डको सहयोगमा
दाङको गढवा–कालाकाटे हुलाकी सडक निर्माणको काम पुनः सुरु भएको छ । गएको जेठदेखि रोकिएको गढवा–कालाकाटे सडकखण्ड अन्तर्गत गढवादेखि वनघुर्सीसम्मको सडक निर्माणको काम सुरु भएको हो । हुलाकी सडक अन्तर्गत गढवा बजारदेखि राजपुर गाउँपालिकाको जङ्ग्रहवासम्मको सडक कालोपत्रे सम्पन्न भए पनि गढवादेखि कालाकाटेसम्मको सडक निर्माण हुन सकेको थिएन । सवारी सञ्चालनदेखि धुलोका कारण स्थानीयको जनजीवन प्रभावित हुने गरेको छ ।
भारतीय सीमासँग जोडिएको सर्लाहीस्थित नारायणपुर गाउँमा सोमबार २९३ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको छ । पर्सा गाउँपालिका–३ मा पर्ने साबिकको नारायणपुर गाउँ विकास समिति (गाविस) मा २९३ थान लालपुर्जा वितरण गरिएको हो । वर्षौंदेखि गाउँब्लक जग्गामा बसोबास गर्दै आएका स्थानीयलाई लालपुर्जा वितरण गरिएको नापी कार्यालय मलङ्गवाले जनाएको छ ।