दाङको गढवा–कालाकाटे हुलाकी सडक निर्माणको काम पुनः सुरु भएको छ । गएको जेठदेखि रोकिएको गढवा–कालाकाटे सडकखण्ड अन्तर्गत गढवादेखि वनघुर्सीसम्मको सडक निर्माणको काम सुरु भएको हो । हुलाकी सडक अन्तर्गत गढवा बजारदेखि राजपुर गाउँपालिकाको जङ्ग्रहवासम्मको सडक कालोपत्रे सम्पन्न भए पनि गढवादेखि कालाकाटेसम्मको सडक निर्माण हुन सकेको थिएन । सवारी सञ्चालनदेखि धुलोका कारण स्थानीयको जनजीवन प्रभावित हुने गरेको छ ।
भारतीय सीमासँग जोडिएको सर्लाहीस्थित नारायणपुर गाउँमा सोमबार २९३ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको छ । पर्सा गाउँपालिका–३ मा पर्ने साबिकको नारायणपुर गाउँ विकास समिति (गाविस) मा २९३ थान लालपुर्जा वितरण गरिएको हो । वर्षौंदेखि गाउँब्लक जग्गामा बसोबास गर्दै आएका स्थानीयलाई लालपुर्जा वितरण गरिएको नापी कार्यालय मलङ्गवाले जनाएको छ ।
आठ दिनको नवजात शिशुको स्याहार गरिरहेकी मीना दर्जी बैङ्कका कर्मचारी, स्वास्थ्यकर्मीसहित नगर उपप्रमुख घरमा देखेपछि झसङ्ग हुनुभयो । एकै पटक धेरै जनालाई देखेपछि मीनाको मनमा अनेक कुरा खेल्न थाल्यो । छोराको आशामा आधा दर्जन छोरी जन्माएकी मीनालाई सबैले सोध्ने प्रश्न सोध्न र सम्झाउन आएका होलान् भनेर चिन्ता पनि प¥यो । उहाँले हाँस्दै भन्नुभयो, “सुरुमा एकै पटक कोठाभित्र पस्दा म अलमल परेकी थिएँ, कुरो बुझेपछि भने खुसी भएँ ।”
स्याङ्जाको पुतलीबजार नगरपालिका–१ मा रहेको टुँडिखेलमा हङकङ पार्क बनेको छ । स्याङ्जा जनसेवा समिति हङकङले हङकङमा रहेका स्याङ्जावासीसँग रकम सङ्कलन गरेर टुँडिखेलमा अत्याधुनिक पार्क निर्माण गरेको हो । विगतमा राजनीतिक दलका नेताले भाषण गर्ने टुँडिखेल बच्चा, युवा तथा वृद्ध घुम्ने र बस्ने पार्क बनेको हो । जनसेवा समिति हङकङका सस्थापक अध्यक्ष भक्त गुरुङले हङकङवासी र स्याङ्जावासी नेपालीबिचको सम्बन्ध सुमधुर राख्ने उद्देश्यले हङकङ पार्कको निर्माण गरेको बताउनुभयो ।
जिल्लाको नलगाड नगरपालिका १ चिउरीकी विमला महर सुत्केरी भएको आज दुई हप्ता मात्र भएको छ । पालको वासमा रहेकी उहाँलाई चिसो थेग्न निकै मुस्किल परेको छ । चिसोले राती निन्द्रा नपरेपछि दिउसो घाममा सुत्ने गरेको तर तीन दिन यता भइरहेको बदलीले गर्दा समस्या भएको उहाँको भनाई छ । चिसोले गर्दा होला रातभर बच्चा रोई रहने र आफू पनि सुन्निएको विमलाको चिन्ता छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित प्रसिद्ध पर्यटकीयस्थल घोडेपानीको पुनहिलमा पर्यटकलाई पिउने पानी लैजान बन्देज गरिएको छ। पुनहिल पुगेका पर्यटकले त्यहाँ सञ्चालन भएको टी हाउसबाट पानी किनेर पिउनुपर्ने नियम छ। पुनहिल जाँदा थर्मसमा आफैँ तातोपानी बोकेर लैजान नपाएको पर्यटकले गुनासो गरेका छन् । घोडेपानीका स्थानीयले पुनहिल सञ्चालन गर्दा बनाएको वर्षौंदेखिको नियमलाई अहिले गाउँपालिकाले पनि कायम राखेको छ ।
खोटाङको हलेसीसँगै पाँच धार्मिक स्थलमा बालाचतुर्दशी मेला लागेको छ । बालाचतुर्दशीको दिन सोमबार हलेसी तुवाचुङ नगरपालिकामा अवस्थित प्रसिद्ध त्रिधार्मिक तपोभूमि हलेसीलगायत अन्य चार धार्मिक स्थलमा पनि मेला लागेको छ ।
शुक्लाफाँटा नगरपालिका–४ सिकलपट्टिका दुई सय बढी बासिन्दाको घर–घरमा विद्युत्का मिटर जडान गरिएका छन् । नियमितरूपमा प्रत्येक महिनाको अन्त्यमा स्थानीय बासिन्दाले विद्युत्को महसुल पनि तिर्दै आएका छन् ।
भोजपुरको हतुवागढी गाउँपालिकामा निर्माणाधीन हतुवागढी लिफ्ट खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । अनुमानित कुल रु १८ करोड ५३ लाख ८२ हजार लागतमा आयोजनाको काम थालनी गरिएको हो ।
लामो समयदेखि निरन्तर ओरालो लागेको सेयर बजारका कारण लगानीकर्ता निराश भइरहेको अवस्थामा नेपाल राष्ट्र बैङ्कद्वारा शुक्रबार जारी मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि भने नयाँ परिस्थिति सिर्जना भएको छ। अनुमान गरिए अनुसार नै आइतबारे बजार खुल्नासाथ सेयरका भाउमा एकाएक उछाल आयो । सेयरका भाउ तीव्र बढ्दा छोटो समयमै कारोबार रोक्नु प¥यो । सेयर बजारको तथ्याङ्कीय मापक नेप्सेमा १११ अङ्कको वृद्धि भयो । अर्को दिन सोमबार नेप्से बढेन, बरु घट्यो तर कारोबार झन्डै पाँच अर्ब पुग्यो । केही वर्षअघि तीन हजार बिन्दुभन्दा
जिल्ला कारागार तनहुँमा पानीको अभाव भएको छ । कारागारमा दैनिक ३५ हजार लिटर पानीको आवश्यक पर्नेमा हाल दैनिक २० हजार लिटरमात्रै आपूर्ति भइरहेको छ ।
झन्डै तीन दशकदेखि विश्वका नेताहरू जलवायु आपत्कालमाथि वैश्विक प्रतिक्रिया तयार गर्नका लागि प्रायः हरेक वर्ष कोप (विश्व जलवायु सम्मेलन) मा सहभागी हुने गर्छन् । कोप अङ्गे्रजी भाषाको तीन अक्षर ‘सी, ओ, पी’ को रूप हो, जसको मतलब ‘द कन्फेरेन्स अफ द पार्टिज’ अर्थात् पार्टीहरूको सम्मेलन हो । पार्टी भन्नाले देश भन्ने बुझ्नु पर्छ । ती देशहरू जसले संयुक्त राष्ट्रसङ्घ जलवायु सम्झौता १९९२ मा हस्ताक्षर गरेका थिए ।
आफ्नो आय आर्जनबाट आफ्ना आधारभूत आवश्यकता पूरा गर्न नसक्ने व्यक्ति गरिब हो भने आर्थिक तथा सामाजिक कारणबाट कसैले भोग्नु परेका कष्टप्रद जीवनशैली गरिबी हो । मान्छेलाई बाँच्नका लागि आवश्यक पर्ने जग्गा, जमिन, पेसा, ज्ञान, सिप आदि जस्ता स्रोत, साधनहरूको न्यूनता र अनुपयुक्त संयोजन नै गरिबी हो, जुन सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक र कुशासनको उपज हो ।
प्रदेश लोक सेवा आयोग बागमती प्रदेशको वार्षिक प्रतिवेदन सम्बन्धमा प्रदेश सभामा कुनै पनि छलफल हुने गरेको छैन । प्रदेश लोक सेवा आयोग ऐन, २०७६ ले आयोगको वार्षिक प्रतिवेदन प्रदेश सभामा पेस गर्नुपर्ने व्यवस्था गरेको छ । तथापि, आयोग स्थापनाकालदेखि नै आयोगको वार्षिक प्रतिवेदनमाथि प्रदेश सभामा छलफल हुने गरेको छैन ।
उखुको मूल्य तय नहुन्जेल चिनी उद्योग सञ्चालन नगरिदिन किसानले आग्रह गरेपछि देशकै ठुला दुई चिनी उद्योगले उखु क्रसिङ रोकेका छन् । सर्लाहीको इन्दुशङ्कर चिनी उद्योग हरिवन र महोत्तरीको एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिज रामनगरले तत्कालका लागि उखु क्रसिङ कार्य स्थगित गरेका हुन् । दुवै चिनी उद्योगले सोमबारबाट उखु क्रसिङ (पेल्ने) काम सुरु गर्ने तयारी गरेका थिए । नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले उखुको मूल्य निर्धारण नभएसम्म मिल सञ्चालन नगरिदिन आग्रह गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार सर्लाही, महोत्तरी र रौतहटका अगुवा उखु किसानको हरिवनमा आइतबार बैठक नै बसेर मूल्य तय नभएसम्म चिनी उद्योग सञ्चालन हुन नदिने निर्णय गरिएको छ ।