समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित दनुवार भाषा
सङ्घीय संसद्को महासचिवमा पद्मप्रसाद पाण्डेय सिफारिस हुनुभएको छ । सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको परामर्शमा पाण्डेयलाई महासचिव नियुक्तिका लागि सिफारिस गरिएको हो । संवैधानिक व्यवस्था अनुसार महासचिवको नियुक्ति राष्ट्रपतिबाट हुने व्यवस्था छ ।
बुद्धको अस्तुधातु रहेको नवलपरासी (पश्चिम) रामग्राम स्तुपमा सोमबार साँझ विश्व शान्तिको कामना गर्दै एक हजार ११२ शान्तिदीप क्यान्डिल र सात हजार दीप प्रज्वलन गरिएको छ । संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले शान्दीप क्यान्डिल र दीप प्रज्वलनको उद्घाटन गर्नुभयो ।
विराटनगरस्थित मेट्रो न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भए भनिएका इनरुवा–३ का ४५ वर्षका प्रताप सदा मुसहर जीवित पाइएको विषयलाई लिएर सो अस्पतालका तर्फबाट सदाको मृत्यु भएको घोषणा नगरिएको दाबी अस्पतालले गरेको छ । बरु उपचार नगर्ने भनी बिरामीको परिवारबाट कागजातमा सही गरेर लगेको पनि अस्पतालले जनाएको छ ।
अस्ट्रेलिया सरकारले आउँदो दुई वर्षभित्र आफूले स्वीकार गर्ने विदेशी आप्रवासीको सङ्ख्या आधा घटाउने जनाएको छ।
पाख्रिबास नगरपालिका–५ पञ्चेमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते हुनु भएको छ ।
काठमाडौँ महानगरपालिकाले केही स्थानका सामुदायिक कुकुरमा ‘डिस्टेम्पर’ रोग देखा परेकाले सचेत रहन आग्रह गरेको छ ।
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको समर्थनले एमालेको मनोबल र आत्मविश्वास उच्च भएको बताउनुभएको छ । झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्पयात्राको क्रममा सोमबार साँझ दोलखाको चरिकोटमा आयोजित सभालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले पर्यटकीय क्षेत्रको बिकासका लागि केही कानुनी अड्चन रहेकाले संशोधन गरिने बताउनुभएको छ ।
नेपालबाट वार्षिक १२ अर्ब मूल्य बराबरको हस्तकला विदेश निर्यात हुने गरेको छ । नेपाल हस्तकला महासङ्घले २० औँ हस्तकला व्यापार मेला तथा १८ औँ हस्तकला प्रतियोगिताबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपालबाट ६० भन्दा बढी देशमा सो मूल्य बराबरको हस्तकला विदेश निर्यात हुने गरेको जानकारी दिइयो ।
इलामको रोङ गाउँपालिकाले सामुदायिक विद्यालयका शिक्षकका लागि प्रविधि कक्षा लिन अनिवार्य गरेको छ । प्रविधिको सिकाइ नहुँदा विद्यार्थीले पनि प्रविधि सिक्न नपाएको भन्दै गाउँपालिकाले पहिला शिक्षकलाई प्रविधिमा दक्ष बनाउन पहल थालेको हो ।
सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको एक हजार ६३ मेगावाटको अप्पर अरुण आयोजनाको पहुँचमार्ग निर्माणका लागि दुई हजारभन्दा बढी रुख कटान गरिने भएको छ ।
नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले वर्तमान गठबन्धन सरकार राष्ट्रिय एकता र सुशासन कायम राख्न सफल भएको बताउनुभएको छ ।
कोशी प्रदेश सभाको आजको बैठकमा ‘प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक, २०८०’ सर्वसम्मतिले पारित भएको छ ।
बैङ्किङ कसुर मुद्दामा फरार रहेका दुई जना पक्राउ परेका छन् ।