• १२ साउन २०८१, शनिबार

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु, सहचालक घाइते

blog

दुर्घटनामा परेको ट्याक्टर

कोकिला भण्डारी

धनकुटा, मंसिर २५ गते । पाख्रिबास नगरपालिका–५ पञ्चेमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते हुनु भएको छ ।

छथरजोरपाटी गाउँपालिका स्थित सिधुवावाट भोजपुर जाँदै गरेको प्र–१ ०२–००३ च १६६३ नम्बरको ट्याक्टर राती करिब ८ बजे पञ्चेभीरमा दुर्घटना हुँदा ट्याक्टर चालक तेह्रथुमको छथर गाउँपालिका–१ का २८ वर्षीय दुर्गाबहादुर विकको उपचारकालागि अस्पताल लगिएको थियो ।  

दुर्घटनामा गम्भीर घाइते भएका चालक विक र सहचालक धनकुटाको छथर जोरपाटी गाउँपालिका–६ का १९ वर्षीय निर्मल कटुवाललाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल ल्याइएको थियो । अस्पतालमा चालक विकलाई डाक्टरले मृत घोषित गरेको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी राजबाबु महर्जनले जानकारी दिनुभयो ।

गम्भीर घाइते सहचालक कटुवालको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । अनियन्त्रित भएर ट्याक्टर सडकबाट करिब दुई सय मिटर तल खसेको धनकुटाका ट्राफिक प्रहरी दिपक खड्काले जानकारी दिनुभयो ।