मङ्सिर १७ गते दिउँसो । पारिलो घाममा एक जना आमा टोलाएर केही खोजिरहेको जस्तो देखिनुहुन्थ्यो । सडकदेखि करिब दस मिनेटको उकालो उक्लिएर एउटा टिम उहाँको नजिक पुग्यो । भूकम्पको ठिक एक महिनापछि प्रभावितको अवस्था, राहत र पुनस्र्थापनाको स्थिति तथा भूकम्प प्रभावित क्षेत्रमा आमसञ्चार र दूरसञ्चार अवस्थाको जानकारी लिन सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासहित पत्रकारको टोली त्यहाँ पुगेको थियो ।
भारतको मध्य प्रदेश, राजस्थान, छत्तिसगढ र तेलङ्गानामा हालै सम्पन्न प्रादेशिक सभाहरूको निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टीले सफलता हासिल गरेको छ । यस पार्टीले मध्य प्रदेश जस्ता ठुला राज्यलाई पुनः आफ्नो नियन्त्रणमा राख्न सफल भएको छ भने राजस्थान र छत्तिसगढ राज्यमा समेत आफ्नो नेतृत्वको सरकार बनाउने भएको छ । उपरोक्त दुई राज्यमा यसअघि भारतीय राष्ट्रिय कङ्ग्रेसको सरकार थियो । दक्षिणी भारतको राज्य तेलङ्गानामा कङ्ग्रेसले सरकार बनाउन सफलता हासिल गरेको छ तर हिन्दी हर्ट ल्यान्ड मानिएको मध्य प्रदेश, राजस्थान र छत्तिसगढमा उसले आफ्नो नियन्त्रण कायम राख्न नसक्नुले आउँदो लोक सभा निर्वाचनमा दूरगामी प्रभाव पार्ने छ ।
बाराको कलैया उपमहानगरपालिका–१६ मझौलियाकी २० वर्षीया मिन्कुदेवी रामले तीन सन्तानलाई जन्म दिनुभएको छ । वीरगञ्जको विर्तास्थित श्रीराम अस्पतालमा उहाँले शल्यक्रियामार्फत गत आइतबार दुई छोरा र एक छोरीलाई जन्म दिनुभएको हो ।
राष्ट्रिय सडक सञ्जालको पहुँच नपुगेको हुम्लाको नाम्खा गाउँपालिकामा विकास निर्माणमा अनेकन चुनौती छन् । थुप्रै अप्ठ्याराबिच पर्यटन प्रवर्धनमार्फत नाम्खाको समृद्धिको सपना भने सजाउनुभएको छ, अध्यक्ष प्रेमबहादुर लामाले । सीमित स्रोतसाधनले दुर्गम ठाउँको विकास त्यति सजिलो छैन । विकास पूर्वाधारका रूपमा सडक पहुँच नहुनु अझ ठुलो समस्याका रूपमा रहेको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का तर्फबाट नाम्खाको दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित लामासँग विकास निर्माणसँग सम्बन्धित रहेर कुराकानी गरिएको छ । प्रस्तुत छ, अध्यक्ष लामासँग गोरखापत्र दैनिकका हुम्ला समाचारदाता राजन रावतले गर्नुभएको कुराकानी :
दैवज्ञराज न्यौपाने स्मृति प्रतिष्ठानबाट हरेक वर्ष समर्पण गरिने सम्मान तथा पुरस्कार २०८० सालमा सम्मानित हुने साहित्यकार र संस्थाहरूको नाम घोषणा गरिएको छ । दैवज्ञ विशिष्ट स्रष्टा सम्मान १०३ वर्षीय काव्यसाधक गोपाल वैद्य ‘किञ्जल्क’ पोखरा, दैवज्ञ साहित्य पुरस्कार वरिष्ठ कवि गोविन्दराज ‘विनोदी’ गैँडाकोट, दैवज्ञ बालसाहित्य पुरस्कार वरिष्ठ कवि तथा बालसाहित्य स्रष्टा रामबाबु सुवेदी, हंसपुर–४, कास्की र दैवज्ञ समाज सेवा पुरस्कार अली मियाँ लोकवाङ्मय प्रतिष्ठान, कास्कीलाई प्रदान गर्ने घोषणा गरिएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज मङ्गलवार नवलपरासीको रामग्राम आउँदै हुनुहुन्छ ।
मिस नेपाल वर्ल्ड –२०२२ प्रियङ्का रानी जोशीले चितवनको दुर्गम इच्छाकामना गाउँपालिकास्थित उपरदाङगढीमा सामुदायिक भवन निर्माण गरेर समुदायलाई हस्तान्तरण गर्नुभएको छ । आगामी विश्व सुन्दरी प्रतियोगिताको महत्वपूर्ण विधा ‘ब्युटी विथ पर्पस’ का लागि जोशीले सहयोगी हात अघि बढाउनुभएको हो । उहाँले विद्यालयको मर्मत र स्थानीयलाई उद्यमशीलताका सिप पनि बाँड्नुभयो । कुल ८० घर रहेको गाउँका १६ घर होमस्टेका लागि प्रयोगमा छन् ।
वैशाखमा आयोजना गर्ने तयारी गरिएको अन्तर्राष्ट्रिय लगानी सम्मेलनअघि नै मुलुकको सार्वभौम साख मूल्याङ्कन ‘कन्ट्री रेटिङ’ गर्ने तयारी सरकारले गरेको छ । लगानी सम्मेलनका सम्बन्धमा विकास साझेदारसँग छलफलका लागि अर्थ मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले लगानी सम्मेलनअघि नै ‘कन्ट्री रेटिङ’को काम सक्ने जानकारी दिनुभएको हो । सरकारले वैशाख ९ र १० गते लगानी सम्मेलन आयोजना गर्दै छ ।
वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न कठिन छ । वैदेशिक रोजगारीमा जाने अधिकांश युवा घरगाउँकै दाजुभाइ दिदीबाहिनी, आफन्त र सहरका वैदेशिक रोजगार व्यवसायी कम्पनी, ट्राभल एजेन्सी, एजुकेसन कन्सल्टेन्सीलगायतबाट ठगिने गरेका छन् । यसरी ठगीमा पर्ने सबैको तथ्याङ्क भेटिँदैन ।
प्रयोगकर्ता (पर्यटक) को आवश्यकता पहिचान र बजार सर्वेक्षण प्रतिवेदनले काठमाडौँमा स्मार्ट पर्यटन सम्भव रहेको देखाएको छ । महानगरपालिकाको स्वर्णिम योजना ‘पर्यटकीय सहर’ अन्तर्गत भएको मार्केट रिसर्च फर एआर (अग्मेन्टेड रियालिटी), भिआर (भर्चुअल रियालिटी), क्युआर (क्विक रेस्पोन्स) फर टुरिजम एप्लिकेसनको प्रारम्भिक प्रतिवेदनमा यस्तो देखाइएको हो ।
गत कात्तिक १७ गते राति जाजरकोट रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पुर्याएको रुकुम पश्चिममा २५ हजार लाभग्राहीको सङ्ख्या यकिन भएको छ । जिल्लाका छवटै पालिकामा ती लाभग्राहीको सङ्ख्या यकिन भएको हो । प्रभावित क्षेत्रमा क्षतिको विवरण सङ्कलन गरेर २५ हजार लाभग्राहीको प्रहरी लागत तयार भएको र केही स्थानीय तहमा अझै सङ्कलनको काम जारी रहेको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिनुभयो ।
प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले करिब दुई सय नेपाली रुसी सेनामा भर्ती भएको प्रारम्भिक जानकारी प्राप्त भएको बताउनुभएको छ । प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारीको सोमबार आयोजित तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उहाँले त्यसबारे तथ्याङ्क सङ्कलन हुँदै गरेको पनि जानकारी दिनुभयो । उहाँले रुसी मात्र नभई युक्रेनको सेनामा पनि नेपाली रहेको जानकारी पाएको बताउनुभयो ।
गण्डकी, मङ्सिर २६ गते । “विश्वव्यापी ताममान वृद्धिले हिमालका हिउँ पग्लँदै गए माउण्टेन क्लाइम्बिङ कुनै दिन रक क्लाइम्बिङमा फेरिन सक्छ”, विश्व वन्यजन्तु कोषका नेपाल प्रमुख एवं संरक्षणविद् डा घनश्याम गुरुङले भन्नुभयो, “जलवायु परिवर्तनको असर न्यूनीकरणका उपाय अपनाउनु र यससँग अनुकूलन हुनुको विकल्प हामीसँग छैन ।”पोखरामा जारी अन्तर्राष्ट्रिय पर्वतीय महोत्सवका अवसरमा सोमबार आयोजित ‘हिमाल किन कालो हुँदैछ ? के यो परिवर्तन हाम्रो जीवनसँग सम्बन्धित छ रु’ शीर्षकमा भएको समूहगत छलफलमा उहाँले पृथ्वीको बढ्दो तापमानलाई रोक्न स्वच्छ ऊर्जाको प्रयोग बढाउनुपर्ने बताउनुभयो । संरक्षणविद् गुरुङले अहिलेकै गतिमा हिउँ पग्लँदै गए आउँदा केही वर्षभित्रैमा हिमालहरू कालापत्थरमा परिणत हुने उल्लेख गर्नुभयो ।पृथ्वीको तापक्रम वृद्धि र धुवाँधुलोका कारण हिमाल पग्लिरहेको उहाँको भनाइ छ । संरक्षणविद् गुरुङले कार्बन उत्सर्जनमा नेपालको योगदान नभए पनि जलवायु परिवर्तनको विश्वव्यापी असरबाट बच्न स्थानीय तवरबाटै योजना बनाउनुपर्ने धारणा राख्नुभयो । “जलवायु परिर्तनमा विकसित देशको मात्र दोष छ, नेपालको केही भूमिका छैन भनेर हामी चुप लागेर बस्नु हुँदैन”, उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय समुदायमा आवाज उठाउन पनि हामीसँग नैतिक धरातल चाहिन्छ ।”कार्यक्रमका अर्का वक्ता जीविकोपार्जन तथा बसाइँसराइविद् डा अमिना महर्जनले जलवायु परिवर्तनले नेपालमा मात्र नभएर सिङ्गो हिन्दूकुश क्षेत्रकै हिमाल सुक्खा बन्दै गएको बताउनुभयो । “जलवायु परिवर्तनले पर्यावरण, कृषि, पर्यटन, स्वास्थ्यलगायत यावत क्षेत्रमा प्रत्यक्ष÷अप्रत्यक्ष असर पुर्याइरहेको छ”, उहाँले भन्नुभयो, “जलवायु परिवर्तनको प्रभाव अझ बढ्दै जान्छ, घट्दैन तसर्थ यससँग अनुकूलन हुनुबाहेक अर्को विकल्प छैन ।”पृथ्वीको तापमान वृद्धि हुँदै जानुमा नेपालको कुनै भूमिका नभए पनि यसको परिणाम भने भोग्नुपरिरहेको उहाँले बताउनुभयो । केही महिनाअघि मुस्ताङको कागबेनीमा आएको बाढी, सन् २०१२ मा हिमपहिरोका कारण सेती नदीमा आएको बाढी त्यसकै उदाहरण भएको उहाँले बताउनुभयो । “जलवायु परिवर्तनका कारण स्वास्थ्य क्षेत्रमा परेको प्रभावबारे कम बहस हुने गरेको छ, खासै अनुसन्धान पनि भएको छैन”, डा महर्जनले भन्नुभयो, “नयाँ–नयाँ जनस्वास्थ्यका समस्या निम्तिरहेका छन्, रोग विस्तार भएका छन् ।” उहाँले जलवायु अनुकूलन योजनाका लागि सरकार र अन्तर्राष्ट्रिय क्षेत्रबाट न्यूनमात्र मद्दत आउने गरेको उल्लेख गर्नुभयो । “जति प्रयास स्थानीय समुदायबाट भएको छ, सरकारबाट त्यति हुनसकेको छैन, ‘लस एण्ड ड्यामेज फण्ड’का लागि पनि सरकारले अन्तर्राष्ट्रियस्तरमा आवाज उठाउनुपर्छ ।”छलफलमा भाग लिँदै वरिष्ठ पत्रकार कुन्द दीक्षितले जलवायु परिवर्तनलाई अब जलवायु सङ्कट भन्नुपर्ने बेला आएको बताउनुभयो । उहाँले जलवायु परिवर्तनलाई वातावरणीय समस्याका रूपमा मात्र नहेरेर अर्थ–राजनीतिक पाटोबाट पनि हेर्नुपर्ने धारणा राख्नुभयो । “पृथ्वीको तापमान वृद्धि भइरहेको छ, अबको केही दशकमा हाम्रा हिमालहरू हिमालजस्तै नरहन सक्छन्, त्यसबाट पानीको सङ्कट उत्पन्न हुन्छ”, उहाँले भन्नुभयो, “पानीमा आधारित कृषि र जनजीवनमा ठूलो असर पर्छ ।”हिमालबाट हिउँ रित्तिए नदी र पानीको स्रोत सुक्ने उहाँले बताउनुभयो । नेपालले खनिज तेलको खपत घटाएर स्वच्छ ऊर्जाको प्रयोगलाई बढाउनुपर्ने उहाँले सुझाव छ । पत्रकार दीक्षितले पेट्रोलियम पदार्थको सट्टा जलविद्युत् र नवीकरणीय ऊर्जाको प्रयोगलाई राज्यले प्रोत्साहित गर्नुपर्ने धारणा राख्नुभयो । “नेपालमा उत्पादन हुने बिजुली स्वदेशमै खपत गर्न विद्युतीय सवारीसाधन चलाउनदेखि भान्छामा पनि विद्युतीय उपकरणको प्रयोगलाई बढाउनु आवश्यक छ”, पत्रकार दीक्षितले भन्नुभयो, “पृथ्वीको तापक्रम बढ्नुमा खनिज तेलको प्रमुख हात छ, यसको सट्टा अब स्वच्छ ऊर्जा प्रयोग गर्नुपर्छ ।” उहाँले नेपालको कुल आयातको २५ प्रतिशत पेट्रोलियम पदार्थले ओगट्ने गरेको बताउनुभयो ।जलवायु परिवर्तन र खाद्य सुरक्षामा अनुसन्धानरत डा जगन्नाथ अधिकारीले हिमालको सम्बन्ध नेपाली संस्कृतिसँग पनि जोडिएको बताउनुभयो । “बिहानै हिमाल हेर्यो भने दिन पवित्र हुन्छ भन्ने मान्यता छ, विभिन्न देवीदेवताका नामबाट पनि हिमाललाई पुकारिन्छ”, उहाँले भन्नुभयो, “हिमालय क्षेत्र मानिसको जनजीवन र संस्कृतिसँग प्रत्यक्ष जोडिएको छ, हिउँ नरहे हाम्रा सांस्कृतिक परम्परा पनि हराउन सक्छन् ।” हिउँ पग्लँदै गएपछि पोखराबाट देखिने हिमालको सुन्दरता पनि विस्तारै खस्कँदै गएको डा अधिकारीले बताउनुभयो । हावापानीमा आएको परिवर्तनका कारण कृषि उत्पादन कम हुने, बालीनालीमा रोग कीराले सताउनेजस्ता समस्या बढिरहेको उहाँले बताउनुभयो । “कृषि उत्पादन घट्दा खाद्य सुरक्षामा पनि असर पुग्छ, मुस्ताङ, मनाङजस्ता हिमाली जिल्लामा त हिउँ नपरेसम्म खेती बाली नै हुँदैन”, डा अधिकारीले भन्नुभयो, “प्राकृतिक विपद्को पनि उस्तै जोखिम छ, जलवायु परिर्वतनका बहुअसर छन् ।” उहाँले जलवायु परिवर्तनसँग जुध्न नेपालले अन्तर्राष्ट्रिय सहयोग जुटाउनुपर्ने धारणा राख्नुभयो ।
एघार वर्षको अन्तरालमा २२ जनाको ज्यान लिएको मत्ता हात्ती धुर्बेका दुवै दाह्रा काटिएका छन् । पछिल्लो पटक चितवन राष्ट्रिय निकुञ्जको सीमा क्षेत्रमा आतङ्क मच्चाउँदै आएको धुर्बेलाई निकुञ्जकै पश्चिमी क्षेत्रमा पर्ने सुखीभार पोस्ट नजिकै नियन्त्रणमा लिएर दोस्रो पटक दाह्रा काटिएको हो । यसअघि दुई वर्षअघि यसको दाह्रा काटिएको थियो ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित गुरुङ भाषा