• २१ वैशाख २०८१, शुक्रबार

दैवज्ञराज न्यौपाने स्मृति प्रतिष्ठानको सम्मान तथा पुरस्कार कार्यक्रम शनिबार

blog

काठमाडौँ, मङ्सिर २६ गते । दैवज्ञराज न्यौपाने स्मृति प्रतिष्ठानबाट हरेक वर्ष समर्पण गरिने सम्मान तथा पुरस्कार २०८० सालमा सम्मानित हुने साहित्यकार र संस्थाहरूको नाम घोषणा गरिएको छ ।

दैवज्ञ विशिष्ट स्रष्टा सम्मान १०३ वर्षीय काव्यसाधक गोपाल वैद्य ‘किञ्जल्क’ पोखरा, दैवज्ञ साहित्य पुरस्कार वरिष्ठ कवि गोविन्दराज ‘विनोदी’ गैँडाकोट, दैवज्ञ बालसाहित्य पुरस्कार वरिष्ठ कवि तथा बालसाहित्य स्रष्टा रामबाबु सुवेदी, हंसपुर–४, कास्की र दैवज्ञ समाज सेवा पुरस्कार अली मियाँ लोकवाङ्मय प्रतिष्ठान, कास्कीलाई प्रदान गर्ने घोषणा गरिएको हो ।

कीर्तिशेष स्रष्टा प्रेरणा पुरुष कवि दैवज्ञको ८२ औँ जन्मजयन्तीको अवसर पारेर यही शनिबार पोखरामा एक कार्यक्रम आयोजना गरी उक्त सम्मान र पुरस्कार समर्पण गरिने सो प्रतिष्ठानले जनाएको छ । सम्मानित व्यक्तित्वलाई ५५ हजार ५५५ रुपियाँ तथा पुरस्कृत व्यक्तित्व तथा संस्थालाई जनही ३३ हजार ३३३ रुपियाँ अर्पण गरिने छ ।