गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अधिकार र कानुन नहुँदा चाहेर पनि काम गर्न नसकिएको बताउनुभएको छ ।
जिल्लामा यस वर्ष विभिन्न जातको बिउ उत्पादन गर्न लागिएको छ। राजमा, सिमी, बोडी र मूलाका विभिन्न जातको बिऊ उत्पादन गर्न थालिएको हो।
सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवाले सुदूरपश्चिम प्रदेशलाई चिनाउन नवजीवन सहकारी संस्थाले महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ । नवजीवन सहकारी जस्ता धेरै संस्था भए सरकार समेत बलियो हुने उहाँले बताउनुभयो ।
मकवानपुरको बकैया गाउँपालिका-११ स्थित सिमलट्वाकबाट प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
बाँके जिल्लाका भूमिहीन र सुकुम्वासीलाई जग्गाको लालपुर्जा वितरण गर्नका लागि अहिले विभिन्न पालिकामा निस्सा वितरण कार्य सुरु गरिएको छ। सो क्रममा जिल्लाको जानकी गाउँपालिका वडा नम्बर ६ मा ३५० जना भूमिहीन र सुकुम्वासीलाई जग्गाको निस्सा वितरण गरिएको हो। निस्सा पाएपछि लालपुर्जा पाउने बाटो खुल्ने गरेको छ।
दुर्लभ वन्यजन्तुको प्रमुख बास स्थानकोरुपमा रहेको चितवन राष्ट्रिय निकुञ्जमा कार्यक्षेत्र (फिल्ड)मा खटिने कर्मचारी अभाव हुँदा संरक्षणमा समस्या देखिएको छ । फिल्डमा खटिने जनशक्ति दरबन्दी भन्दा आधा कम छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को बृहत् आमसभा कैलालीको घोडाघोडी नगरपालिका १० पहलमानपुरमा भएको छ ।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा नागरिकता प्रमाणपत्र बनाउनेको भिड बढ्दै गएको छ।
इरानी अधिकारीहरूले गत अप्रिलमा एक शक्तिशाली धर्मगुरुको हत्या गरेको अभियोगमा एक व्यक्तिलाई मृत्युदण्ड दिएको छ ।
झापाको मेचीनगर नगरपालिकाले तीन पाङग्रे (ई-रिक्सा) दर्ता सहित ‘रुट परमिट’ जारी गर्ने भएको छ। मेचीनगर नगरपालिकाको ई–रिक्सा व्यवस्थापन कार्यविधि, २०७९ बमोजिम नगर क्षेत्रभित्र रुट र सङ्ख्या तोकेर ई–रिक्सा दर्ता गर्ने भएको हो।
अन्नपूर्ण प्रथम हिमाल आरोहणका हिसाबले विश्वको जेठो मानिन्छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४मा पर्ने यो हिमाल आठ हजार मिटरभन्दा अग्ला हिमालहरुमध्ये मानव पाइला परेको पहिलो हो ।
बङ्गलादेशको राजधानी ढाकाको बाहिरी भागस्थित गाजापुरीमा बुधबार रेल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
पूर्व-पश्चिम राजमार्ग चौडा गर्ने क्रममा शुक्लाफाँटा नगरपालिका क्षेत्रका बिजुलीका खम्बा व्यवस्थापन नगर्दा दुर्घटनाको उच्च जोखिम बढेको छ । राजमार्गको झलारी बजार क्षेत्रमै राखिएको दुई सय केभिएको ट्रान्सफर्मर जमिनभन्दा दुई फिट मात्रै माथि रहेको छ ।
पोखराको सिर्जनाचोकमा रहेको नैना दोहोरी साँझमा आगलागी भएको छ । आगलागीले करिब ६० लाखको क्षति भएको बताइएको छ ।
सहकारी संस्थालाई सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले सुदूरपश्चिम प्रदेशलाई चिनाउन नवजीवन सहकारी संस्थाले महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ ।