राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । उहाँलाई आज विहान संसदीय सुनुवाई समितिले सो पदका लागि सफारिस गरेको थियो ।
सरकारले लिङ्ग पहिचान गरि भ्रुण हत्या गर्ने वातवरणको अन्त्य गर्न सबै सरकारी तथा सामुदायिक स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ ।
जिल्ला प्रहरी कार्यालय इलामले बिना लाईसेन्स अटो चलाउने चालकलाई नियन्त्रणमा लिएको छ ।
सुदूरपश्चिम प्रदेश कञ्चनपुर जिल्लाको महेन्द्रनगरस्थित गड्डाचौकी नाकाबाट बाजुराका पाँच बालिका सहित एक जना महिलाको उद्धार गरिएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौंम महानगरपालिका प्रमुख बालेन्द्र साहलाई लिखित स्पष्टीकरण सोधेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नयाँ पुस्तालाई नेपालको कला, संस्कृति र मौलिकताबारे बुझाउनु अनिवार्य भएको बताउनुभएको छ।
भारतको अयोध्यादेखि देवघाट तीर्थयात्रामा आएका एक यात्रीको नदीमा स्नान गर्ने क्रममा डुबेर मृत्यु भएको छ ।
प्रेमराज सिम्खडाकालीकोट, असार १ गते । कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत, जुम्ला सडकमा लगाइएको फलामे सेफ्टी बार भाँचिएको छ । भीरको सडकमा लगाइएको सेफ्टी बार केही ठाउँमा पहिरोले भाँचिएको छ भने अन्य ठाउँको ग्रामीण सडक निमार्ण गर्दा आएको पहिरो र ढुङ्गाले भाँचेर जीर्ण बनेका छन् । एक दशकअघि विश्व बैंकको सहयोगमा सडक विभागद्वारा निर्माण गरिएका सेफ्टी बार जीर्ण हुँदा सडक असुरक्षित बनेको छ । स्थानीय तहले खनेका सडकले गर्दा राजमार्गको सेप्टीबार कतै भाँचिने कतै थिचिएर जीर्ण भएको हो । साँघुरो र अप्ठेरो सडकको सेफ्टी बारले सुरक्षित महसुस हुन्थ्यो । तर बार केही ठाउँमा भत्केको र केही ठाउँमा खिया लाग्दा कर्णाली राजमार्गको सडक यात्रा अहिले थप असुरक्षित बनेको छ । सेप्टीबार भाँचिएको ठाउँमा यात्रुले असुरक्षाको महसुस गरिरहेका छन् । गाडी चालक उपेन्द्र धितालले केही ठाउँको भाँचियो, केही ठाउँको खिया लागेर जीर्ण बन्यो । सेफ्टी बार नहुँदा भीरको खण्डमा गाडी चलाउन डरलाग्ने गरेको सुनाउनुभयो । कर्णाली राजमार्गको सुर्खेत जुम्ला सडक खण्डको अधिकांश भीर भएको ठाउँमा लगाइएको सेफ्टी बारले पहिले चालक र यात्रु सबैलाई सुरक्षित रहेको महसुस गराएको भएपनि पछिल्लो समय त्यो बार भत्केका कारणले कर्णाली राजामार्गको सडक असुरक्षित बनेको यातायात व्यवसायीको समेत गुनासो छ । कर्णाली राजमार्गमा फलामे सेफ्टी बार र सडक पर्खाल बनाएपछि दुर्घटनामा पनि कमी आएको जिल्ला प्रहरी कार्यालय कालीकोटको तथ्याङ्क छ । प्रहरी प्रमुख जयश्वर रिमालले एक दशक अघिसम्म महिनैपिच्छे दुर्घटना हुने राजमार्गमा सेफ्टी बार र साइड पर्खाल बनेपछि फाटफुट मात्र दुर्घटना भएको सुनाउनुभयो । प्रहरी प्रमुख रिमालले यो सेफ्टीबार दुर्घटना रोक्ने राम्रो माध्यम बनेकाले पुन मर्मत गर्नु पर्ने सुनाउनुभयो । कर्णाली राजमार्गमा ठूला र बढी दुर्घटना भएका दैलेखको किटु भीर, कालीकोटको बिर्तामोड, टिमुरे, ताडी भीर, बिहानी, हुल्म जीते, सुर्खेतको कल्याण र जुम्लाको गाडगडेनीमा फलामे सेफ्टी बार हालिएको थियो । तर अधिकांश ठाउँका बार वर्षाको पहिरो र माथिबाट खसेको ढुङ्गाले भाँचिएका छन । कर्णाली राजमार्गको डरलाग्दो ठाउँमा सेफ्टीबार लगाइएपछि कर्णाली राजमार्ग हुँदै रारा जाने आन्तरिक पर्यटकले पनि सुरक्षित महसुस गर्ने गरेका थिए । कोशी प्रदेशको दमकवाट रारा घुम्न आउनुभएका नगेन्द्रप्रसाद आचार्यले कर्णाली राजमार्गको सडक छेउमा लगाएको फलामे सेफ्टीबारले यात्रुलाई सुरक्षित छौं भनेर महसुस गराएको सुनाउनुभयो । उहाँले भत्केका ठाउँमा तत्काल मर्मत गर्नुपर्ने माग समेत गर्नुभयो । सुर्खेत दैलेखका विभिन्न भिर क्षेत्रसँगै कालीकोट जिल्लाको दैखोला, छाती भीर, कालेखोला, जीते, हुल्मभीर, सेरिघाट, ताडी भीर, गल्ली, मौलाकाटिया, बिहानी, छारेगाड, सिम्लागाड, पिली, सेरावाडा, विर्तामाेड, चौखोला, टाकुल्ला, टिमुरे, जाल्जे, खल्लागाड, जुम्लाको रारालिही, कुडारीलगायतका ठाउँका फलामे बार जीर्ण छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जातिहरुलाई फुटाएर राष्ट्रको हित नहुने बताउनुभएको छ । भूमे पर्वको अवसरमा नेपाल मगर संंघद्वारा खुल्लामञ्चमा आयोजित सभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो ।
सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटसार्वजनिक गरेको छ। आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले प्रदेश सभा बैठकमा बजेट सार्वजनिक गर्नुभएको हो।
मधेश प्रदेशका अर्थमन्त्री सञ्जयकुमार यादवले प्रदेश सभाको बैठकमा अपरान्ह ५ बजे बजेट प्रस्तुत गर्नुहुने समय निर्धारण भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूको सरुवा गरेको छ ।
अमेरिकी प्रतिनिधि अमी बेराले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आगामी साता हुने अमेरिका भ्रमण अमेरिका र भारतबीचको व्यापारिक सम्बन्धका लागि काम गर्ने अवसर हुने बताउनुभएको छ ।
नागरिकतासम्बन्धी विधेयक कार्यान्वन नगराउन सर्वोच्चले दिएको अन्तरिम आदेशप्रति सरकारले चासो लिनुपर्ने भन्दै नेपाली कांग्रेसका समर्थित भातृसंगठनका युवाहरुले जिल्ला प्रशासन कार्यालय सप्तरीमार्फत सरकारलाई कार्यान्वयनको अनुरोध गर्दै ज्ञापनपत्र बुझाएका छन् ।
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक पार्टी र नेताहरु नसच्चिएसम्म देश विकास सम्भव नरहेको बताउनुभएको छ।