• १३ मंसिर २०८१, बिहिबार

राप्रपाकाे बृहत् आमसभा कैलालीमा

blog

बुधबार कैलालीको पहलमानपुरमा आयोजित राप्रपाको आमसभा । तस्बिर : चाँदनी आचार्य

चाँदनी आचार्य
घोडाघोडी (कैलाली), मङ्सिर २७ गते ।
 राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को बृहत् आमसभा कैलालीको घोडाघोडी नगरपालिका १० पहलमानपुरमा भएको छ । आमसभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री डा. धवलशमसेर राणा, पार्टी प्रवक्ता ज्ञानेन्द्र शाहीलगायत केन्द्रीय नेताहरूले सम्बोधन गर्नुभएको छ ।

आमसभालाई सम्बोधन गर्नुहुँदै नेताहरूले व्यवस्था र अवस्था परिवर्तन नहुँदा जनताले दुःख पाएको बताउनुभयो । उहाँहरूले प्रदेश सरकारको काम नरहेको उल्लेख गर्नुहुँदै विदेशबाट ऋण  ल्याएर शासकलाई पोस्ने काम भएको उल्लेख गर्नुभयो ।

वर्तमान नेतृत्वले व्यवस्था चलाउन नसक्ने उल्लेख गर्नुहुँदै परिवर्तनका लागि जनता जाग्नुपर्ने नेताहरूले उल्लेख गरेका छन् । संवैधानिक राजाका पक्षमा नेताहरूले बोलेका छन् । व्यवस्था र अवस्था परिवर्तनका लागि राप्रपाले देशव्यापी आमसभा कार्यक्रम गर्ने जनाएको छ ।