स्विस सरकारको साना सिँचाइ आयोजना अन्तर्गत सङ्घ, प्रदेश, स्थानीय सरकार र उपभोक्ता समितिको लागत साझेदारीमा सम्पन्न कुलोको नेपालका लागि स्विट्जरल्यान्डका राजदूत डेनियल म्युली र सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले संयुक्त रूपमा उद्घाटन गर्नुभएको छ ।
नवलपुरका मौरीपालक किसान यतिबेला मह काढ्न व्यस्त छन् । हिउँदयामको मह काढ्ने समय अहिले चलिरहेको छ । यस यामको मह काढ्ने समय कात्तिकदेखि सुरु हुन्छ । जिल्लाका किसानले अहिले जिल्लाभित्रै चराउन राखिएका घारबाट मह काढ्न सुरु गरेका छन् । नवलपुरका आठ स्थानीय तहमध्ये कावासोती, देवचुली र गैँडाकोटमा मौरीपालन गरिएको छ । तीमध्ये देवचुली नगरपालिकामा मौरीपालन गर्ने किसानको सङ्ख्या धेरै छ । देवचुली नगरपालिका–९ का जस्मती राना अहिले मह काढ्न र बेच्न व्यस्त हुनुहुन्छ । उहाँले यो काम गर्न थाल्नुभएको तीन वर्ष पुगिसक्यो । उहाँले भन्नुभयो, “दुई घारबाट मौरीपालन थालनी गरेका हौँ । अहिले १५ घार पुगेको छ । राम्रो आम्दानी हुँदै गएकाले सन्तुष्ट छौँ । पहिलो वर्ष एक क्विन्टल र दोस्रो वर्ष दुई क्विन्टल मह बिक्री भयो ।” प्रतिकेजी सात सय रुपियाँका दरले मह बेच्ने गरेको रानाले बताउनुभयो ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्को प्रभावकारिता धेरै हदसम्म कर्मचारीको क्षमता र सक्रियतामा निहित हुने बताउनुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वडा अधिवेशन आजदेखि सुरु भएको छ । रास्वपाले पार्टी स्थापनापछि पहिलोपटक वडा अधिवेशन गर्न थालेको हो ।
सर्लाहीको सदरमुकाम मलङ्गवामा यही मङ्सिर १७ गते उद्घाटन भएको यातायात व्यवस्था कार्यालयले बुधबारदेखि सेवाग्राहीलाई सेवा प्रदानगर्न सुरु गरेको छ । कार्यालयले तत्कालका लागि स
खानेपानीको चरम अभाव भोगिरहेका काठमाडौँ उपत्यकावासीका लागि ठुलो लगानी गरेर निर्माण गरिएको राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको पानी नियमित रूपमा वितरण हुन नसक्दा समस्या उस्तै छ । पिउने पानीको उपत्यकामा चरम अभाव छ । सिन्धुपाल्चोकस्थित मेलम्ची खोलालाई अम्बाथानमा बाँध बाँधेर २७.५ कि
जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा नागरिकता प्रमाणपत्र बनाउनेको भिड बढ्दै गएको छ ।सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य र सम्बन्धविच्छेदलगायतका घटनाले नागरिकता बनाउनेको भिड बढेको कार्यालयले जनाएको छ । कार्यालयले नागरिकता बनाउन चार ठाउँमा व्यवस्था गरे पनि भ्याइनभ्याइ भएको कर्मचारीको गुनासो छ ।
केही वर्षअघि नेकपा एमालेले मधेश जागरण कार्यक्रम गर्दा विरोधको सामना गर्नु परेको थियो । यतिखेर एमाले पुनः ‘सङ्कल्प यात्रा’ को नाममा मध्यपहाडी लोकमार्गबाट पश्चिम पूर्व अभियानमा छ । पश्चिमबाट पूर्वतर्फ हेलिनुमा पनि एमालेको आफ्नै बाध्यता छन् । नत्र सामन्यतया पूर्व पश्चिम कार्यक्रम हुनुपर्ने हो । पश्चिम पूर्व वा दक्षिण उत्तर सहज मेलोमेसो होइन । सुन्दै पनि अनौठो लाग्छ । पूर्व पश्चिम सङ्कल्प यात्रा गर्दा पहिलो गाँसमै ढुङ्गा लाग्ला भनेर नै एमालेले चलाखीपूर्वक पश्चिम पूर्व
विभिन्न घटना तथा परिस्थितले बाबु, आमा, परिवारका सदस्य, अभिभावक र संरक्षकको संरक्षकत्व गुमाइ जीवन निर्वाहको सहाराबाट वञ्चित बालबालिका नै बेबारिसे बालबालिका हुन् । अपाङ्गता भएर, अवैधानिक तबरले गर्भधारण भई बच्चा जन्मिएर, अभिभावकले बोझको रूपमा लिएर, मानसिक सन्तुलन गुमाएका सडक आश्रित महिलाबाट बच्चा जन्मिएर पनि बालबालिका बेबारिसे भएका घटना भएका छन् । विभिन्न कानुनले बेबारिसे बालबालिकाको वैकल्पिक हेरचाहको व्यवस्था मिलाउने जिम्मेवारी सम्बन्धित स्थानीय तहको हुने व्यवस्था गरेको छ । यद्यपि यस्ता सबै बालबालिकाको उचित र सही तरिकाले हेरचाहको व्यवस्थापन हुन सकेको छैन ।
इजरायल र हमासबिच जारी युद्धमा सात हजारभन्दा बढी निर्दोष र निहत्था प्यालेस्टिनी बालबालिका मारिएका छन् । उनीहरूको बाँच्न पाउने अधिकार खोसिएको छ । युद्धमा दुई हजारभन्दा बढी बालबालिका घाइते र हजारौँ टुहुरा बनेका छन् । इजरायल सरकारले हमासलाई समाप्त पार्ने भन्दै खाद्यान्न आपूर्ति बन्द गरिदिएर गाजा क्षेत्रमा भीषण कारबाही जारी राखेपछि त्यहाँ चरम मानवीय सङ्कट देखा परेको हो ।
नेपालमा विसं १९१० मा दरबार स्कुलको स्थापना भएपछि औपचारिक शिक्षा र विसं १९१५ मा शिक्षा विभागको स्थापनासँगै शैक्षिक प्रशासनको सुरुवात भयो । विद्यालय खुल्ने क्रम बढ्दै गयो । २००७ सालसम्म मुलुकभर ३२१ वटा स्कुल खुलेका थिए । २००७ सालमा प्रजातन्त्रको बहालीसँगै शिक्षाको विस्तारले तीव्रता लिए पनि त्यसपछिका दुई दशकसम्म मुलुकको शिक्षा प्रणाली तदर्थ रूपमै चल्यो ।
बालिकालाई जबरजस्ती करणी गरेका आरोपमा तनहुँको एक वृद्ध पक्राउ परेका छन् । शुक्ल गण्डकी नगरपालिकाका निवासी ७२ वर्षीय रनबहादुर सारू मगर पक्राउ परेका हुन् ।
बागलुङमा जथाभावी फोहर फाल्दा बडिगाडखोला दुर्गन्धित बनेको छ । बुर्तिबाङ–बोङ्गादोभान सडकको तलपट्टि तमानखोला किनार फोहरको ढङ्गुरले भरिएको छ । दैनिक हजारौँ यात्रु त्यही फोहरको ढङ्गुरमाथिको सडक हुँदै यात्रा गर्छन् । दश नमूना सहरमध्येमा पर्ने बागलुङको बुर्तिबाङ बजारमा बस्ती विस्तारसँगै जनघनत्व बढ्दो छ । यही कारणले दैनिक फोहर पनि बढ्दै गएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले संस्कृति शक्तिशाली कूटनीति भएको बताउनुभएको छ । विदेशी पर्यटकलाई लक्षित गर्दै सांस्कृतिक संस्थानले सुरु गर्न लागेको साप्ताहिक सांस्कृतिक कार्यक्रम ‘माटोको गीत’ को घोषणा तथा पत्रकार सम्मेलनमा बुधबार बोल्दै मन्त्री किरातीले भन्नुभयो, “भाषा र संस्कृतिलाई कुनै पनि मुलुकको सिमानाले रोक्न सक्दैन । संस्कृति भनेको शक्तिशाली कूटनीति हो ।”
एल साल्भाडोरमा हालै सम्पन्न ‘मिस युनिभर्स–२०२३’ मा नेपालबाट प्रतिनिधित्व गर्दै टप २० मा पर्न सफल जेन दीपिका ग्यारेट नेपाल आइपुग्नुभएको छ । नेपाल आइपुग्नुभएको दीपिकालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको थियो । उहाँलाई सचेतनाका निर्देशक सरोज ओझाले नेपालमा स्वागत गर्नुभयो । निर्देशक ओझाले दीपिकालाई स्वागत गर्दै नेपालको नाम विश्वसामु चर्चामा ल्याउन सफल भएकोमा धन्यवाद दिनुभयो ।