नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले फरक उद्देश्य भएकाहरू एक ठाउँमा जम्मा भएर राष्ट्रिय शक्ति निर्माण हुन नसक्ने टिप्पणी गर्नुभएको छ ।
ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारका बासिन्दा हिजोआज धमिलो पानी उपभोग गर्न बाध्य बनेका छन्। निरन्तरको वर्षाका कारण फुङ्लिङ बजारमा सञ्चालनमा रहेको देवीखोला खानेपानी योजनाको पानी धमिलो आउन थालेपछि यहाँका बासिन्दा सोही पानी उपभोग गर्न बाध्य बनेका हुन्।
नेपाल चिकित्सक सङ्घले चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाका लागि देशभरका स्वास्थ्य संस्था तथा अस्पतालमा सुरक्षाको व्यवस्था गर्न माग गरेको छ ।
सहरी विकासमन्त्री सिता गुरुङले काठमाडौंको गुह्येश्वरीमा निर्माण गरिएको ‘फोहोर पानी प्रशोधन प्लान्ट’ को अनुगमन गर्नु भएको छ । शनिबार बिहान आफ्ना मन्त्रालयका सचिव नविन्द्रनाथ श्रेष्ठसहितको टोली लिएर गुह्येश्वरी पुग्नु भएको मन्त्री गुरुङले सो प्लान्टको अनुगमन गर्नुभएको हो
गुल्मीमा बैङ्क तथा घर तोडफोड गरी नगद र गरगहना चोरी भएको छ । चोरी हुँदा पनि चोर पक्राउ नपरेको भन्दै स्थानीयले गुनासो गरेका छन् ।
कालीकोटको पलाँता गाउँपालिकामा पर्यावरणीय कृषि प्रणाली र बाढीपहिरो न्यूनीकरण गर्न कचहरी बसेको छ । किर्डाक नेपालले पलाँता गाउँपालिकाको समन्वय र मिसन इष्टको प्राविधिक सहयोगमा बाढी पहिरोबाट जोगिन गाउँस्तरवाट कसरी प्रयासका विषयमा छलफल गर्न कचहरी गरेको हो ।
त्रिपुरासुन्दरी गाउँपालिका र एकीकृत हातेमालो ग्रामीण विकास सङ्घको साझेदारीमा निर्मित एकीकृत अस्थायी आवास शनिबार हस्तान्तरण गरिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेलम्ची खानेपानी आयोजनासँग सम्बन्धित समस्या समाधानको पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
बाँकेको खजुरामा एक हजार आठसय मिटर चार लेन सडक निर्माण सुरु भएको ६ वर्षसम्म पनि पूर्णता नपाएपछि स्थानीयवासीहरू सडक जाम गरेका छन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोले आणविक हतियारहरूको पहिलो समूह बेलारुस पठाउनु भएको द हिलले उल्लेख गरेको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक २०७७ साल छाता ऐन अन्तर्गत राख्न लागेको भन्दै विरोधमा बीपी बचाउ सङ्घर्ष समितिद्वारा मौन जुलुस प्रदर्शन गरिएको छ ।
क्यानाडाको जनसङ्ख्या चार करोड पुगेको छ । सन् २०२३ जुन १६ गतेसम्मको तथ्याङ्क हेर्दा कुल जनसङ्ख्या ४ करोड पुगेको देखिएको छ ।
दैनिक बढिरहेको गर्मीले धानको बीउ सुक्न थालेपछि यहाँका किसान चिन्तित भएका छन् । आकाशे पानीको भर परेका किसान अत्यधिक गर्मीका कारण धानको बीउ सुक्दै गएपछि मर्कामा परेका हुन् । असार लागिसक्दा पनि पानी नपरेपछि यस वर्ष धान उत्पादनमा कमी आउने किसानले आङ्कलन गरेका छन् ।
पश्चिम नेपालको बिरामी रेफरल केन्द्र रहेको भेरी अस्पतालमा पहिलो पटक बङ्गारा तथा अनुहारको शल्यक्रिया सेवा सुरु गरिएको छ ।
हुम्ला र मुगु जिल्लाको सिमाना दोमुुखमा झोलुङ्गे पुलको निर्माण कार्य सम्पन्न भएसँगै सञ्चालनमा आएको छ । पुल सञ्चालनमा आएसँगै पैदल यात्रुहरूलाई सो स्थानमा निर्माण भएको तुइन तर्नु पर्ने बाध्यता हटेको छ ।