पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको सङ्गमस्थल रिडीमा भजन महोत्सव हुने भएको छ ।
जाजरकोट र रुकुमपश्चिममा गत कात्तिक १७ गते राति गएको भूकम्पमा परी घाइते भई उपचारका लागि विभिन्न समयमा भेरी अस्पताल ल्याइएका विरामीहरु निको भएर डिस्चार्ज भएसँगै अब अस्पतालमा उपचाररत घाइतेको सङ्ख्या शून्य भएको छ ।
मकवानपुरको बकैया गाउँपालिकाले डिजिटल हाजिरी सुरु गरेको छ । गाउँपालिकाले ढड्डा हाजिरी रजिस्टर हटाएर ई–हाजिरीमा ल्याप्चे लगाउन सुरु गरेको हो ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीका लागि सुरु गरिएको मिसन ८४ अभियान नेपाली जनताको भएको बताउनुभएको छ ।
दिनदिनै चिसो बढ्दै गएपछि जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले शीतलहरबाट जोगाउन जिल्लाका विभिन्न चोक तथा चहल पहल हुने स्थानमा आगो बाल्ने व्यवस्था मिलाउने निर्णय गरेको छ ।
बिहीबार राति आकाशमा मिथुन उल्का वर्षाको रमाइलो दृश्य देख्न सकिनेछ । आकाश खुला रहेको अवस्थामा जुनसुकै स्थानबाट मिथुन उल्का वर्षा देख्न सकिने बिपी कोइराला मेमोरियल प्लानेटरियम एण्ड अब्जरभेटरी विज्ञान सङ्ग्रहालयका निमित्त कार्यकारी निर्देशक डा. सनतकुमार शर्माले बताउनुभयो ।
मिथिला चित्रकलामा प्रतीकहरूको प्रयोगले मिथिलाको सम्पूर्ण सांस्कृतिक जीवन परिलक्षित भएको पाइन्छ । मैथिलहरूले हजारौं वर्ष पहिलेबाट उत्सवका लागि चित्रकलालाई विकसित पारेको देखिन्छ ।
ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकको पहुँच नपुगेका नागरिकहरुलाई सेवा पुर्याउने प्रमुख प्राथमिकता ग्लोबल आईएमई बैंकको रहेको बताउनुभएको छ ।
नोभेम्बरमा भारतको खुद्रा मुद्रास्फीति बढेर ५.५५ प्रतिशत पुगेको छ । नोभेम्बरमा भारतको खुद्रा मुद्रास्फीति बढेर ५.५५ प्रतिशत पुगेको पछिल्लो सरकारी तथ्याङ्कले देखाएको हो ।
भोजपुरको सदरमुकाम बजार स्थित नेकपा एमाले अभियान कार्यक्रमविरुद्ध प्रदर्शन भएको छ । पहिचान पक्षधरहरूले एमाले पार्टी कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन् ।
झापाको बाह्रदशी गाउँपालिका १ खयर बारीमा जङ्गली हात्ती मृत फेला परेको छ ।
पूर्व विद्यार्थी मञ्चले श्रवण माध्यमिक विद्यालयमा अध्यनरत विद्यार्थीलाई न्यानो कपट वितरण गरेको छ । पुतली बजार–१४, लामागेमा रहेको श्रवण मावि अध्ययनरत १२३ जना विद्यार्थीहरूलाई एक लाख २५ हजार रुपियाँ बराबरको न्यानो कपडा (ट्रयाकसुट) वितरण गरेको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सामूहिक प्रयासबाट कार्यबल तयार गर्दै श्रम बजार व्यवस्थित गरेर उत्पादकत्व अभिवृद्धि गर्नुपर्ने र सामाजिक सुरक्षा प्रदान गर्नुपर्ने बताउनुभएको छ ।
प्रतिनिधिसभाका सदस्य भैरवसुन्दर श्रेष्ठलाई मुलुकमा सुशासन कामय, विकास र पूर्वाधारमा ध्यान दिएर जनताको जीवनस्तरमा सुधार गर्न नसकेको महसुस भएको छ । जनता अनेक खालका पीडामा छट्पटाइरहेको अवस्थामा सत्ता सञ्चालन गर्नुपर्नेको ध्यान पीडितको मागतर्फ पुग्न नसकेको उहाँको अनुभव छ ।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले राष्ट्रिय सभा निर्वाचनबारे छलफल गर्न बिहीबार सचिवालय बैठक बोलाएको छ । प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले राष्ट्रिय सभाको निर्वाचन, सङ्गठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजनाबारे छलफल गर्न बैठक बोलाएको जानकारी दिनुभयो । बिहीबारबाट सुरु हुने बैठकले राष्ट्रिय सभाको आसन्न निर्वाचनमा पार्टीतर्फबाट उम्मेदवार बन्न मापदण्ड तय गर्ने बताइएको छ । साथै बैठकमा इलाममा हुने प्रतिनिधि सभाको उपनिर्वाचनबारेमा समेत छलफल हुने छ ।