ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेमा पहिराले घर बगाउँदा एकै परिवारका तीन जना बेपत्ता छन् । स्थानीय कमल कडरियाका अनुसार पहिराले यादव बुढाथोकीको घर बगाउँदा यादवकी श्रीमती भगीमाया, बुहारी सन्ध्या र नाति प्रज्वल बेपत्ता छन् ।
बजेट खर्चको विवरण आर्थिक वर्ष सकिनुअघि नै पठाउनुपर्ने अनिवार्य व्यवस्था छ तर केही निकायले यो कानुनी व्यवस्था पालनामा आनाकानी गरेका छन्। यस्तो आनाकानी कोरोना महामारी नियन्त्रण गर्न दिइएको रकमको खर्च विवरण पठाउनमा भएको हो।
जिल्लाको हेँवा खोलामा शनिबार राति आएको बाढीले बगाउँदा एक जनाको ज्यान गएको छ । बाढीले बगाएर ल्याएको अवस्थामा पाँचखपन नगरपालिका -५ मा एक शव भेटिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।
हरिया तरकारी उत्पादनका लागि जिल्लाकै पकेट क्षेत्र मानिएको औरही नगरपालिकाले त्यहाँका किसानका लागि सिँचाइ सामग्री वितरण गरेको छ । नगरपालिकाले तीन सय थान सिँचाइ मोटर र २५० थान स्यालो ट्युबवेल वितरण गरेको हो । नगरपालिकाले शुक्रबारदेखि १, २, ७, ८ र ९ नम्बर वडाका किसानलाई २ एचपी क्षमताको मोटर तथा स्यालो ट्युबवेल वितरण कार्य सुरु गरेको छ । नगरपालिकाले ७५ प्रतिशत अनुदानमा मोटर तथा सात हजार जडान खर्चसहित स्यालो ट्युबवेल सामग्री निःशुल्क उपलब्ध गराएको जनाएको छ । औरही नगर प्रमुख प्रदीप खड्काले मोटर र ट्युबवेल जडान भइसकेपछि ती वडाका छ सय किसान परिवारका एक हजार पाँच सय हेक्टर जग्गामा बाह्रै मास सिँचाइ सुविधा पुग्ने जनाउनुभयो ।
केही दिनदेखि हावाहुरी र आँधीले पानी परिहाल्छ कि भन्ने आशा पलाए पनि पानी पर्न सकेको छैन । विगत चार महिनादेखिको लामो खडेरीले नवलपरासीपूर्वका किसानलाई सबैभन्दा चिन्तित बनाएको छ । नवलपरासीपूर्वमा अहिलेसम्म पानी पर्न नसक्दा किसानले खेतमा लगाएको मकै, तरकारी सबै सुकेर जाँदा यो वर्ष २० करोडभन्दा बढीको बाली नोक्सानी भएको मध्यबिन्दु नगरपालिका–१, पतवरीका किसान ईश्वरी महतोले बताउनुभयो ।
अविरल वर्षासँगै गए राति आएको बाढीले पाँचथरमा छ जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार हेवा खोलामा आएको बाढीमा परेर हिलिहाङ -७ का दिलकुमार तामाङ र फिदिम १० का सन्जोग लोवा सहित सहित छ जना बेपत्ता भएको हो ।
काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहले विद्यालय बन्द गरेर आन्दोलनमा गएमा शिक्षक तथा कर्मचारीलाई पदबाट हटाउने चेतावनी दिनुभएको छ। कर्मचारीले आइतबारदेखि मुलुकभरका सामुदायिक विद्यालय बन्द गर्ने चेतावनी दिएपछि प्रमुख शाहले शनिबार शिक्षक तथा कर्मचारीलाई चेतावनी दिँदै आफ्नो फेसबुकमार्फत भन्नुभएको छ, “काठमाडौँ महानगरपालिका सम्पूर्ण सामुदायिक विद्यालय, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी एवं विद्यालय व्यवस्थापन समितिलाई सम्पूर्ण विद्यालयमा नियमित कक्षा सञ्चालन गर्न निर्देश गर्दछ।”
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले निर्माण व्यवसायीलाई सूर्यविनायक-धुलिखेल सडक विस्तार समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको छ।
हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सबै भ्रष्टाचारीलाई एकैपटक जेलमा हाल्नुपर्ने आफ्नो पार्टीको विचार भएको बताउनुभएको छ।
रौतहटको बौधिमाई नगरपालिका कोपवामा पानी लिन जाँदा विद्युतीय करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।
पौडी खेल्नेक्रममा तिनाउ नदीमा डुबेर एक जना किशोरको मृत्यु भएको छ । शनिबार दिउँसो तिनाउ गाउँपालिका –३, स्थित तिनाउ ड्याममा पौडी खेल्नेक्रममा गुल्मीको सत्यवती गाउँपालिका –७, का १८ वर्षीय अभिषेक परियारको मृत्यु भएको हो ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारको आरोपमा तानिएका नेताको प्रतिरक्षा राजनीतिक दलले गर्नु नहुने बताउनुभएको छ।
सिकलसेल एनिमियाका बिरामी पत्ता लगाउन गरिएको निःशुल्क स्वास्थ्य परीक्षणमा ४१ जनामा पोजेटिभ देखिएको छ ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ७० वर्षे उमेरहद उपयोगी नभएकाले पार्टीले सो उमेरहदको बन्देज हटाउने निर्णय गर्नुपरेको बताउनुभएको छ । ७० वर्ष माथिकाले काम गर्न सक्ने अवस्थामा पनि राजनीति छोड्नुपर्ने अप्ठ्यारो अवस्था आएपछि सो उमेरहद हटाउने निर्णय भएको उहाँको भनाइ छ ।