मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा भर्खरै बैठक सुरु भएको हो ।
पुतलीबजार नगरपालिका–१ मा गरिएको रक्तदान कार्यक्रममा ३४ युनिट रगत सङ्कलन गरिएको छ । स्वतन्त्र विद्यार्थी युनियन त्रिभुवन आदर्श क्याम्पसले बिहीबार नेपाल रेडक्रस सोसाइटी स्याङ्जा शाखाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरेको हो ।
सभामुख देवराज घिमिरेले संसद्को भूमिकालाई प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ । बिहीबार सङ्घीय संसद् सचिवालयद्वारा १७ औँ सङ्घीय संसद् सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सभामुख घिमिरेले संसद्को भूमिकालाई प्रभावकारी बनाउनुपर्ने बताउनुभएको हो ।
बाँकेको मुख्य दुई सडकखण्डमा सवारी दुर्घटना न्यूनीकरणका लागि सवारी साधनको गति मापनका लागि राडारगनको प्रयोग गर्न थालिएपछि सवारी दुर्घटनामा कमी आएको छ ।
चौध महिना अगाडि २०८९ असोज १९ गते बुधबार विजयादशमीका दिन ४३ वर्षीया मायादेवी शाक्यलाई विवाह भएको १४ महिनामै जीवनको अन्त्य होला भन्ने के थाहा थियो र ? सूर्यविनायक नगरपालिका-५ सृजनानगर बस्दैआउनु भएकी एकल महिला शाक्य र सोही वडाको कटुञ्जे बस्ने एकल पुरुष ६१ वर्षीय दानकाजी शाक्यबिच बुढेसकालको सहारा बन्ने सङ्कल्पसहित गतवर्ष विजयादशमीका दिन विवाह भएको थियो ।
ठेकेदार कम्पनीले निर्माण कार्य अलपत्र पारी सम्पर्कविहीन हुँदा करोडौँ मूल्यको सडक आयोजना अलपत्र परेको छ । ठेकेदार सम्पर्कविहीन भएका कारण बझाङको खप्तडछान्ना गाउँपालिकामा रहेको खप्तड पर्यटकीय सडकको निर्माण कार्य रोकिएको हो ।
लुम्बिनीको नजिक भएर पनि ओझेलमा परेको रुपन्देही जिल्लाकै ठूलो गैडहवा तालको प्रचारप्रसार गर्ने उद्देश्यले सांस्कृतिक महोत्सव सुरु भएको छ ।
युरोपेली युनियन (इयू) ले जीवाश्म इन्धनमाथि निर्भरता कम गर्न र उपभोक्ता मूल्यहरूलाई स्थिर राख्न इयूको विद्युत् बजारमा सुधारका लागि बिहीबार एउटा सम्झौता गरेको इयू परिषद्ले एक विज्ञप्तिमा जनाएको छ ।
भोजपुर नगरपालिकाका उपप्रमुख निर्मला शेर्पाले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई जिल्ला सदरमुकाममा आयोजित जनभेटघाट कार्यक्रममा भोजपुरको टक्सारमा बनेको करुवा उपहार दिनुभएको छ ।
सिन्धुली जिल्लाका दुई वटा पालिकालाई ‘बालमैत्री पालिका’ घोषणा गर्ने तयारी सुरु गरिएको छ । जिल्लाका नौ वटा स्थानीय तहमध्ये कमलामाई नगरपालिका र तीनपाटन गाउँपालिकालाई बालमैत्री पालिका घोषणाको तयारी गरिएको हो ।
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने सम्बन्धमा गठित अध्ययन समितिको बैठकले आवश्यक पूर्वाधार पहिचान गर्ने निर्णय गरेको छ ।
बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्षतामा आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयनको चौमासिक समीक्षा सुरु भएको हो ।
हिमाली क्षेत्रमा मूल्य वृद्धिको चाप परेको पाइएको छ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको चार महिनाको विवरणअनुसार उपभोक्ता मुद्रास्फीति हिमाली क्षेत्रमा आठ दशमलव ७९ प्रतिशत बराबर पुगेको छ ।
कञ्चनपुरको महेन्द्रनगरमा निषेधाज्ञा जारी भएको छ । भीमदत्त नगरपालिका–४ मा रहेको संविधान चोकको आसपास क्षेत्रमा मूर्ति स्थापना गर्न दिने वा नदिने विषयमा राजनीतिक दलबिच मतभिन्नता देखिएपछि शान्ति सुव्यवस्थालाई कायम राख्न जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले निषेधाज्ञा जारी गरेको हो ।
बाँकेको एक कम्प्युटर इन्स्टिच्युटमा कम्प्युटर चलाउने क्रममा करेन्ट लागेर इन्स्टिच्युट सञ्चालकको मृत्यु भएको छ ।