राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं सांसद डोरप्रसाद अर्यालले भारतीय पक्षले नेपालको कन्चनपुरस्थित भुजेला, गड्डाचौकी हुँदै सुकासालसम्मको भूमि नापजाँच गरेको भन्दै त्यसको सत्यतथ्य छानविन गर्न नेपाल सरकारसँग माग गर्नुभएको छ ।
कीर्तिपुरस्थित मङ्गल बहुमुखी क्याम्पसमा बौद्धिक तथा प्राज्ञिक दक्षता अभिवृद्धि गरी अनुसन्धानमा दक्षता हासिल गर्न आयोजित शैक्षिक प्रस्ताव लेखन कार्यशाला सम्पन्न भएको छ ।
पाल्पाको सदरमुकाम तानसेनसहित अधिकांश पालिकामा सामुदायिक विद्यालयहरू बन्द भएका छन् ।
झापाको कनकाई नगरपालिका –३ सुरुङ्गास्थित पूर्व–पश्चिम राजमार्गमा आइतवार बिहान हाइसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को लामो समयदेखिको विवाद समाधान भएको छ । दशौँ महाधिवेशनपछि दुई समूहमा विभाजित भएको एनआरएनएलाई एकीकृत बनाएर लैजाने विषयमा आज सहमति भएको हो । दुई पक्षबीच एकतासम्बन्धी चारबुँदे सहमतिसमेत भएको एनआरएनएले जनाएको छ ।
अवैध रुपमा ढुङ्गा निकासी गर्ने सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पाल्पाको तिनाउ गाउँपालिका–५, चर्चरेस्थित भित्री सडकबाट अवैध रुपमा ढुङ्गा निकासी गर्ने तीन वटा ट्रिपरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
कालीगण्डकी नदीमा डुबेर बेपत्ता भएकी किशोरीको शव फेला परेको छ ।
“केटाकेटी बिरामी भइरहन्छन्, कहिलेकाँही हामी आफै पनि बिरामी हुन्छौँ, भनेको बेला गाडी पाइँदैन, अस्पतालमा पुग्न यहाँबाट एक दिन लाग्थ्यो, तर अब गाउँमै स्वास्थ्य संस्था आएपछि भने खुसी लागेको छ”, निसीखोला गाउँपालिका–५का कमला विकले भन्नुभयो ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा(माओवादी केन्द्र), नेकपा(एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र नेत्रविक्रम चन्द नेतृत्वको नेकपालगायतका राजनीतिक दलले समाजवादी मोर्चा निर्माणमा सहमति जुटाएका हुन् ।
प्रतिनिधिसभाको आजको बैठकमा समय माग गरेर बोल्दै भौतिक पूर्वाधार तथा यातायत व्यवस्थामन्त्री प्रकाश ज्वालाले सो विषयका बारेमा सदनलाई जानकारी गराउनुभएको हो ।
आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत जिम्बावेविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।
पोखराको मुख्य सहरी क्षेत्र ‘हाइमास्र्ट’ र ‘स्मार्ट’ सडकबत्तीले झलमल बनेको छ । ‘उज्यालो पोखरा’ अभियानअन्तर्गत् २० मुख्य चोकमा ‘हाइमास्र्ट’ र करिब ५० किमी सडकमा एक हजार छ सय २४ वटा ‘स्मार्ट बत्ती’ जडान गरिएको छ ।
निरन्तरको वर्षासँगै विभिन्न क्षेत्रमा बाढीपहिरोले सडक अवरुद्ध भएपछि ताप्लेजुङको आन्तरिक तथा बाह्य यातायात अवरुद्ध भएको छ । जिल्लाका अधिकांश ग्रामीण सडक बाढीपहिरोले क्षतिग्रस्त भएका छन् ।
सांसद योगेशकुमार भट्टराईले तेह्रथुम, ताप्लेजुङ, पाँचथरलगायतका पूर्वी पहाडमा गएराति अविरल वर्षका कारण ठूलो धनजनको क्षतिलाई न्यूनीकरण गर्न राहत र उद्धारमा जुट्नका सरकार र सरोकारवाला सङ्घसंस्थालगायत सबैमा आह्वान गर्नुभएको छ ।
स्याङ्जा बिरुवा गाउँपालिकाले सुविधा सम्पन्न भवनबाट सेवा प्रवाह सुरु गरेको छ ।