उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहनु भएका पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई ३० लाख रुपियाँ धरौटीमा छाड्न आदेश दिएको छ ।
कैलालीमा बिहीबार एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ । गोदावरी नगरपालिका–१ भरतपुरकी अन्दाजी २३ वर्षीया कोपिला जोशी मोटरबाट पानी तान्दा करेन्ट लागेर घाइते हुनुभएको थियो ।
घरेलु टोली भारतले एक खेल अगावै महिला नेत्रहीन टी–२० क्रिकेट सिरिज जितेको छ । मुम्बईमा जारी सिरिज अन्तर्गत बिहीबार भएको चौथो खेलमा भारतले नेपाललाई सात विकेटले हरायो ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष श्रीलङ्का, पनामा र बेल्जियमका राजदूतहरूले ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ । राष्ट्रपति भवनमा आज बेग्ला-बेग्लै आयोजित विशेष समारोहमा उहाँहरूले आ-आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको हो ।
ललितपुर जिल्ला ब्याडमिन्टन सङ्घको आयोजना तथा बालकुमारी रिमिक्स क्लबको सहआयोजनामा दोस्रो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता अर्को साता हुने भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यही मङ्सिर २१ गते राति बरामद गरिएको १४ किलो सुन प्रकरणमा हालसम्म पाँच जना पक्राउ परेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा ९२ हजार कर्मचारीको आवश्यकता रहेको बताउनुभएको छ । मन्त्री बस्नेतले मोरङको रतुवामाइ ४ झुर्कियामा रतुवामाई नगर अस्पतालको १५ शय्याको अस्पताल भवनको बिहीबार शिलान्यास गर्दै सो कुरा बताउनुभएको हो ।
सरकारले नेपाल परराष्ट्र सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त पदमा सहसचिव सेवा लम्साललाई बढुवा गर्ने निर्णय गरेको छ ।
औषधि व्यवस्था विभागले कामको विश्वसनीयताको लागि ‘म्याचुरेटी’ (परिपक्कता) को तीन तहमा पुग्ने तयारी थालेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले तोकेको मानाङ्कअनुसार विभाग परिपक्कताको तीन तहमा पुग्ने तयारी गरेको हो ।
नेपालका पाँच खेलाडी थाइल्यान्डको बैंककमा जारी १४औँ एसिया प्यासिफिक भेट्रान टेबल टेनिस प्रतियोगिताको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
बायाँ हाते स्पिनर भुवन कार्कीले असाधारण बलिङ प्रदर्शन गर्दै आठ विकेट लिएपछि धनगढी स्पोर्ट्स क्लब कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को सेमिफाइनल प्रवेश गरेको छ ।
सङ्कल्प यात्राको क्रममा एमाले अध्यक्ष के पी शर्मा ओलीले धनकुटाको हिलेमा ४ वर्ष पुरानो पार्क उद्घाटन गर्नुभएको छ । प्रदेश सरकार वन, वातावरण तथा पर्यटन मन्त्रालय विराटनगरको लगानीमा धनकुटा नगरपालिका १ हिले बिच बजारमा करिब १ रोपनी भन्दा बढी क्षेत्रफलमा निर्माण भएको हिलेपार्क जोन उद्घाटन गर्नुभएको हो ।
बेलौरी नगरपालिका-३ का समीर चौधरीलाई बारीमा उत्पादित तरकारी बेच्ने झन्झट हटेर गएको छ । उत्पादित तरकारी सहजरुपमा गाउँ नजिकैको कलकत्ता बजारमा सञ्चालित हाटबजारमा बिक्री हुन थालेपछि उहाँ निकै खुसी छन् ।
नेपाली कांग्रेस पाल्पाले प्रथम जिल्ला सम्मेलनको तयारी पूरा गरेको जनाएको छ । यही मङ्सिर ३० गते हुन लागेको प्रथम जिल्ला सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको कांग्रेस पाल्पाले जनाएको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको बहुप्रतीक्षित पत्रकार सम्मेलनभन्दा केही घण्टाअघि राजधानीतर्फ आइरहेका नौ युक्रेनी ड्रोनलाई आफ्नो हवाई रक्षा प्रणालीले खसाएको रुसले बिहीबार बताएको छ ।