उखुको अनुदान बक्यौता भुक्तानी र यो वर्षका लागि मूल्य कायम गर्न माग गर्दै सर्लाहीका उखु किसानले आन्दोलनको घोषणा गरेका छन् । नेपाल उखु उत्पादक महासङ्घसहित अन्य उखु उत्पादक समितिले बिहीबार दिउँसो हरिवनमा संयुक्त पत्रकार सम्मेलन गरी आन्दोलनको घोषणा गरेका हुन् । गत वर्ष सरकारले किसानलाई दिनुपर्ने अनुदान रकम तत्काल भुक्तनी गर्न र चिनीको वृद्धि मूल्य तथा किसानको लागत अनुसार उखुको मूल्य तोक्न पटक पटक आग्रह गर्दा पनि सरकारले बेवास्ता गरेपछि बाध्य भई आन्दोलनमा जानु परेको नेपाल उखु उत्पादक
पोखराको प्याराग्लाइडिङ उडानमा रहेको कार्टेलिङ अन्त्य भएको छ । अब प्याराग्लाइडिङ कम्पनीहरूले आफैँ शुल्क तोक्न र आफ्नै तरिकाले उडान भर्न पाउने छन् ।
‘टप राजधानी रोधी क्लब’ ले कलाकार तथा सञ्चारकर्मीलाई सम्मान गर्दै आफ्नो प्रथम वार्षिकोत्सव मनाएको छ । क्लबले तीन दिन विभिन्न कार्यक्रम आयोजना गर्दै वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा रामेछापका प्रतिनिधि सभा सदस्य पूर्णबहादुर तामाङ (कान्छाराम), प्रदेश सभा सदस्य तारानारायण श्रेष्ठलगायतले प्रथम वार्षिकोत्सव कार्यक्रम उद्घाटन गर्नुभयो ।
गायक प्रवीण बेडवाल र गायिका समीक्षा अधिकारीको स्वरमा रहेको गीत ‘मलाई तिम्रो मुटु सरी’ को भिडियो सार्वजनिक भएको छ । गीतमा कपिल भट्टको शब्द, अर्जुन पोखरेलको सङ्गीत, आदेश गुर्माचनको एरेन्ज र नरेश बिसीको मिक्सिङ तथा मास्टरिङ रहेको छ । यसमा गरिस्मा शर्मा र कपिल भट्ट फिचर्ड हुनुहुन्छ । भिडियोमा एक विवाहित जोडीको कृषिकर्मलाई देखाइएको छ ।
भूकम्पले घरबारविहीन बनाएपछि त्रिपालमा बस्दै आएका जाजरकोटका भूकम्प पीडितलाई मङ्सिर भित्र अस्थायी आवासमा सार्ने भन्दै सङ्घीय सरकारले पठाएको ५० करोड रुपैयाँ पालिकाको खातामा गएर थन्किएको छ । पालिकाले लाभग्राही पहिचान गरी सम्झौता गर्ने प्रक्रियामा भइरहेको ढिलाइ गरेका कारण रकम थन्किएको हो ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित नेपाल भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित ल्होमी भाषा
चालु आर्थिक वर्ष २०८०/८१ को चार महिनामा कुल आन्तरिक कर्जा २.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा २.१ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० कात्तिक मसान्तमा यस्तो कर्जा ८.८ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी १.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी १.१ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० कात्तिक मसान्तमा यस्तो दाबी ३१.० प्रतिशतले बढेको छ । समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ३.० प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा पनि यस्तो दाबी २.४ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० कात्तिक मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ५.२ प्रतिशतले बढेको छ ।
सर्लाहीका उखु उत्पादक किसानले सरकारले निर्धारण गरेको उखुको मूल्यप्रति असहमति जनाएका छन् । उनीहरुले सरकारले निर्धारण गरेको मूल्य बढाउन माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।
जिल्ला कारागार कार्यालय चितवनमा रहेका एक सय ११ कैदीबन्दी बिरामी भएको पाइएको छ । उनीहरु विभिन्न रोगबाट पीडित छन् ।
पछिल्ला केही महिना औसतमा आठ प्रतिशत रहेको मूल्य वृद्धिदर कात्तिकमा भने घटेको छ । नेपाल राष्ट्र बैङ्कले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको कात्तिकसम्मको मुलुकको आर्थिक तथा वित्तीय स्थिति विवरण अनुसार कात्तिकमा मूल्य वृद्धि ५.३८ प्रतिशतमा खुम्चिएको छ । असोजमा यस्तो दर ७.५० प्रतिशत थियो । २०७९ साल कात्तिकमा भने मूल्य वृद्धिदर ८.०८ प्रतिशत थियो । विवरण अनुसार कात्तिकमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.०१ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.८९ प्रतिशत रहेको छ । खाद्य समूह अन्तर्गतको सबैभन्दा धेरै मरमसला उपसमूहको ३६.४६ प्रतिशतले मूल्य वृद्धि भएको छ । गैरखाद्य तथा सेवा समूह अन्तर्गत सबैभन्दा धेरै मनोरञ्जन तथा संस्कृति उपसमूहको १२.८४ प्रतिशतले बढेको छ ।
सभामुख देवराज घिमिरेले सङ्घीय संसद्का महासचिवको नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि जनाउनुभएको छ। सङ्घीय संसद्का महासचिव भरतराज गौतमले राजीनामा दिएसँगै राष्ट्रिय सभा अध्यक्षसँगको परामर्शमा मङ्सिर २५ गते नै प्रतिनिधि सभा सचिव पद्यप्रसाद पाण्डेयलाई महाससचिव सिफारिस गरिएको थियो। सिफारिसको पत्र सभामुख घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना आफैँ उपस्थित भएर राष्ट्रपति रामचन्द्र पौडेललाई हस्तान्तरण गर्नुभएको थियो तर राष्ट्रपति कार्यालयले अध्ययनका क्रममा रहेको भन्दै नियुक्ति गरेको छैन।
गाजा पट्टीमा बिहीबार इजरायली आक्रमणमा कम्तीमा १११ जना प्यालेस्टाइनीको मृत्यु भएको छ ।
मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोबिन्दबहादुर न्यौपानेले हरवाचरवाको पहिचान कायम गर्न प्रदेश सरकारले कामकाज अघि बढाएको बताउनुभएको छ ।
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको राजिनामा माग गर्दै पीडित पक्षले बिहिबार कलैयामा प्रदर्शन गरेका छन् ।