कानुन, न्याय तथा संसदयि मामिलामन्त्री धनराज गुरुङले उच्च शिक्षाका लागि नेपाली युवा विदेशिने क्रम रोकेर नेपालमा विदेश विद्यार्थी आउन सक्ने गरी नेपाललाई शैक्षिक ‘हब’ बनाउनुपर्ने बताउनुभएको छ ।
संयुक्त राष्ट्रसङ्घको युद्धविराम प्रस्ताव पारित गरेपछि पनि गाजामा इजरायली सेनाले आक्रमण जारी राखेको छ ।
औद्योगिक उत्पादन सूचकाङ्क (आइआइपी) द्वारा निर्धारण गरिएको भारतको कारखाना गतिविधि वृद्धि अक्टोबरमा ११.७ प्रतिशतले बढेको छ । यो पछिल्लो १६ महिना यताकै ठूलो हो ।
नेपाल कम्युनिष्ट पार्टि एमालेका केन्द्रीय सदस्य वसन्तकुमार नेम्वाङले मध्यपहाडी राजमार्ग बन्द र हड्तालका कार्यक्रम फिर्ता लिएर छलफलमा जुट्न प्रदेश १ पुनः नामकरण संयुक्त सङ्घर्ष समितिलाई आग्रह गर्नुभएको छ ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले काठमाडौं उपत्यकाको फोहोरकाे दीर्घकालीन व्यवस्थापन गर्नका लागि आवश्यक सहयोग गर्न प्रधानमन्त्रीसँग आग्रह गर्नुभएको छ ।
स्वास्थ्य कार्यालय बाँकेले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरिरहेको परिवार नियोजनको स्थायी बन्ध्याकरण घुम्ती शिविरमा ९५ जना नागरिकले सेवा लिएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानले सहकारिता र सहअस्तित्वको आधारमा तीन तहको सरकारको प्रष्ट व्यवस्था गरेको बताउनुभएको छ ।
गाउँपालिका र ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान)को आयोजना तथा नेपाल पर्यटन बोर्डको सहकार्यमा निर्माण गरिएको उक्त पदमार्गलाई नयाँ गन्तव्यको रूपमा सुरुआत गरिएको हो ।
शुक्लाफाँटा नगरपालिका–३ की वसन्ती चौधरी खयरकन्द्रा घरबास (होमस्टे)की सञ्चालक हुनुहुन्छ । घरबास सञ्चालनका लागि अतिथि सत्कार गर्ने कार्यमा उहाँ निपुण हुनुभएको छ ।
रामेछाप, मङ्सिर २९ गते । रामेछाप नगरपालिका–६ ओख्रेनीका शेरबहादुर तामाङलाई जुनार बेच्न भ्याइनभ्याइ छ । जुनार खरिद गर्न व्यापारी र सर्वसाधारण बारीमै आउने गरेका उहाँले बताउनुभयो । तामाङले भन्नुभयो– “बजारको समस्या छैन ।” व्यापारीले गत वर्ष नै खरिदका लागि रकम दिएका उहाँको भनाइ छ । जुनारको जुस बनाउने व्यापारीले पनि किसानसँग सोझै सम्पर्क गर्ने गरेका छन । धेरैजसो व्यापारी बगैँचामै आएर खरिद गरेर लैजान्छन् । मागअनुसार जुनार उपलब्ध गराउन नसकिएको तामाङको भनाइ छ । सुन्तला बगैँचाबाटै प्रतिकिलो रु. एक सय र जुनार प्रतिकिलो रु. ५० देखि रु ६० सम्ममा बिक्री हुने गरेको छ । पहेंलपुर बगैँचा अवलोकन गर्न विभिन्न समूह तथा संस्था एवं विद्यालयका विद्यार्थी आउने गरेका तामाङले बताउनुभयो । रामेछापमा विगत वर्षभन्दा यस वर्ष जुनारको उत्पादन बढेको छ । यसअघि प्रतिहेक्टर २० मेट्रिक टन उत्पादन हुने गरेकामा यस वर्ष प्रतिहेक्टर ३० मेट्रिक टनका दरले उत्पादन बढेको हो । जिल्लामा विगत वर्षको तुलनामा यस वर्ष जुनार उत्पादन बढ्नुको कारण बेलैमा रोग किरा नियन्त्रण गर्नु र प्राविधिक सहयोग प्राप्त हुनु हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले रामेछाप नगरपालिकामा जुनार जोनका रुपमा विभिन्न कार्यक्रम सञ्चालन गरेका कारण उत्पादन वृद्धि भएको कृषक बताउँछन् । जुनार किलोका हिसाबले भन्दा पनि बगैँचामा फलेका आधारमा बिक्री गर्ने गरिएको तामाङले बताउनुभयो । अमिलो जातको फलफूलमा पर्ने जुनारको यो वर्ष उत्पादनसँगै बजार मूल्य पनि बढेको छ । गत वर्ष जुनार बगैँचाबाट प्रतिकिलो रु. ३० देखि रु ४० मा बिक्री हुने गरेको थियो । केही वर्ष यहाँको जुनारमा फल कुहाउने आसा किराको प्रकोपका कारण बगैँचामा पाक्ने समयसम्म जुनार झरेर नास हुने गरेको थियो । थोरै बाँकी रहे पनि त्यसमा किरा भेटिन्थे । यस पटक भने त्यस्तो नभएको कृषक लालबहादुर तामाङले बताउनुभयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख थिरलाल गैरेका अनुसार यस वर्ष रामेछापमा जुनारको उत्पादन ह्वात्तै बढेको छ । उहाँका अनुसार प्रतिहेक्टर ३० मेट्रिक टनसम्म उत्पादन पुगेको छ । यो उत्पादन अहिलेसम्मकै उच्च हो । कम स्याहार भएका बगैँचामा पनि प्रतिहेक्टर २० मेट्रिक टन उत्पादन हुने गरेको पाइएको छ । उक्त परियोजना र रामेछाप नगरपालिकाको सहयोगमा जुनार मुख्य उत्पादन हुने क्षेत्र सुकाजोर, ओख्रेनी, रामेछाप, रामपुरलगायतको क्षेत्रमा अभियानको रुपमा विषादी छर्ने काम गरेकाले किसानको बगैँचामा पर्याप्त जुनार फलेको पनि प्रमुख गैरेले बताउनुभयो । अघिल्ला वर्षमा बोटमा भन्दा भुइमा बढी झर्ने गरेको जुनार यस वर्ष र अघिल्लो वर्ष गरी दुई वर्ष औँसाले फल कुहाएर झारेको नदेखिएको प्रमुख गैरेले बताउनुभयो । फल कुहाउने औँसाबाट जुनार जोगाउनका लािग १० पटकसम्म विषादी छरेको उहाँको भनाइ छ । जुनार जोगाउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले मागे जति विषादी उपलब्ध गराएको थियो भने रामेछाप नगरपालिकाले जनशक्ति उपलब्ध गराएको थियो । रामेछाप नगरापालिकामा मात्र हैन मन्थली नगरपालिका र दोरम्बा शैलुङ गाउँपालिकाको जुनार हुने क्षेत्रमा पनि रोगकिरा नियन्त्रण भएका कारण पर्याप्त जुनार फलेका छन् । विगतका वर्षहरुमा जस्तो अवस्थामा जुनार देखिएको थियो त्यो अवस्थाका यस वर्ष नभएको कृषक हिमाल तामाङ बताउनुहुन्छ । रामेछापको ओख्रेनी र सुकाजोरका बगैँचामा जुनार पाकेर पहेँलपुर देखिन थालेका छन् । कृषि ज्ञान केन्द्र रामेछापका अनुसार जिल्लामा सात सय २१ हेक्टर जमिनमा जुनार खेती गरिएको छ । गत वर्ष १५ हजार मेट्रिक टन उत्पादन भएकोमा य वर्ष भने १८ हजार मेट्रिक टन पुग्ने अनुमान गरिएको छ । जिल्लाको रामेछाप, रामपुर , सुकाजोर ओखे्रनी, फुलासी सालु, भलुवाजोर, हिमगंगा, लखनपुरलगायतका क्षेत्रमा जुनारको व्यावसायिक उत्पादन हुने गरेको छ । कृषि ज्ञान केन्द्र रामेछापका प्रमुख मीनबहादुर पुन जिल्लामा कृषिउपज र फलफूलको यकिन तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको बताउनुहुन्छ । रासस
पूर्व मिस नेपाल शृङ्खला खतिवडा विवाह बन्धनमा बाँधिएकी छन् । सम्भव सिरोहिया र शृङ्खलाले केही वर्ष अघिदेखिको प्रेमलाई विवाहमा परिणत गरेका हुन् । उनीहरूको विवाह समारोह काठमाडौँस्थित होटेल हायातमा चलिरहेको छ ।
बाँकेको कोहलपुर नगरपालिका वडा नं. ३ मदन चोक नजिकै बोलेरो गाडीको ठक्करबाट एक प्रहरी जवानको मृत्यु भएको छ भने अर्का एक प्रहरी हवलदार गम्भीर घाइते हुनुभएको छ ।
बाँकेको कोहलपुरमा जीपको ठक्करबाट एक प्रहरी जवानको मृत्यु भएको छ । पश्चिमदेखि पूर्वतर्फ आउँदै गरेको भे १ च ३४०७ नम्बरको जीपले ठक्कर दिँदा डिउटीमा तैनाथ प्रहरी जवान २९ वर्षीय विशाल वलीको ज्यान गएको हो ।
धनुषाको सबैला नगरपालिकाको सतोखर गाउँमा एक नाबालिकाको हत्या भएको आशंका गरिएको छ । बालिकाको घाँटी थिचेर हत्या भएको हुन सक्ने धनुषाका नायब प्रहरी उपरीक्षक रञ्जन आबाले जानकारी दिनुभयो ।
नाम्खा गाउँपालिका– ६ को हिमालपारिको गाउँ लिमीका स्थानीयले ताक्ची खोला तर्नु पर्ने बाध्यता हटेको छ । उक्त खोलाको तुम्लीङमा नयाँ झोलुङ्गे पुल निर्माण भएर सञ्चालनमा आएपछि उक्त बाध्यता हटेको हो ।