ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा निर्माण गर्न लागिएको बौद्ध गुम्बाका लागि बजेट अभाव भएको छ । फुङ्लिङ नगरपालिका –८ दोखुको पानीट्याङ्की टोलमा निर्माण गर्न सुरु गरिएको बौद्ध गुम्बाका लागि बजेट अभाव भएको हो ।
नेपाल विद्युत प्राधिकरणले शनिबार बिहान काठमाडौँका विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द गर्ने भएको छ । प्राधिकरणका अनुसार टेकुस्थित सबस्टेसनमा नयाँ ४५ एमभीए क्षमताको ट्रान्सफर्मर स्तरोन्नति गर्न लागिएकाले काठमाडौँका विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द हुन लागेको हो ।
नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।
स्थानीय बजारमा यस साता सुनको मूल्य प्रतिदस ग्राम एक हजार तीन सय ७० ले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार साताको पहिलो दिन आइतबार प्रति दस ग्राम एक लाख सात सय ४० मा कारोबार भएको थियो ।
आजदेखि दुई नेपाली चलचित्र ‘दुई कदम’ र ‘जम्प’ को प्रदर्शन सुरु गरिएको छ । दुई फरक विधामा आधारित चलचित्रले दर्शकको साथ पाउने विश्वास निर्माण पक्षको छ ।
पश्चिम मोरङको सुन्दरहरैंचा –५ स्थित नयाँ वृन्दावन धार्मिक पर्यटनको रुपमा विकसित हुँदैगएको छ । नयाँ वृन्दावनको भौतिक एवम् धार्मिक महिमा उच्च भए पनि प्रचार प्रसार हुन नसकेको संरक्षक दीनबन्धु शास्त्रीले बताउनुभयो ।
नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यमा जनकपुरधाममा विभिन्न पाँच राष्ट्रको सहभागितामा अन्तराष्ट्रिय साहित्य महोत्सव हुने भएकाे छ ।
पाथीभरा क्षेत्र विकास समितिले पाथीभरा क्षेत्रको समग्र विकासका लागि थप पहल र समन्वय गरिदिन यहाँबाट निर्वाचित प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईलाई अनुरोध गरेको छ ।
नक्कली भूटानी शरणार्थी प्रकरणका आरोपी नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई जिल्ला अदालत काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
बाँकेको राप्तीसोनारी गाउँपालिकाले पालिकाभित्रका ९८ जना अपाङ्गता भएका व्यक्तिहरुलाई निःशुल्क स्वास्थ्य शिविरमार्फत् स्वास्थ्य सेवा प्रदान गरेको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी सदस्यता वितरण तथा नवीकरणको अभिलेख केन्द्रीय कार्यालयमा पठाउन परिपत्र जारी गरेको छ ।
सामान्य सहयोग कसैको लागि अमुल्य योगदान बन्दछ र सहयोग गर्ने व्यक्ति महान् हुन पुग्छन् । गह्रौ प्राथमिक अस्पताल वालिङमा बिहीबार वडा प्रहरी कार्यालय वालिङका डिएसपी इकबाल हबारीको सहयोग त्यस्तै प्रमाणित भएको छ ।
इरानको दक्षिणपूर्वी प्रान्त सिस्तान–बलुचिस्तानको एक प्रहरी चौकीमा इस्लामिक सुन्नी जिहादी समूहले गरेको आक्रमणमा परी कम्तीमा ११ जना इरानी प्रहरी अधिकारीको मृत्यु भएको छ ।
अमेरिकी वित्तमन्त्री जेनेट येलेनले बिहीबार चीनसँग आर्थिक नीतिमा राज्य–सञ्चालित दृष्टिकोण हटाउन आग्रह गर्नुभएको छ । उहाँले उक्त मोडेलले लगानीकर्ताहरूलाई हतोत्साहित गर्नसक्ने बताउनुभयो ।
महामारी, हिमपात, शीतलहर, बाढी तथा पहिरो, हावाहुरी, आगलागीलगायत प्राकृतिक विपद्बाट आर्थिक वर्ष २०७९/८० मा मुलुकभर पीडित बालबालिकाको सङ्ख्या तीन हजार दुई सय ४४ पुगेको छ । जसमा सबैभन्दा बढी दुई हजार दुई सय ३१ बालबालिका महामारीका कारण पीडित भएका थिए ।