सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीले हाजिर नगराउने र गर्न नजाने प्रवृत्ति अब अन्त्य हुने बताउनुभयो ।
टेक्ससस्थित टाइलरमा शनिबार भएको सडक दुर्घटनामा परी दुईजना नेपालीको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
कर्णाली प्रदेशको हिमाली जिल्ला मुगुको छायानाथ रारा नगरपालिकाका प्रमुख हुनुहुन्छ विष्णुकुमार भाम। अघिल्लो निर्वाचनमा वडाध्यक्ष निर्वाचित भएपछि समाज सेवासहित व्यक्तिगत योगदानका कारण चर्चामा आउनुभएका नगर प्रमुख भाम गत वर्षको स्थानीय निर्वाचनमा नगर प्रमुखमा निर्वाचित हुनुभयो। देशकै सबैभन्दा ठुलो रारा ताल पनि यही नगरपालिकामा पर्दछ। नेपाली कांग्रेसबाट नगर प्रमुखमा निर्वाचित हुनुभएका प्रमुख भामले स्वास्थ्य, शिक्षा, रोजगारीलाई प्राथमिकता दिएको बताउनुहुन्छ। प्रस्तुत छ, छायानाथ नगरपालिका प्रमुख भामसँग गोरखापत्रका लागि मुगु समाचारदाता हरिकृष्ण ऐडीले गर्नुभएको कुराकानी।
रुकुमपश्चिमका विभिन्न स्थानमा रहेका प्रहरी कार्यालय भौतिक पूर्वाधार तथा सुविधाको कमीको कारण असुरक्षित बन्दै गएका छन्। प्रहरी युनिट तथा कार्यालयको अवस्था दयनीय रहेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार अधिकांश युनिट चर्किएको भवनका साँघुरो कोठामा छन्। शौचालय, बाथरुम, भान्छाघर जीर्ण छन्। थुनुवा राख्ने ठाउँ छैन, गोदाम, ब्यारेक, हिरासत कक्ष त टाढैको कुरा हो। वर्षा लागेपछि चुहिने समस्या छ।
कैलालीमा दुई बालक तीन महिनादेखि बेपत्ता भएका छन्। घोडाघोडी नगरपालिका–१, सुखडमा नौ कक्षामा अध्ययनरत दुई बालक एकै दिन बेपत्ता भएका हुन्। फागुन २५ गते सुखड बजारमा महोत्सव हेर्न गएका दुवै जना सोही दिनदेखि बेपत्ता भएको परिवारले जनाएको छ।
कैलालीको कैलारी र जानकी गाउँपालिकामा सिकलसेल र थालासेमिया स्क्रिनिङ अभियान सञ्चालन गरिएको छ। थारू समुदायमा देखा परेको सिकलसेल एनिमिया र थालासेमिया रोग पहिचान तथा निदान गर्ने उद्देश्यले सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक सहयोग र स्थानीय तहको समन्वयमा जिल्ला स्वास्थ्य कार्यालयले सो अभियान सञ्चालन गरेको हो।
दाङमा नातिलाई छोरा बनाएर नागरिकता बनाइदिने हजुरबुवासहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । राजपुर गाउँपालिका–५, सिमलखुट्टी निवासी ज्ञानबहादुर विकले आफ्ना नाति विवेक विकलाई नागरिकता बनाइदिएको उजुरी परेपछि हजुरबुवासहित साक्षी बस्नेहरूलाई समेत प्रहरी अनुसन्धानका लागि पक्राउ गरेको छ ।
बिरामीलाई छिटो र सहज रूपमा अस्पताल पु-याउन नेपालगन्ज उपमहानगरपालिकाले घरदेखि अस्पतालसम्म चौबिसै घण्टा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने निर्णय गरेको छ । नेपालगन्जका नगर प्रमुख प्रशान्त विष्टले उपमहानगरभित्रका गरिब, असहाय, प्रसूति सेवा लिने महिला, अपाङ्गता भएका, ज्येष्ठ नागरिक र आकस्मिक सेवाका बिरामीलाई घरदेखि अस्पतालसम्म पु-याउन साउन १ देखि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने निर्णय गरिएको बताउनुभयो ।
गर्मी बढेको समयमा पहाडको कुनाकन्दराबाट झरेको चिसो पानीको छाँगामा खेल्ने, ताल पोखरीमा डुबुल्की मार्ने रहर कसलाई हुँदैन र ? यही रहरलाई मेट्न यति बेला आँबुखैरेनी गाउँपालिका २ र ५ को सिमानामा रहेको ऐनापहरा झरनामा पर्यटकको भिड लाग्ने गरेको छ । गर्मी मौसमका बेला झरनामा नुहाउन, थकान मेटाउन, भिडिओ, टिकटक बनाउन सर्वसाधारणको भिड लाग्ने गरेको हो ।
पोखरा महानगरपालिकाले फिर्के खोलाको मापदण्ड मिचेर निर्माण गरिएका संरचना भत्काएको छ । पोखरा महानगरपालिका वडा नं. ४ र १८ फिर्के खोलाको दुवै भागमा निर्माण गरिएको संरचनामा महानगरपालिकाले भत्काएको हो । निर्माणको क्रममा फिर्के खोलाको बहावलाई असर पर्ने गरी संरचना निर्माण नगर्न पटक पटक आग्रह गरेको र निर्माण सामग्रीसमेत जफत गर्दा पनि अटेर गरेपछि महानगरपालिकाले डोजर चलाएको पोखरा महानगरका नगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले बताउनुभयो ।
बिस वर्ष उमेर पूरा गरी छोराछोरीलाई विवाह गर्ने ४१ जना अभिभावकलाई यहाँ सम्मान गरिएको छ। मटिहानी नगरपालिकाको महिला बालबालिका ज्येष्ठ नागरिक शाखाले बालविवाह न्यूनीकरण गर्ने उद्देश्य साथ उमेर पूरा गरी छोरीलाई विवाह गर्ने अभिभावकलाई प्रोत्साहन गर्न सम्मान गरेको हो।
सडक चौडा बनाएर कालोपत्रे गरिएपछि सदरमुकाम गाईघाटस्थित बोक्से क्षेत्रको मुहारै फेरिएको छ। जिल्लास्थित सम्पूर्ण सरकारी कार्यालयको बिचबाट जाने गाईघाट–दिक्तेल सडक अन्तर्गत पुरानो आँखा अस्पतालदेखि बरुवा पुलसम्मको चार किलोमिटर क्षेत्रमा कालोपत्रेसहित सडक चौडा पारिएपछि सो क्षेत्रको मुहार फेरिएको हो।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिका –६ मेहेलेमा सोमबार बिहान गएको पहिरोमा परी घाइते भएका राजकुमार राईलाई दुई दिनपछि अस्पताल पुर्याइएको छ ।