गुल्मीको रेसुंगा घर भई हाल काठमाडौंको अनामनगरमा बस्दै आउनु भएका पत्रकार महेन्द्र पाण्डेको ५३ वर्षको उमेरमा निधन भएको छ ।
पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्राचीन तिलौराकोट विश्वको विकसित सभ्यता मध्ये एक रहेको बताउनुभएको छ।
प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला टि–२० छनोट क्रिकेट प्रतियोगिताको उपाधि दाङले जितेको छ । दाङको घोराही उपमहानगरपालिका –१७ गुलरियास्थित घोराही क्रिकेट मैदानमा भएको फाइनल खेलमा रुपन्देहीलाई ७ विकेटले पराजित गर्दै दाङले उपाधि जितेको हो ।
सरकारले मर्जर र एफपीओमा कर लगाउने निर्णय लागू गरेपछि एकै दिन ११ अर्ब ३ करोड रुपियाँ कर संलग्न भएको छ ।
रिब्दिकोट गाउँपालिकाले गाउँ कार्यपालिकाको कार्यालय र सबै वडा कार्यालयबाट हुने राजस्व भुक्तानीलाई नगदरहित बनाउने उद्देश्यसाथ क्यूआर कोड सुरु गरेको छ ।
गृह मन्त्रालयले मातहतका २५ अधिकारीको सरुवा एवम् पदस्थापन गरेको छ। त्यसमध्ये पाँचजना गृह मन्त्रालयमा सहसचिवका रूपमा सरुवा तथा पदस्थान हुनुभएको छ ।
गायक प्रचण्डबाबु राई पुनः आफ्नो नयाँ गीत ‘अमेरिकामा ब्रेकफास्ट’ लिएर नेपाली सांगीतिक क्षेत्रमा आउनुभएको छ ।
पोखरा तुलसीघाटको सेती नदीमा माछा मार्न गएका एक युवकको शुक्रबार मृत्यु भएको छ । दिउँसो सवा ४ बजेतिर माछा मार्न गएका सुनिल श्रेष्ठलाई माछा मार्ने क्रममा सेती किनारको भीरमाथिबाट खसेको ढुंगा लागेको प्रहरीको भनाइ छ ।
चितवनको कालिका नगरपालिका१० पाइमाराङमा किसान रामबहादुर थापाले चराउन राखेका मौरीका घार । चिउरी फुल्ने यो सिजनमा किसानले यस क्षेत्रमा मौरीलाई चराउन लैजाने गरेका छन् ।
चीनका राष्ट्रपति सी चिन फिङले गुआङ्सी जुआङ स्वायत्त क्षेत्रलाई आधुनिकीकरणको अध्याय लेख्न आग्रह गर्नुभएको छ।
कैलालीको घोडाघोडी नगरपालिका –१ घोडाघोडी मन्दिर परिसरमा तीन दिने लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव आजदेखि सुरुभएको छ ।
नवनियुक्त परराष्ट्र सचिव सेवा लम्सालले देशको राष्ट्रिय हितलाई केन्द्रमा राखेर सन्तुलित परराष्ट्र नीति लागू गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
दुई मोटरसाइकल एकापसमा ठोक्किदा घटनास्थलमा एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते हुनुभएको छ ।
सुशासन, सामाजिक न्याय र समृद्धिसहितको आर्थिक विकासको मुख्य लक्ष्यसहित १६औँ पञ्चवर्षीय आवधिक योजना (२०८१/८२–२०८५/८६) को मस्यौदा अन्तिम चरणमा छ । सोह्रौँ योजना निर्माणका लागि राष्ट्रिय योजना आयोगले सबै प्रदेश र स्थानीय तहबाट सुझाव संकलन गरिसकेको छ ।
स्वास्थ्य बीमा बोर्डले अब एकपटक प्रेषण ९रेफर० भई आएका बीमित बिरामीलाई सोही रोगका लागि फेरि रेफर पूर्जी लिन नपर्ने व्यवस्था गरेको छ ।