महिला ट्रेकिङ गाइड तथा आरोहीहरूका लागि पुनर्ताजगी तालिम सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्डको आर्थिक सहयोगमा पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानले उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
पछिल्लो समयमा बिपी राजमार्गमा सार्वजनिक विद्युतीय सवारीसाधन बढ्दै गएका छन्। इन्धन खर्च कम लाग्ने भएपछि वातावरणमैत्री विद्युतीय सवारीसाधनमा व्यवसायीको आकर्षण बढेको हो। बिपी राजमार्गमा विद्युतीय सवारीसाधन एक वर्षअघिसम्म ३२ वटा सञ्चालन हुँदै आएकामा अहिले एक सयभन्दा बढी रहेको सार्वजनिक विद्युतीय सवारीसाधन सञ्चालन गर्दै आएको चाहना यातायात प्रालिका अध्यक्ष टङ्क कार्कीले जानकारी दिनुभयो।
काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको ११ महिनामा रु आठ अर्ब राजस्व सङ्कलन गरेको छ । आन्तरिक आय, राजस्व बाँडफाँट र आन्तरिक अनुदान गरी आव २०७९/८० को ११ महिनामा रु आठ अर्ब २९ करोड ९५ लाख ५९ हजार दुई सय ७८ राजस्व सङ्कलन गरिएको राजस्व विभागका प्रमुख ध्रुव काफ्लेले जानकारी दिनुभयो ।
वायु सेवा कम्पनीले जुन महिनादेखि रामेछाप–काठमाडौँ नियमित उडान गर्ने प्रतिबद्धता जनाए पनि अझै नियमित उडान हुन सकेको छैन। नियमित उडान तालिका अनुमोदन र भाडा निर्धारण भइसक्दासमेत वायु सेवा कम्पनीले अझै नियमित उडान गर्न आलटाल गरिरहेका छन्।
दार्चुलाको खाणेश्वरी आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार दार्चुला जिल्लाको खाणेश्वरी आसपास केन्द्रबिन्दु भएर आज बिहान ४ बजेर ५५ मिनेट जाँदा चार रेक्टरस्केलको भूकम्प गएको हो ।
अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरोमा परी १० जनाको मृत्यु भएको छ। सोमबार अपराह्नसम्म २९ जना अझै बेपत्ता रहेको प्रहरी तथा नेपाली सेनाको स्रोतले जनाएको छ। मृत्यु हुनेमा सङ्खुवासभामा दुई, ताप्लेजुङ र पाँचथरमा तीन/तीन तथा नुवाकोट र तनहुँमा एक/एक जना रहेका छन्।
नेपाल राष्ट्र बैङ्कले १० अर्बको छ वर्ष अवधिको विकास ऋणपत्र जारी गर्ने भएको छ । विकास ऋणपत्र २०८६ (ङ) बोलकबोल प्रक्रियाद्वारा निष्कासन गरिने राष्ट्र बैङ्कले जनाएको छ । असार ५ गते बोलकबोल हुने विकास ऋणपत्रमा बैङ्क तथा वित्तीय संस्था, गैरबैङ्क वित्तीय संस्था, बिमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले बोलकबोलमार्फत खरिद गर्न सक्ने सोमबार जारी गरिएको सर्कुलरमा उल्लेख छ । यो ऋणपत्र धितो राखी कर्जा लिनदिन पाइने बताइएको छ ।
विवाहित महिलाबिच सौन्दर्य प्रतियोगितामा अनिता यादवले ‘दी मिसेस नेसनल २०२३’ को ताज पहिरनुभएको छ । क्रिजोना मिडिया गु्रप प्रालिद्वारा ललितपुरको म्युजिक सिटी हलमा आयोजित प्रतियोगितामा ११ प्रतिस्पर्धीलाई पछाडि पार्दै अनिताले उपाधि प्राप्त गर्नुभएको हो । उहाँले दर्शकको छनोट अवार्ड पनि प्राप्त गर्नुभएको छ ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा) परिसरमा अग्रज कलाकारहरूका चित्रकला प्रदर्शनी सुरु भएको छ । प्रदर्शनीको पूर्वप्रधानमन्त्री झलनाथ खनालले सोमबार एक समारोहबिच उद्घाटन गर्नुभयो । कार्यक्रममा पूर्वप्रधानमन्त्री खनालले नेपाल कलाको खानी भएको बताउनुभयो । उहाँले ललितकलाका असङ्ख्य विधामध्ये सात विधाको प्रचार गर्ने पनि बताउनुभयो । उहाँले नेपाली कलाको सिर्जनशीलता निकै माथि पुगेको हालै सम्पन्न राष्ट्रिय ललितकला प्रदर्शनीबाट प्रस्ट भएको धारणा व्यक्त गर्नुभयो । उहाँले कलाकारलाई आवश्यक प्रोत्साहन र वातावरणका निमित्त तीनवटा प्रतिष्ठान बनेको तर बजेट र नीतिको कमी रहेको औँल्याउँदै सरकारले ती विषयमा पनि ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
गत शनिबार रातिको भीषण वर्षापछिको बाढीपहिरोका कारण पूर्वी नेपालका सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर जिल्लामा ठूलो क्षति भएको छ। यी पङ्क्ति लेख्दासम्मको विवरण अनुसार आठ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता छन्। बाढीपहिरोले पुलहरू र सडक बगाउँदा मेची राजमार्गलगायत अधिकांश स्थानीय सडक अवरुद्ध छन्। कतिपय सडक सम्पर्कविच्छेद भएका छन्। बाढीपहिरोले सङ्खुवासभा, ताप्लेजुङ र पाँचथरमा निर्माणाधीन र बिजुली उत्पादन गरिरहेका १५ वटा जलविद्युत् आयोजनामा क्षति गरेको छ। प्रभावित क्षेत्रमा वर्षा भइरहेकाले बेपत्ताको खोजी र जोखिममा परेकाको उद्धारमा क
इतिहास सङ्घर्षशील मानवका क्रियाकलापले निर्मित हुन्छ। यो कुनै एक जना महापुरुष, राजा–महाराजा, सेनापतिको पुरुषार्थको खेल हैन। यस्ता नायक पुरुष त सङ्घर्षले नै जन्माउने हो । वस्तुतः इतिहासका निर्माता जनता हुन् । दसवर्षे जनयुद्ध पनि जनताको महानतम इतिहास हो। जसमा हजारौँले अनमोल जीवनलाई सहर्ष आहुति चढाएका छन्। आफ्ना रगतले मातृभूमि भिजाएका छन्। देशको मायामा आफ्ना सम्पूर्ण स्वार्थ र जीवन नै न्यौछावर गरेका छन् । छातीमा गोली थाप्न रहराउने वीर र मृत्यु पनि सहर्ष स्वीकार गर्ने उदात्त र साहसी युवा–चेतनाको शौर्य–निर्मिति नै जनयुद्धको इतिहास हो । यो बलिदानको अप्रतिम नशा र उच्च
राजनीतिक लोकतन्त्रको कुरा गर्दा विचारको स्वतन्त्रता, बालिग मताधिकार, मानव अधिकार, बहुलवाद, स्वतन्त्र र सक्षम न्यायालय, कानुनको शासन आदि कुरा गरिन्छ, त्यसै गरी आर्थिक लोकतन्त्रका पनि निश्चित मान्यता छन्। जस्तै : आफ्नो देशभित्र स्वतन्त्र रूपले लगानी गर्न सम्पत्ति आर्जन गर्ने, स्वामित्वमा राख्ने वा हस्तान्तरण गर्ने, उत्पादन वा उपभोगमा लगाउने र आउँदो पुस्तालाई जोगाइदिने आदि अधिकार आर्थिक लोकतन्त्रको जग हो। यसका अतिरिक्त राज्यबाट वा अन्य कुनै पक्षबाट गैरसंवैधाानिक तथा गैरकानुनी ढङ्गले कर सङ्कलन गर्ने, सम्पत्तिमाथि अतिक्रमण गर्ने तथा वस्तुको निर्वाध प्रवाहमा रोक लगाउने गरी कुनै कार्य गर्न निषेध गर्ने गरी कानुन पनि निर्माण गरिएको हुनु पर्छ। ती कानुनको पालना राज्यका सबै तहबाट भएको पनि हुनु पर्छ।
नेपालको संविधान, २०७२ ले स्वीकार गरेको बाटो समाजवाद उन्मुख शासन प्रणाली हो। २०७४ को सङ्घीय र प्रादेशिक चुनावमा नेपालका दुई ठुला राजनीतिक पार्टीले चुनावी मोर्चाको कुरा गर्दा खिसीट्युरी गर्नेहरूको जमात ठुलो थियो। करिब दुईतिहाइको नतिजा हातमा पार्दा पनि पार्टीहरू नसम्हालिँदा जनता निराश बनेकै हुन्। नेपाली जनताले २००७ सालदेखि नै संविधान सभाबाट संविधान निर्माण गर्ने महान् लक्ष्य बोकेका थिए। २०१४ र २०४७ मा यो सपना सफल बनेन।
पृथ्वी राजमार्गको सडक विस्तारको काम गरिरहेका बेला पहिरोमा पुरिएर तनहुँमा एक मजदुरको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । म्याग्दे गाउँपालिका –१ माथिल्लो गुणादीमा सोमबार साँझ ५:५० बजे पृथ्वी राजमार्ग मुग्लिङ पोखरा सडक खण्डमामा काम गर्ने एकको मृत्यु र दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।
नवौँ अन्तर्राष्ट्रिय योग दिवस। विश्वले सन् २०१५ देखि हरेक वर्ष जुन २१ मा योग दिवस मनाउँदै आएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्थानीय निकायमा गठन भएका ५०० भन्दा बढी योगसँग सम्बन्धित सङ्घ संस्थालाई समायोजन गरी यो दिवस भव्यताका साथ मनाउँदै छ। यस वर्षको अन्तर्राष्ट्रि«य योग दिवसको नारा संयुक्त राष्ट्रसङ्घले ‘हुम्यानिटी’ छिमेकी मुलुक भारतीय प्रधानमन्त्रीले संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा आयोजना गर्ने अन्तर्राष्ट्रिय योग दिवसमा सहभागी हुनुहुने र भारतले युएनका लागि तयार गरेको नारा ‘योग फर वसुधैव कुटुम्बकम्’ (वसुधैव कुटुम्बकम्का लागि योग) रहेको छ।