रिब्दिकोट गाउँपालिकाले गाउँ कार्यपालिकाको कार्यालय र सबै वडा कार्यालयबाट हुने राजस्व भुक्तानीलाई नगदरहित बनाउने उद्देश्यसाथ क्यूआर कोड सुरु गरेको छ ।
गृह मन्त्रालयले मातहतका २५ अधिकारीको सरुवा एवम् पदस्थापन गरेको छ। त्यसमध्ये पाँचजना गृह मन्त्रालयमा सहसचिवका रूपमा सरुवा तथा पदस्थान हुनुभएको छ ।
गायक प्रचण्डबाबु राई पुनः आफ्नो नयाँ गीत ‘अमेरिकामा ब्रेकफास्ट’ लिएर नेपाली सांगीतिक क्षेत्रमा आउनुभएको छ ।
पोखरा तुलसीघाटको सेती नदीमा माछा मार्न गएका एक युवकको शुक्रबार मृत्यु भएको छ । दिउँसो सवा ४ बजेतिर माछा मार्न गएका सुनिल श्रेष्ठलाई माछा मार्ने क्रममा सेती किनारको भीरमाथिबाट खसेको ढुंगा लागेको प्रहरीको भनाइ छ ।
चितवनको कालिका नगरपालिका१० पाइमाराङमा किसान रामबहादुर थापाले चराउन राखेका मौरीका घार । चिउरी फुल्ने यो सिजनमा किसानले यस क्षेत्रमा मौरीलाई चराउन लैजाने गरेका छन् ।
चीनका राष्ट्रपति सी चिन फिङले गुआङ्सी जुआङ स्वायत्त क्षेत्रलाई आधुनिकीकरणको अध्याय लेख्न आग्रह गर्नुभएको छ।
कैलालीको घोडाघोडी नगरपालिका –१ घोडाघोडी मन्दिर परिसरमा तीन दिने लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव आजदेखि सुरुभएको छ ।
नवनियुक्त परराष्ट्र सचिव सेवा लम्सालले देशको राष्ट्रिय हितलाई केन्द्रमा राखेर सन्तुलित परराष्ट्र नीति लागू गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
दुई मोटरसाइकल एकापसमा ठोक्किदा घटनास्थलमा एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते हुनुभएको छ ।
सुशासन, सामाजिक न्याय र समृद्धिसहितको आर्थिक विकासको मुख्य लक्ष्यसहित १६औँ पञ्चवर्षीय आवधिक योजना (२०८१/८२–२०८५/८६) को मस्यौदा अन्तिम चरणमा छ । सोह्रौँ योजना निर्माणका लागि राष्ट्रिय योजना आयोगले सबै प्रदेश र स्थानीय तहबाट सुझाव संकलन गरिसकेको छ ।
स्वास्थ्य बीमा बोर्डले अब एकपटक प्रेषण ९रेफर० भई आएका बीमित बिरामीलाई सोही रोगका लागि फेरि रेफर पूर्जी लिन नपर्ने व्यवस्था गरेको छ ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पहाडी क्षेत्रको सदुपयोग गर्न नसक्दा देश गरिबीको मारमा परेको बताउनुभएको छ । शुक्रवार तेह्रथुममा आयोजित महाकाली–मेची अन्तर्गतको सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारले विकासलाई कमजोर बनाउँदै सरकार प्रतिको विश्वसनीयता घटाउने बताउनुभएको छ।
कटारी नगरपालिकामा वैदेशिक रोजगारीमा गएकाहरुबाट एक वर्षमा ५२ करोड १३ लाख विप्रेषण भित्रिएको छ । गत आर्थिक वर्ष २०७९÷८० मा नगरपालिकाबाट एक हजार नौ सय ६७ जना वैदेशिक रोजगारीमा गएका छन् ।
तुलसीपुर उपमहानगरपालिका-६ स्थित ग्रेट अरनिको माविमा कानुन सङ्कायमा अध्ययनरत विद्यार्थी एलिसा बुढाले नमूना संसद्मा पेस गरिएको ‘शिक्षा विधेयक’माथि टिप्पणी गर्दै भन्नुभयो, “पहिले एसएलसी पास गरेका विद्यार्थीले खरिदारको परीक्षा दिन पाउँथे, तर अहिले कक्षा १० पास गरेका विद्यार्थीले किन दिन नपाउने ?” यसको जवाफ नमूना संसदमा शिक्षामन्त्री बन्नुभएका शङ्कर थापाले दिनुभयो ।