बाँकेको कोहलपुर -१ स्थित जनज्ञान ज्योति माध्यमिक विद्यालयका विद्यार्थीलाई कविता लेख्ने र वाचन गर्ने सिप प्रदान गर्न सिर्जनात्मक लेखन कार्यशालाको आयोजना गरिएको छ ।
सत्तारुढ नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक एवम् प्रनितिधि सभा सांसद हितराज पाण्डेले पूर्वी पहाडी जिल्लामा वर्षापछि आएको बाढीपहिरोका पीडितहरुलाई उद्धार, उपचार र उचित राहतको तत्काल व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको छ ।
प्रतिनिधि सभाको आजको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकमा प्रदेशको नाम उल्लेख नभएको भन्दै सांसदहरूले विरोध जनाउनुभएको छ । बजेटमा लुम्बिनी प्रदेशलाई प्रदेश नम्बर पाँच उल्लेख गरिएको भन्दै सांसदहरूले आपत्ति जनाउनुभएको हो ।
प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर शुक्रबार हुने भएको छ । प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शुक्रबार (असार ८ गते) प्रत्यक्ष प्रश्नोत्तर हुने भएको हो ।
तनहुँको व्यास नगरपालिकाले अभिभावकविहीन बालबालिकाहरूलाई नि:शुल्क खान, बस्न र शिक्षा आर्जन गर्नका लागि अभिभावकत्व ग्रहण गरी साहारा दिने भएको छ ।
सङ्घीय संसद् प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले रोकिएको धितोपत्र व्यापारी र धितोपत्र दलाल (ब्रोकर) अनुमति (लाइसेन्स) को प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ ।
जिल्लाको पूर्वी उत्तर क्षेत्रको स्वामिकार्तिक गाउँपालिकाका दलित परिवारलाई राहत सामग्री वितरण गरिएको छ ।
पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को सदस्यमा शिक्षित पराजुली र हरिनाथ ढकाल नियुक्त हुनुभएको छ ।
महिला उद्यमीहरूले आधुनिक प्रविधिको प्रयोग गर्दै स्थानीय जडीबुटीबाट धूप उत्पादन गरेका छन् । उद्यमीका लागि धूप उत्पादन सम्बन्धी तालिम पाएसँगै धूप उत्पादन सुरु गरिएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नं. २ का सांसद रवि लामिछानेले जनताको धन र ज्यानको रक्षा गरेर विकास निर्माणका काम गर्नुपर्ने बताउनुभएको छ ।
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । मङ्गलबार बिहान ११ बजेबाट सुरु भएको बैठकमा विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकहरूमाथिको छलफल जारी रहने छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक एवम् सांसद सन्तोष परियारले उपप्राध्यापक प्रेम चलाउनेविरुद्ध ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा खेपिरहेका नेविसंघका कार्यकर्ताहरूको मुद्दा फिर्ता लिने सरकारको निर्णयप्रति आपत्ति जनाउनुभएको छ ।
काठमाडौँबाट २७ किलोमिटरको दूरीमा पर्ने ‘ट्रयाम्प जिपलाइन’मा आन्तरिक पर्यटकको आकर्षण बढ्न थालेको छ । धादिङको थाँक्रे गाउँपालिका–७ सातघुम्तीस्थित ‘नौबिसे ट्रयाम्प अर्ग्यानिक रिसोर्ट एन्ड जिपलाइन’ नियमित सञ्चालनमा आएको एक वर्षमै करिब चार हजारले यसको मनोरञ्जन लिइसकेका छन् ।
नेपाली साहित्यको फाँटमा अहिले अत्यन्तै लोकप्रिय रहेको विधा हो– मुक्तक । मुक्तकका बारेमा यहाँ विभिन्न धारणा बनेका/बनाइएका छन् । सामान्यतयाः नामै अनुसार यसलाई कुनै पनि नियमभित्र नबाँधिईकनै ‘मुक्त’ भएर लेखिने विधा भनिन्छ, यद्यपि कविताकै वर्गका रूपमा यसलाई मान्यता दिइएको छ । तर अर्को पक्षको भने एउटा खास मान्यता छ– मुक्तक चतुष्पदीय नियममुताविक चारै पङ्क्तिको महत्वलाई ध्यानमा राखेर लेखिनुपर्छ, जस अन्तर्गत पहिलो पङ्क्तिले कुनै पनि भावलाई प्रस्तुत गरी उत्सुकता जगाउनुपर्छ । दोस्रो पङ्क्तिले उक्त भावलाई अझ गति प्रदान गराउनुपर्छ । यसरी नै तेस्रो पङ्क्तिले वैचारिक निष्कर्ष निकाल्नुपर्छ भने अन्तिम तथा चौथो पङ्क्तिले मुक्तककारको मान्यतालाई तार्किक अभिव्यक्तिका साथ प्रस्तुत गर्नुपर्छ ।
भोजपुरका किसानको व्यावसायिक कृषिमा आकर्षण बढेको छ । तीनै तहको सरकारबाट कृषिमा लाग्नका लागि विभिन्न प्रोत्साहनका कार्यक्रम सञ्चालन भएपछि किसानमा यसप्रति आकर्षण बढेको हो ।