• ११ असोज २०८१, शुक्रबार

माछा मार्न गएका युवकको मृत्यु

blog

फडिन्द्र अधिकारी

लेखनाथ, मङ्सिर २९ गते । पोखरा तुलसीघाटको सेती नदीमा माछा मार्न गएका एक युवकको शुक्रबार मृत्यु भएको छ । दिउँसो सवा ४ बजेतिर माछा मार्न गएका सुनिल श्रेष्ठलाई माछा मार्ने क्रममा सेती किनारको भीरमाथिबाट खसेको ढुंगा लागेको प्रहरीको भनाइ छ ।

पोखरा महानगरपालिका –९ का बासिन्दा २५ वर्षीय श्रेष्ठलाई तत्काल उद्धार गरी पश्चिम क्षेत्रीय अस्पताल लगिएको थियो । साँझ साढे ५ बजे चिकित्सकले श्रेष्ठलाई मृत घोषणा गरेको कास्की प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो । वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी निरीक्षक नेत्रबहादुर कुँवरको कमाण्डमा खटिएको टोलीले श्रेष्ठको उद्धार गरेको थियो ।  

यसैबीच, घरबाट हराएको १७ दिनपछि पोखरा ३ का उमेश गुरूङ पनि मृत फेला पर्नुभएको छ । पोखराको रामघाटमा सेती नदीको बिचमा अड्किएको अवस्थामा उहाँको शव प्रहरीले निकालेको छ । बिहीबार दिउँसो फेला परेको शव उमेशका दाइ दिनेशले सनाखत गर्नुभयो ।