असार २ गते राती परेको अविरल वर्षाका कारण कोशी प्रदेशका पाँचथर, ताप्लेजुङ, सङ्खुवासभा लगायतका जिल्लाहरूमा बाढी तथा पहिरोबाट पीडितको नेपाली सेनाको खोज तथा उद्धार टोलीले उद्धार कार्य जारी राखेको छ ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कसैसँग मुकाबिला गर्नका लागि समाजवादी मोर्चा निर्माण नगरिएको बताउनुभएको छ । आज मोर्चा घोषणा कार्यक्रममा सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बदलिएको कांग्रेसले मात्रै मुलुक बदल्नसक्ने बताउनुभएको छ । सोमबार काठमाडौंमा भएको ट्रेड युनियन कांग्रेसको ७औँ महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताउनुभएको हो ।
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेताहरू देश र जनताको स्वार्थभन्दा व्यक्तिगत स्वार्थमा केन्द्रित भएको टिप्पणी गर्नुभएको छ । काठमाडौंमा आज भएको ट्रेड युनियन कांग्रेसको ७ औँ महाधिवेशनमा उहाँले सो टिप्पणी गर्नुभएको हो ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले समाजवादी मोर्चा निर्माण नेपाली राजनीतिको लागि नयाँ मोड भएको बताउनुभएको छ ।
पूर्व प्रधानमन्त्री नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले समाजवादी मोर्चालाई सत्ता टिकाउने मोर्चा मात्र नबनाउन नेताहरूलाई आग्रह गर्नुभएको छ ।
चीनको होङझावमा हुने १९औं एसियाली खेलकुद अन्तर्गत उसुको अन्तिम खेलाडी छनोट प्रतियोगिता सोमबार सम्पन्न भएको छ । थाउलोमा ७ र सान्सौंमा ५ गरी जम्मा १२ खेलाडी छनोट भएको उसुका मुख्य प्रशिक्षक अम्बरकुमार थिङले जानकारी दिनुभयो ।
आन्तरिक उत्पादनमा मद्दत पुगोस्, नेपाली उत्पादन प्रवर्द्धन होस् भनेर आयात हुने आलु र प्याजमा भ्याट लगाइएको अर्थमन्त्री डा. प्रकाशशरण महतले स्पष्ट पार्नुभएको छ ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अग्ला टावर र ठुला एयरपोर्ट निर्माणले देश समुन्नत नबन्ने बताउनुभएको छ । सोमबार काठमाडौंमा भएको ट्रेड युनियन कांग्रेसको ७ औँ महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
भारतबाट ल्याउँदै गरेको रासायनिक मल पक्राउ गर्नेक्रममा कैलालीमा किसान र सशस्त्र प्रहरीबीच विवाद भएको छ । सोमबार किसानले ल्याउँदै गरेको मल सशस्त्र प्रहरीले पक्राउ गरेपछि भजनी नगरपालिका –५ पगियापसारमा विवाद भएको हो ।
प्रतिनिधि सभा सदस्य दिनेश यादवको विशेष पहलमा सप्तरी क्षेत्र नम्बर –३ का नागरिककानिम्ति तीन दिने वृहत स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । शम्भुनाथ नगरपालिकाको संयोजनमा सोमवार शम्भुनाथ नगरपालिका १ गोविन्दचोकमा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा पन्ध्रसय बढी स्थानीय नागरिक लाभान्वित भएको आयोजकको दावी छ ।
घोराही सिमेन्ट इन्डष्ट्री लिमिटेडको शेयर निष्कासन प्रक्रिया विवादमा परेको छ । उक्त कम्पनीको क्रेटिङ रेटिङ र प्राथमिक शेयर निष्कासन (आइपिओ) को आवेदनमा शङ्का लागेपछि प्रक्रिया स्थगित गरिएको नेपाल धितोपत्र बोर्डले जनाएको छ ।
गुल्मीको पूर्वी भागमा पर्ने कालीगण्डकी गाउँपालिकाका कृषकहरूमा अहिले रेन्बो ट्राउट माछा पालनतर्फ आकर्षण बढेको छ । कालीगण्डकी गाउँपालिका –५ मा रहेको लुङ्गखोलाको सदुपयोग गर्दै त्यहाँका स्थानीयले ट्राउट माछा पालन सुरु गरेका छन् ।
सत्तरुढ गठबन्धनमा रहेको नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी पार्टी र सत्ताबाहिर रहेको नेकपा कम्युनिष्ट पार्टी मिलेर समाजवादी मोर्चा नेपाल घोषणा भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच छलफल भएको छ ।