बेनी नगरपालिकाले सात गौरवका योजनालाई कार्यान्वयन गर्न सुरुआत गरेको छ । साना योजनाबाट उपलब्धि नदेखिने भएपछि नगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ मा पूर्वाधार विकासतर्फ करिब साढे ६ करोड बजेटलाई सात ठूला योजनामा विनियोजन गरेको थियो ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण र नियमित सञ्चालनको माग गर्दै भइरहेको धर्ना तथा विरोध प्रदर्शनप्रति रुपन्देहीमा रहेका निजी क्षेत्रका संघ संस्था, राजनीतिक दल तथा सामाजिक संस्थाले ऐक्यबद्धता जनाएका छन् ।
धार्मिक स्थल गलेश्वरधाम क्षेत्रमा होटल, रेष्टुरेन्ट तथा किराना पसलहरुको अनुगमन गरिएको छ ।
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनीता डङ्गोलले महानगरले ल्याएका १० गौरव र २५ स्वर्णिम योजनाहरु सम्पन्न भएसँगै सङ्घीय राजधानीको मुहार फेरिने दाबी गर्नुभएको छ ।
युक्रेनले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को सहायता कार्यक्रमबाट ९० करोड अमेरिकी डलरको तेस्रो किस्ता प्राप्त गरेको अर्थ मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले शुक्रबार युक्रेनका लागि युरोपेली युनियन (इयु) को ५० अर्ब युरो सहयोगलाई रोक्नुभएको छ ।
नवनियुक्त परराष्ट्र सचिव सेवा लम्सालले देशको राष्ट्रिय हितलाई केन्द्रमा राखेर सन्तुलित परराष्ट्र नीति कार्यान्वयनमा निष्ठापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
घोराही उपमहानगरपालिका–१५ अमृतटोल स्थित कृषि उपज बिक्री केन्द्र सञ्चालनमा ल्याएपछि कृषकले उत्पादन गरेका वस्तुले बिक्री गर्न सहज भएको छ । कृषि उपजले कृषकले उत्पादन गरेको वस्तु बिक्री गर्न सहज भएसँगै बजारसमेत पाएको छ । उपभोक्ताले समेत सस्तोमा ताजा तरकारीलगायतका कृषि उपज उपभोग गर्न पाएका छन् ।
बैतडीका स्थानीय तहले सडक पूर्वाधार निर्माणमा करोडौं रुपियाँ खर्च गरेपनि सामाजिक काममा चासो नदिँदा समाज बाटो बिराउँदै गएको सरोकारवालाले बताएका छन् ।
सन् २०२३ लाई कोइलाको खपत उच्च रहेको वर्ष हुने र अर्को वर्षदेखि यसमा क्रमशः कमी आउने अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) ले बताएको छ ।
मुग्लिन पोखरा सडक विस्तार योजना अन्तर्गत तनहुँको आँबुखैरेनीमा थप साढे तीन किलोमिटर खण्ड कालोपत्र भएको छ । मुग्लिन पोखरा सडक विस्तार योजना पूर्वी खण्डले आँबुखैरेनी–३ मा सडक कालोपत्र भएको हो ।
अर्थमन्त्री डा.प्रकाशशरण महतले बीमा प्राधिकरणले काम गर्ने प्रक्रियामा धेरै परिर्वतन गर्न आवश्यक रहेको बताउनुभएको छ ।
जाजरकोट भेरी नगरपालिका–४ का मुनलाल नेपाली छोरा नवराज विकको न्यायका लागि पैरवी र सहयोग गर्नेलाई धन्यवाद दिन काठमाडौं आउनु भएको छ ।
सिद्धार्थनगर नपा–११ स्थित सिसवा, भुजौली र पिपरिया लगायतका गाउँमा एकैरात आठवटा मोटरसाइकल चोरी भएको छ ।
सर्लाहीको वाग्मती नदी आसपासका जमिन हराभरा हुन थालेको धेरै भएकाे छैन । तीस वर्षअघिसम्म नदी किनारका बगर घर छाउन प्रयोग हुने खरले ढकमक्क ढाकेका र अरु अधिकांश ठाउँमा मकैखेती मात्रै हुने गरेको अवस्था सर्लाहीको बर्थना हजरियाका लक्ष्मी महतोको मानसपटलमा ताजै छ । तर अहिले भने त्यो अवस्था छैन ।